साहित्य गतिबिधि

दुवाललाई फेडोल साहित्य पुरस्कार


काठमाडौँ, असार २२ गते ।
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान, सूर्यविनायक–४, भक्तपुरले फेडोल साहित्य पुरस्कार वितरण एवम् साहित्य विमर्शको कार्यक्रम गरेको छ ।
साहित्यकार मोहन दुवाललाई फेडोल साहित्य पुरस्कार र अदिश्री कस्पाललाई उदयमान नव प्रतिभा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले देशमा आएको आमूल राजनीतिक परिवर्तले धेरै विषय र अवस्थालाई परिवर्तन गरे पनि साहित्यिक पत्रकारको स्थितिमा भने कुनै परिवर्तन ल्याउन सकेन भन्नुहुँदै यस विषयमा आवाज उठाउँदै लगेर साहित्यिक पत्रकारिताको स्थितिमा पनि आमूल परिवर्तन ल्याउनु जरुरी छ, भन्ने बताउनुभयो । डा. घिमिरेले जीवनमा कुनै गुनासो नराखी सिर्जनशील बनेर जीवन बिताउन सिक्नुपर्छ, भन्नुभयो ।
साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले साँस्कृतिक संस्थान सबैको साझा थलो होस् भन्ने सोचाइकासाथ काम भइरहेको छ, हाम्रो सपना सबैको साझा साथ र भावना रहोस् भन्ने नै हो, भन्नुभयो । पुरस्कृत व्यक्तित्व दुवालले साहित्यमा साहसका साथ एउटै गोरेटोमा हिडिरहेको योगदानको परिणाम स्वरूप आज यो पुरस्कार प्राप्त गरेको हुँ, भन्नुभयो ।
कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले बालप्रतिभा अदिश्री कस्पालको र डा.रामप्रसाद ज्ञवालीले साहित्यकार मोहन दुवालको जीवनी बारे प्रकाश पार्नुभएको थियो ।
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलको सभापतित्वमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । फेडोल साहित्य पुरस्कारको राशि रु. १० हजार र उदयमान नव प्रतिभा पुरस्कारको राशि रु. ५ हजार रहेको थियो । 

सोम, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न

अाधुनिक साहित्य परिषद्काे एघारौं साहित्य श्रृङ्खला भब्य रूपमा सम्पन्न भयाे । तिलकप्रसाद लुइटेलकाे सभापतित्व, प्रा डा गार्गी शर्माकाे प्रमुख अातिथ्यता तथा पाेष्टराज चापागाईकाे विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यकर्ममा उमेश पाण्डे , पुर्णबहादुर साउद लगायत अतिथिहरू रहनु भएकाे थियाे । कार्यक्रममा हेमन्त खड्का, सिद्धार्थ देवकाेटा जिन्दगीले...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

मेरो घाम निस्कियो

कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति मेरो घाम कवितासङ्ग्रह विमोचन एक समारोह बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका छन् । अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा विभिन्न शीर्षकमा त्रिपन्न ओटा कविताहरू समावेश गरिएका छन् । कविताहरूमा राष्ट्रप्रेम, जातीय...