इतिहास

जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग


काठमाडौं–जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ ।

सामूहिक ट्रेडमार्क प्रयोग गर्न व्यवसायीले उद्योग विभागमा प्रस्ताव पेस गरिसकेका छन् । विभागले सामूहिक व्यापार चिह्न प्रयोग गर्न यससम्बन्धी निर्देशिका मागेको छ । ‘विभागले कोड अफ कन्डक्ट बनाएर ल्याउनुस भनेको छ,’ नेपाल हब्र्स एन्ड हर्बल प्रडक्टस् एसोसिएसनका अध्यक्ष गोविन्द घिमिरेले भने, ‘विभागमा आचारसंहिता बुझाएपछि कलेक्टिभ ट्रेडमार्क स्वीकृत हुनेछ ।’

आचारसंहितामा सामूहिक व्यापार चिह्न कस्तो हुने, यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिने घिमिरेले बताए । त्यस्तै हाल रहेका व्यवसायी र यससँग सम्बन्धित संघहरूले कसरी प्रयोग गर्न पाउने, कस्तो उत्पादनलाई यो चिह्न प्रयोग गर्न दिने भन्ने मापदण्ड बन्नेछ । महिना दिनभित्र आचार संहिता विभागमा पेस गर्ने घिमिरेले बताए ।

व्यवसायीले कलेक्टिभ ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा लोगोसहित सम्पूर्ण कागज पेस गरिसकेका छन् । देशमा जडीबुटी सम्बन्धी व्यवसाय गर्दै आएका तीन व्यावसायिक संघ मिलेर कलेक्टिभ ट्रेडमार्क प्रयोग गर्न लागेका हुन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ, काठमाडौं, नेपाल जडीबुटी व्यवसायी संघ, नेपालगन्ज र जडीबुटी व्यवसायी संघ नेपाल, काठमाडौंले संयुक्त रुपमा लोगो दर्ता गर्न लागेका हुन् । छुट्टाछुट्टै रुपमा संघ भए पनि एउटै व्यवसाय भएकाले गुणस्तरीय उत्पादन र निर्यात बढाउन सामूहिक ट्रेडमार्क प्रयोग गर्न लागेको घिमिरेको भनाइ छ ।

विभागमा दर्तापछि अन्तर्राष्ट्रिय ट्रेडमार्क बजारमा पनि दर्ता गर्दै जाने संघको योजना छ । देशभित्र दर्ता भएको ट्रेडमार्कलाई अन्तर्राष्ट्रिय स्तरमा पनि दर्ता गराउनु पर्छ ।    नेपाली जडीबुटीको आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसाय प्रवद्र्धनको लागि नयाँ ट्रेडमार्कले सहयोग गर्ने विश्वास लिइएको छ । सामूहिक रुपमा लोगो प्रयोग हुन थालेपछि नेपालको सक्कली जडीबुटीको निर्यात बढ्ने छ । हाल जडीबुटी व्यवसायीमा गैरकानुनी काम पनि भइरहेको भन्दै कलेक्टिभ ट्रेडमार्कले यसलाई निरुत्साहित गर्ने व्यवसायीको भनाइ छ ।

भारतबाट जडीबुटी ल्याउने र नेपालमा ‘सर्टिफिकेसन अफ नेपाल’ लगाएर भारत सहित अन्य मुलुकमा पठाउने गरेको गुनासो व्यवसायीको छ । अनधिकृत रुपमा भएका यस्ता गतिविधिले नेपाली जडीबुटी व्यवसायलाई ठूलो घाटा र विश्वसनीयता घट्दै गएको व्यवसायीको छ । यही अनधिकृत कारोबार रोक्न कलेक्टिभ ट्रेडमार्कले महŒवपूर्ण भूमिका खेल्ने व्यवसायीको विश्वास छ ।

निर्देशिका अनुसार ट्रेडमार्क प्रयोग हुने, अनधिकृत रुपमा नेपाली जडीबुटी भन्दै निर्यात नहुने विश्वास घिमिरेले व्यक्त गरे । देशभित्र मसलाजन्य र औषधिजन्य जडीबुटी ठूलो मात्रामा उत्पादन हुँदै आएको छ । नेपालबाट मेडिसनल प्लान्ट, मेडिसनल हब्र्स र एसेन्सियल आयल उत्पादन र निर्यात भइरहको छ । मेडिसनल हर्बस् औषधीको रुपमा प्रयोग हुन्छ भने एसेन्सियल आइल सुगन्धित तेल, कस्मेटिक्स, साबुन लगायतमा प्रयोग हँुदै आएको छ । व्यवसायीका अनुसार नेपालमा जलस्रोतपछि जडीबुटी व्यवसायको ठूलो सम्भावना छ ।
विश्व बजारमा जडीबुटीजन्य उत्पादनको माग अत्यधिक रहेको व्यवसायी बताउँछन् ।

नेपालमा उत्पादन हुने जडीबुटीजन्य उत्पादनको निर्यात हरेक वर्ष बढ्दै गएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा १६२.६१ करोडको मेडिसिन हब्र्स निर्यात भएको छ । त्यस्तै, सोही आर्थिक वर्षमा एसेन्सियल आयल १७.२० करोडको निर्यात भएको छ  ।

बिहि, असार २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

तीज पर्व र नाला भगवतीमा घुइचो

हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज हो । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म पनि यो पर्व मनाउदै आएका छन्...

अनलाइन साहित्यिक पत्रकारिता : चुनौती र समस्या

भूमिका मानवको सृष्टिसँगै सूचना आदान प्रदान हुने पुरानो कुरा हो । समाजलाई चलायमान बनाउन एक अर्कासँगको सम्पर्क कायम राख्न तथा एक अर्काको हाल खबर बुझ्न सञ्चार जरुरी पर्दछ । सञ्चारका विभिन्न माध्यामहरू हुन्छन् । पहिले पहिले सीमित रूपमा चिठ्ठीपत्रकोे माध्यमबाट सूचना आदान प्रदान हुने गथ्र्यो भने...

‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ

काठमाडौं । भक्तपुरको बोडेका ६७ वर्षीय प्रेमचन्द्र अदुवा श्रेष्ठको जीवनमा हरेक वर्ष गाईजात्रा सकिनेबित्तिकै नयाँ चटारो सुरु हुन्छ । गाईजात्रापछिका पाँच दिन उनी ‘प्रेमचन्द्र अदुवा श्रेष्ठ’ रहँदैनन् । उनको सिङ्गो समाजले उनलाई ‘देउता’ भनेर पुकार्नेछ । उनी ‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ ।...

सारंगी बाजा

नेपाली लोक बाजामा लोकप्रिय बाजा मध्य सारंगी पनि एक हो ।  सारौँ  चराको जस्तो सुमधुर आवाज दिने भएकाले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । सारंगीको पुरानो रुपलाई नै अरबाजो बाजा  हो । अरबाजो बाजालाई   भाले स्वर बाजा र सारंगीलाई पोथी स्वर बाजा मानिंदै...

काठमाडौँ नगर प्रमुखलाइ चिठ्ठी

श्रीमान नगर प्रमुख ज्यु  काठमाडौँ महानगर पालिका ,काठमाडौँ   बिषय :  दुई सय चवालिस बर्ष अगाडीदेखि रुख काट्दै आएको बारे सहयोगको लागि हार्दिक अपिल महोदय , उपरोक्त सम्बन्धमा प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोराले काठमाडौँमा इन्द्र जात्राको दिन लिङ्गो गाड्ने चलन चलाएका थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि...