कविता

ब्यङ्ग कविता, ढोकातिर उभ्याउ

-पुर्व सेनानी टंक बहादुर बजगाई खत्री नाला ,बनेपा न.पा.३ ,काभ्रे


हप्की दप्की गरेर नै काम पनि चलाऊ
यो हाकिम कडा रैछ भन्ने नाम चलाऊ
बोल्न सक्ने जतिलाई आफ्नै घर बोलाऊ
निमुखाको काम गर्न धेरै दिन झुलाऊ ।। १।।

अधिकार खोज्नेलाई झुट्टा आरोप लगाऊ
आफ्नो भन्ने जातिलाई सजिलोमा खटाऊ
काम गर्ने जतिलाई काम थपि रिंगाऊ
आफ्नो कार्यकाल भरि त्यसैगरि टिकाऊ ।।२।।

साधारण मान्छे भए दुःख दिई रुवाऊ
गन्ने मान्ने देख्यौ भने घर लगि खुवाऊ
अझ माथि बस्नेलाई नजराना टक्य्राऊ
चाकरी र चाप्लुसीले अझै धेरै रिझाऊ ।।३।।

आफू पनि चैन गरी दिन सधैँ बिताऊ
नातागोता जतिलाई जागिरमा छिराऊ
आफ्नो मान्छे कतै छुट्ला राम्रो होस पु¥याऊ
योग्य व्यक्ति आए भने ढोकातिर उभ्याऊ ।।४।।

मङ्ल, असार १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

त्यो दिन र यो दिन

हिजो देख्दा उर्जाशील जोसिलो नै थिएँ कमाएर जहानको पेट भरी दिएँ अहिले त कचकचे बूढो भन्न थाले सबै आफ्नो कामतिर म त घर पाले बूढी पनि भन्न थालिन् नकराउ बूढा जाडो भए बालिदिन्छु अगेनामा मुढा घरवाली झर्को गर्छिन् कुनै कुनै बेला श्रीमतीले पनि अब गर्न थालिन् हेला औषतको आयु पनि सत्तरीमा गयो त्यो माथिको...

गाेङ्गबु साहित्य समाजकाे ३६औ काव्य शृंखला सष्टा सम्मान तथा पुस्तक बिमाेचन कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे ३६ अाैं काव्य श्रीङ्खला सष्टा सम्मान र पुस्तक बिमाेचन कार्यक्रम भब्य रूपमा सम्मन्न भयाे। साँढे ६ घण्टा सम्म चलेकाे उक्त कार्यक्रममा सयाैंकाे संख्यामा लेखक कविहरूकाे उपस्थिति रहेकाे थियाे। बालसाहित्य समाजका अध्यक्ष डा. शैलेन्दु प्रकाश नेपालकाे प्रमुख अातिथ्य र प्राज्ञ माया ठकुरी, बरिष्ठ...

गणेश स्तुति

टेडोमुख भएर नै बक्रतुण्डं नाम भक्तजन सबैलाई सिद्धिदिने काम दोस्रो नाम हुन गयो एकदन्तं नाम प्रभु तिम्रो मन्दिरनै हाम्रो दिव्य धाम तेस्रो नाम रैछ प्रभु कृष्णा पिङ्गाक्षं नै भक्तलाई माया गर्ने तिमी ईश्वर नै चौथो नाम गजबक्त्रं हात्तीको झै सुँढ हामीलाई प्रभु सधै धर्मतिर मुड पाँचौनाम लम्बोदरं रैछ तिम्रो नाम भक्तजन सबैलाई देउ वरदान षष्ठं नाम विकराल बिसाल छ रुप आरधना गर्छौं हामी बालि धुप दिप सातौ नाम बिघ्रराजं विघ्ननास गर आठौ नाम धुम्रवर्ण तिम्रै पर्छौ भर नवौ नाम भालचन्द्रं चन्द्रमा छ शीर दुःख कष्ट नास भई हटुन् हाम्रा पिर दसौं नाम विघ्नहर्ता विनायक नाम हाम्रा सबै विघ्नबाधा हर्ने गर काम एकादशं गणपति देवताका नेता मन हाम्रो शान्त पार्न हेरिदिनु यता द्वावशं तु गजाननम् हात्ती मुख तिम्रो अनिष्टको नासगरि माया गर्ने हाम्रो सिद्धि दिने गणेशको जपौँ हामी नाउँ संसारको दुःखबाट प्रभु मुक्ति पाउँ ...

…………. सहिद आखिर के पाएउ त ? 

सहिदको जवाफ – मेरो परिवार ले पिडा , मेरो नेता ले पेडा । मेरो परिवार ले दु:ख , मेरो नेता ले सुख । मेरो परिवार लाई न सारी न धोती , मेरो नेता को गनिनसक्नु सम्पत्ति । मेरो परिवार लाई थाहा भएन औषधी र उपचार् , मेरो नेता हाछीउ अौउदा बिदेश...

स्वस्थ मुटु स्वस्थ जीवन

स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा। स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।   आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा, आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा,   जिन्दगीको मूल्य कति, कसले भन्न सक्छ ? के मुटु झैँ, अविरल, कोहि चल्न सक्छ ?   ढुकढुकीको संगित यो, कस्तो सुमधुर । शब्द भर्छौँ जिवनको, यसमै सधैँभर...

रँगिन तकिया

देश ,तिम्रो तकिया होइन फुर्क्याउँदा फुर्क्याउँदै जे मन लाग्यो त्यही गर्ने उकालो चढदै गरेको बेला भेटिएको नयाँ बटुवा जस्तो असाध्यै अदबसाथ सम्मानित ब्यबहार गर्नजान्नुपर्छ देशलाई शिरमा त राखेको छु भन्छौ सधैँ थिचिरहन्छौ शिरलेनै आँसुले डुबाएपनि सहेकैछु र्याल सिँगान लतपतिएपनि सहेकैछु ठाउँ कुठाउँ च्यापेपनि सहेकैछु ठाउँ कुठाउँ भाँचेपनि सहेकैछु सजाउँदा पनि ठीक असरल्ल ओछ्यानभरि फालिँदिदा पनि ठीक साच्चै के फरक भयो...