इतिहास

हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा नेपालकाे पहिलो चट्टान अभिलेख


खुल्ला अाकाश मुनिकाे खुल्ला संग्रहालय। नेपालकाे पहिलो चट्टान अभिलेख भक्तपुर जिल्लाकाे हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा एक राज्यका एउटै शासकका मात्रै नभएर अन्य राज्यका धेरै शासक र अन्यले राख्न लगाएका समेत गरि अनेक कालका धेरै चट्टान अभिलेख रहेका छन्।ठुलो ढुङ्गामा कुँदिएका सबै (६वटा) चट्टान अभिलेखहरु भक्तपुर राज्यतर्फका छन्।ठुलो ढुङ्गा भएको इलाकालाई तात्कालिक समयमा ‘चसदाेल’ भनिन्थ्यो भन्ने कुरा यश अभिलेखबाट जानिन्छ। ठुलाे ढुङ्गाकाे भूपतीन्द्र मल्लको ने.सं. ८३५काे चट्टानअभिलेख र उनकै साेहि मितिकाे नालाछापकाे ठुलो ढुङ्गाकाे चट्टान अभिलेखकाे व्यहाेरा उस्तै छ।एउटै व्यहाेरा परेका यी दुई स्थानका चट्टानअभिलेखहरुमा उनले अाफ्ना पिता जितामित्र मल्लकाे नाममा ढुङ्गे मन्दिर बनाउनका लागि ढुङ्गा ढुवानीकाे काम अारम्भ गरेको कुरा कुँदाउन लाएका छन्।ढुङ्गे मन्दिरलाई नेपाल भाषामा “लाेँह देग” भनिन्छ ।ठुलो ढुङ्गा चट्टानका हात्ती ,घाेडा सिंह र जुधिरहेका साँढेले त्यसबेलाकाे धार्मिक साँस्कृतिक जीवन लगाएत शासकीय शानकाे सानाे झलक पनि प्रस्तुत गर्छ।खासगरी जुधिरहेका साँढेले लिच्छविकालिन लाेकजीवनमा निकै लाेकप्रिय रहेको गाेयुद्ध उत्सवलाई पनि संझाएकाे छ।
वासुकी ढुङ्गाकाे ने.सं.७५७काे चट्टानअभिलेखमा यज्ञ र नयाँ यन्त्र स्थापनासम्बन्धि कुरा अाएकाे छ।तर त्यसपछिकाे समय भक्तपुरका लागि प्रतिकुल बन्दै गयाे।जगज्याेतिर्मल्लपछि उनका छाेरा नरेशमल्ल राजा भए।कमजोर प्रकृतिका नरेशमल्ललाई कान्तिपुरका प्रताप मल्लले यिनको राज्यमा अाक्रमण गरि थर्काउन ,तर्साउन बाँकी राखेनन्।
भक्तपुरका राजा जगत्प्रकाश मल्लले ललितपुरका राजा श्रीनिवास मल्लशीत मिलेर ने.सं.७७८श्रावण ६गते कान्तिपुरमा अाक्रमण गर्याे।तर त्यसकाे भाेलिपल्टै कान्तिपुरका राजा प्रताप मल्लले श्रीनिवास मल्ललाई अाफ्नाे पक्षमा मिलाई कान्तिपुर र ललितपुरकाे संयुक्त सैन्यले भक्तपुरमा श्रावण १०गते अाक्रमण गरि यहाँका गढि,बस्ती/बस्ती गाउँ किल्ला सर गर्दै नालाभेक पनि कब्जा गर्न पुगे।वासुकी ढुङ्गाकाे प्रताप मल्लकाे ने.सं.७७८काे अभिलेखले यहाँ नीर यहि कुरा स्मरण गराएको छ।साे अभिलेख उनले नालाभेक कब्जामा लिएको ७ महिना पछि राख्न लगाएको हाे।अाफ्नाे राज्यको सीमाइलाका निर्धारण नै याे चट्टान अभिलेखकाे अव्यक्त मुल अाशय थियो ।याे अाशयकाे सबैले सहजै खुट्याउन सकिने निशान याे वासुकी ढुङ्गा चट्टान थियो ।समग्रमा प्रताप मल्लले भक्तपुरलाई देखाउन खाेजेकाे व्यक्त अव्यक्त अाशय पनि यहि थियो ।
याे सम्पूर्ण कुरा मेरा अादरणिय गुरु प्रा.डा पुरुषाेत्तमलाेचन श्रेष्ठ काे चट्टान अभिलेख र अन्य सम्पदा नामक ग्रन्थमा लेखिएको छ।वहाँले यस भेकमा रहेका सम्पूर्ण चट्टान अभिलेखकाे अध्ययन अनुसन्धान गरेर २०६७सालमा पुस्तक तयार पार्नुभयाे।
अहिले याे ठाउँ सुनसान छ।केहिसमय अगाडि ठुलो ढुङ्गा चट्टान अभिलेखका वरिपरि काँडेतारले बारेर संरक्षण गरेको जस्तो मात्रै गरिएको थियो ।कसले कति बजेट पारेर याे काम गरेकोहाे थाहै भएन तर अहिले फेरि याे जस्ताको त्यस्तै भइसक्याे बारेका तार अनि पिल्लर सबै उखेलेर फालिएको छ।साँझ पख चुराेट गाँजा खाएर बस्नेहरु काे अखडानै भएको छ।यि अभिलेखहरुकाे संरक्षणकालागि भनेरै विभिन्न व्यक्ति हरुले बजेट सम्म ल्याउनु भएको भन्ने कुरा धेरै पटक सुनियाे तर हाम्रो देशको महत्त्व बाेकेकाे अतिनै दुर्लभ चट्टान अभिलेख बिस्तारै अब चट्टानमा मात्रै सिमित हाेला जस्तो भैसकेको छ।ढुङ्गामा लेखिएका अभिलेखहरु सबै मेटिने अवस्थामा पुगिसकेका छन्।हाम्रो चागुनारायण नगरपालिका वडा नम्बर ९मा पर्ने याे अभिलेख अनि अाईतबारे सामुदायिक वनमा रहेका ४वटा एेतिहासिक गढि हरु संरक्षणकाे पर्खाइमा बसेका छन।हामीले यस्ता एेतिहासिक महत्त्वबाेकेका सम्पदाहरुकाे बेलैमा संरक्षण गर्न सके भावि पुस्ताले पनि यसको महत्त्व बुझ्ने थिए।याे ठाउँलाई पर्यटकीय गन्तव्यस्थलकाे रुपमा विकसित गर्न सकेमा हाम्रो यस भेकका एेतिहासिक पुरातात्त्विक सम्पदा लगाएत यस भेककाे विविध पक्षको विकासमा समेत टेवा पुग्ने कुरामा कुनै शंका छैन हाम्रो गाउँमा पत्ता लागेका यी सम्पदाहरुलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न सकेमा अझ धेरै वेश हाेला।

बिहि, असार २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

तीज पर्व र नाला भगवतीमा घुइचो

हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज हो । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म पनि यो पर्व मनाउदै आएका छन्...

अनलाइन साहित्यिक पत्रकारिता : चुनौती र समस्या

भूमिका मानवको सृष्टिसँगै सूचना आदान प्रदान हुने पुरानो कुरा हो । समाजलाई चलायमान बनाउन एक अर्कासँगको सम्पर्क कायम राख्न तथा एक अर्काको हाल खबर बुझ्न सञ्चार जरुरी पर्दछ । सञ्चारका विभिन्न माध्यामहरू हुन्छन् । पहिले पहिले सीमित रूपमा चिठ्ठीपत्रकोे माध्यमबाट सूचना आदान प्रदान हुने गथ्र्यो भने...

‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ

काठमाडौं । भक्तपुरको बोडेका ६७ वर्षीय प्रेमचन्द्र अदुवा श्रेष्ठको जीवनमा हरेक वर्ष गाईजात्रा सकिनेबित्तिकै नयाँ चटारो सुरु हुन्छ । गाईजात्रापछिका पाँच दिन उनी ‘प्रेमचन्द्र अदुवा श्रेष्ठ’ रहँदैनन् । उनको सिङ्गो समाजले उनलाई ‘देउता’ भनेर पुकार्नेछ । उनी ‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ ।...

सारंगी बाजा

नेपाली लोक बाजामा लोकप्रिय बाजा मध्य सारंगी पनि एक हो ।  सारौँ  चराको जस्तो सुमधुर आवाज दिने भएकाले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । सारंगीको पुरानो रुपलाई नै अरबाजो बाजा  हो । अरबाजो बाजालाई   भाले स्वर बाजा र सारंगीलाई पोथी स्वर बाजा मानिंदै...

काठमाडौँ नगर प्रमुखलाइ चिठ्ठी

श्रीमान नगर प्रमुख ज्यु  काठमाडौँ महानगर पालिका ,काठमाडौँ   बिषय :  दुई सय चवालिस बर्ष अगाडीदेखि रुख काट्दै आएको बारे सहयोगको लागि हार्दिक अपिल महोदय , उपरोक्त सम्बन्धमा प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोराले काठमाडौँमा इन्द्र जात्राको दिन लिङ्गो गाड्ने चलन चलाएका थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि...