खेलकुद

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई मारिए


 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ ।

जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा बेच्न लगिएको सोरा न्युजले जनाएको छ ।

अक्टोपस विश्वकप सुरु हुनुअघि जापानको ओबिराबाट समातेर ल्याइएको थियो । जसको नाम फ्रान्सका मिडफिल्डर एडि्रयन राबिओटको नामबाट राखिएको हो ।

खेलको भविष्यवाणी गर्ने समय अक्टोपसलाई झण्डै साढे ६ फुट पानी भएको कृत्रिम पोखरीमा राखिन्थ्यो । जसको तीन छेउमा जित, हार र बराबरी लेखेर राखिएको हुन्थ्यो । त्यसमा अक्टोपस जुन स्थानमा जान्छ त्यसैका आधारमा नतिजा अनुमान गरिन्थ्यो ।

उक्त अक्टोपस माछा मारेर बेच्ने काममा संलग्न किमियोले समातेर ल्याएका थिए । यसैले उनले नै आˆनो बिजनेस चलाइराख्नका लागि अक्टोपस काटेर बजारमा बेचेको बताएका छन् ।

जापानले अन्तिम १६ को खेलमा सोमबार राति बेल्जियमको सामना गर्दै छ ।

सन् २०१० को विश्वकपमा पनि पोउल नामको अक्टोपस निकै चर्चामा आएको थियो । जसले सबैजसो खेलको भविष्यवाणी मिलाएको बताइन्छ । जुन अक्टोपस २०१० को अक्टोवरमा मरेको थियो ।

मङ्ल, असार १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे

असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । धेरै अर्जेन्टिना...

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिए

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।   राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास...

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल, साथमा नेपाली समयअनुसार खेल तालिका

जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ ।   रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ...

युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाए

जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख...

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

वैशाख, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।   सोही योजना अनुसार अागामी...

नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरे

फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।   अन्तिम ओभरमा...