साहित्य गतिबिधि

बरिष्ट साहित्यकार तारानाथ शर्मा सम्मानित


आज असार १५ गते लीलाध्वज थापा साहित्य प्रतिष्ठानको वार्षिक कार्यक्रममा वरिष्ट साहित्यकार डा. तारानाथ शर्मालाई लीलाध्वज साहित्य सम्मान प्रदान गरियो । सम्मान तथा पुरस्कारको रासी नगद रू. २५०००। (रू. पच्चीस हजार ) थियो । कार्य क्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले दोसल्ला ओडाएर नगद हस्तान्तरण गर्नु भयो । नेपाल प्रग्या प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ताम्रपत्र दिनुभयो । कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्नभएको सो कार्यक्रममा सहप्राध्यापक श्री लेखराज निरौलाले बरिष्ट साहित्यकार तारानाथ शर्मा विगत ६ दसकदेखि नेपाली भाषा-साहित्यको क्षेत्रमा क्रियाशील रही विशेषत: समालोचना,निबन्ध, र नितात्रा लेखनमा कलम चलाएर नेपाली वाडंमयको गरिमा अभिवृध्दिका लागि गर्नुभएको कार्य अत्यन्त स्तुत्य र प्रशंसनीय छ भन्नुभयो । सो कार्यक्रममा साहित्यकार एवं प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले लेखन तथा संकलन गर्नुभएको पुस्तक ” स्वाभिमानका प्रतिक लीलाध्वज थापा ” को विमोचन भयो । उक्त पुस्तकको समिक्षा गर्दै डा.शैलेन्दु प्रकाश नेपालले विजयले आफ्नो पिताकोबारेमा पुस्तक प्रकाशित गरेर ठूलो गुन तिर्नुभएको र पुस्तक नेपाली साहित्यको भण्डारमा ज्यादै उपयोगी सिध्द हुने बताउनु भयो । पुरस्कृत हुनुहुने डा. शर्माले लीलाध्वज थापा आफ्नो नजिकको मित्र भएको र उहाँ देश भक्त र नारीको हक हितमा पक्ष लिनु हुन्थ्यो र उपन्यास बारे चर्चा गर्नुहुँदै उहाँको नाममा स्थापनाभएको संस्थाबाट सम्मान पाएकोमा खुशी व्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा अध्यक्ष थापाले प्रतिष्ठान प्रति प्रकाश पार्दै लीलाध्वज थापा र प्रतिष्ठान बारेमा चर्चा गर्दै सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । अन्तमा लीलाध्वज थापाले रचना गर्नु भएको कविता पाठ गर्दै सबैलाई धन्यवाद ग्यापन गरेर कार्यक्रम बिसर्जन गर्नु भयो । दायित्व वाडंमय प्रतिष्ठानका अध्यक्ष एवं लीलाध्वज साहित्य प्रतिष्ठानका सदस्य रामप्रसाद पन्तले स्वागत मनतव्य दिनुभएको थियो भने श्री यादव भटराईले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

शनि, असार १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न भयाे । तिलकप्रसाद लुइटेलकाे सभापतित्व, प्रा डा गार्गी शर्माकाे प्रमुख अातिथ्यता तथा पाेष्टराज चापागाईकाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यकर्ममा उमेश पाण्डे , पुर्णबहादुर साउद लगायत अतिथिहरू रहनु भएकाे थियाे । कार्यक्रममा हेमन्त खड्का, सिद्धार्थ देवकाेटा जिन्दगीले...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

मेरो घाम निस्कियो

कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति मेरो घाम कवितासङ्ग्रह विमोचन एक समारोह बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका छन् । अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा विभिन्न शीर्षकमा त्रिपन्न ओटा कविताहरू समावेश गरिएका छन् । कविताहरूमा राष्ट्रप्रेम, जातीय...