साहित्य गतिबिधि

प्रज्ञा पुस्तकालय भवन समुद्घाटन


काठमाडौँ, असार २६ गते ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा नवनिर्मित पुस्तकालय भवन, प्रज्ञा छापाखाना तथा २०५ औँ भानु जयन्तीको कार्यक्रमको भव्य रूपमा समुद्घाटन गर्नुभयो ।
आज भानुभक्तको महत्त्व २०५ वर्षपछि पनि झन् बढ्दै गएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको भाषिक एकीकरणमा प्राण प्रतिष्ठा गर्ने कामको लागि उनी महान छन् ।’ त्यस अवसरमा प्रधानमन्त्रीले पुस्तकालय भवन निर्माणको लागि भारतीय दुतावासलाई धन्यवाद दिँदै नयाँ भवनको निर्माण कार्य सम्पन्न हुनु, त्यसमा आधुनिक छापाखानाको व्यवस्थापन गरिनु एउटा राम्रो काम पूरा भएको छ र प्रतिष्ठानमा बाँकी रहेका अन्य भौतिक निर्माणका कामहरू पनि क्रमशः पूरा गर्दै लगिने कुरा बताउनुभयो ।
एकअर्को प्रसङ्गमा प्रधानमन्त्री के.पी. ओलीले आपूm प्रधानमन्त्री भएपछि भारतसँगको असमझदारी क्रमशः हट्दै गएको र यसको लागि दुवैदेशका प्रबुद्ध समूहले संयुक्तरूपमा काम गरिरहेका छन्, भन्नुभयो । ‘व्यापार, सीमा क्षेत्र, डुवान आदिको समस्या समाधान हुँदै गएका छन्’, प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी सबै छिमेकीहरूसँग शान्तिपूर्ण रूपमा समान व्यवहार गर्न चाहन्छौँ ।’
नेपाल ज्ञान र शान्ति प्रादुर्भाव भएको भूमि हो, यो ज्ञान भूमि हो, तपो भूमि हो । हामी अरूभन्दा धन, पैसामा पछाडि हौँला तर कला, साहित्य र संस्कृतिमा हामी पछि छैनौँ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो देश लाइट र हाइट दुवै भएको देश हो ।’ सारा दुनियाँ अन्धकारमा रुमलिएको बेला हाम्रा पूर्खाका साधना, त्याग र योगदानको प्रतिफल स्वरूप हामी ज्योतिषि हेरेर बह्माण्डको गणना गथ्र्यौं, सारा ग्रहहरूको हिसाब निकाल्थ्यौँ, प्रधानमन्त्री ओलीको भनाइ थियो । वहाँले भन्नुभयो, यतिबेला हामी राष्ट्र निर्माणको काममा जुटेका छौँ, हामीलाई आँधी, हुरी, असिना–पानी केहीले रोक्नसक्दैन र रोकिनु हुन्न । राष्ट्रका महान उद्देश्यलाई आस्था र वादका साना विचारहरूले कहिल्यै रोक्न सक्दैन ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भानुभक्त नेपालमा साहित्यको जग बसाउने व्यक्ति हुन्, सारा नेपालीलाई भाषा, साहित्य र संस्कृतिका माध्यमले एकआपसमा जोड्ने कडी हुन्, भन्नुभयो । मन्त्री अधिकारीले अब एकेडेमीहरूले आफ्नो परिचयको साथै हाम्रा भावी पुस्ताहरूलाई जोड्नको लागि प्राज्ञिक गतिविधि बढाउनु आवश्यक छ, भन्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रज्ञा–प्रतिष्ठान नेपालीहरूको सोच, विचारको केन्द्र हो भन्नुहुँदै, सदियौँदेखिको नेपाल भारतबीचको सम्बन्धलाई गाढा बनाइराख्न यो पुस्तकालय उद्घाटन एक महत्त्पूर्ण अवसर हो भन्नुभयो । राजदूत पुरीले पुस्तकालयको बाँकी प्रोजेक्ट पूरागर्न हरतरहले सहयोग गर्ने कुरा पनि बताउनुभयो ।

कार्यक्रमका सभापति तथा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उपस्थित पाउनाहरूलाई स्वागत गर्दै छिमेकी देशहरूको साथै यस क्षेत्रका देशहरूसँग पनि साहित्यिक गतिविधि बढाउँदै र सहकार्य गर्दै जाने लक्ष्य अनुरुप भारतीय साहित्य एकेडेमीसँग सहकार्यको थालनी भइसकेको बताउनुभयो । त्यस अवसरमा कुलपति उप्रेतीले ५ तलाको जगमा बनेको हालको ३ तलामा बाँकी २ तला थप्नको लागि सहयोग गरिदिन पनि अनुरोध गर्नुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख सु.ई. वसन्त कुमार राईले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ५ तलासम्म धान्ने जगमा हाल बनेको ३ तलाको कूल लागत मूल्य अभिवृद्धि कर बाहेक ४ करोड, १२ लाख, २६ हजार, २ सय ४७ रुपैयाँ र ७ पैसा रहेको बताउनु भयो । राईले वि.सं.२०७० साल मङ्सिर १० गते सम्झौता भई त्यसको भोलिपल्ट ११ गतेबाट काम थालिए र २०७१ साल चैत्र १० गते अर्थात १५ महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि विविध कारणले निर्माण कार्य ढिला भई २०७४ जेठ २१ गते मात्रै निर्माण सम्पन्न भएको बताउनुभयो ।

नव निर्मित पुस्तकालय भवनको सि.एम.कन्स्ट्रक्सन प्रा.लि., जोरपाटी, काठमाडौँले निर्माण कार्य सम्पन्न गरेको थियो ।

बिहि, असार २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

काठमाडौँ, मङ्सिर १५ गते । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा...

संस्मरण:- बिचलन भएकाे मन

कार्यक्रममा थिए तर मेराे मन मसँग थिएन।भित्र भित्रै पीडाबाेद्व भइरहेकाे थियाे। असाेज १२ गते सम्ममाेहन मुक्तक संग्रह बिमाेचन समाराेह ए वान पार्टी प्यालेस सिनामंगलमा। बुबाकाे अवसानपछि मैले बाहिर हिडेकाे याे पहिलाे कार्यक्रम थियाे मेराे। घरमा एक्लै हुदाँ पीडा बाेद्व असाध्यै हुने। अाफु समालिन धेरै गाह्राे...

काव्य गोष्ठी सम्पन्न

काठमाण्डौ, मङ्सिर २ गते। आधुनिक साहित्य परिषद्को आयोजनामा बृहत् साहित्यिक उत्सव – २०७५ डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाण्डौमा सञ्चालन भइरहेको कार्क्रममा अनुपम सिर्जना प्रतिष्ठान नेपालले पनि सहभागी भएर काव्य गोष्ठी सम्पन्न ग-यो । उक्त गोष्ठीमा स्रष्टाहरूले छन्द, स्वचन्दका कविता, गीत तथा गजल वाचन गरे ।...

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने भएको छ ।  यहि  मंसिर १,२ र ३ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा एकल कविता वाचन,पुस्तक विमोचन,साहित्यिक प्रवचन र गजल वाचन लगायतका कार्यक्रम रहेका छन् । काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयको हलमा हुन लागेको उक्त कार्यक्रममा करिव...

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित

कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख...