साहित्य गतिबिधि

अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीमा कविता सुनाए


२९असार काठमाडौं -अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीको सु अवसरमा हेमन्त खड्काको संयोजकत्वमा, दामोदर ढकालको उद्घोषण,कलानिधि दाहालको प्रमुख अातिथ्य,तिलक लुइँटेलको विशेष अातिथ्य,मुरलीप्रसाद ढकालको सभापतित्वमा १२जना सर्जकले एकदेखि छ वटासम्म गजल/मुक्तक/कविता सुनाएका थिए।सबै कविताको समीक्षा विशेष अतिथि-तिलकप्रसाद लुइँटेलले मार्मिक ढङ्गमा गरे।सबैको मुटु झड्कने वाँणहरु अाफ्नो अाशनबाट कलानिधि दाहालले हाने। रचनावाचनमा सरिक सर्जकहरु-पुनराम कर्यावरिक्का ,सुजन खनाल,राजेन्द्र उपाध्याय,क्षितिज भरत बोहोरा,सविता समदृष्टि,सरोज केसी,वेद केसी,लक्ष्मी रश्मि,हेमन्त खड्का,मुरलीप्रसाद ढकाल,शारदा राई,अञ्चल वान्तवा,प्रभा ढुङ्गाना,दामोदर ढकालले अाफ्नो बेजोड प्रस्तुती राखेका थिए। रिपोटर – हेमन्त खड्का

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भानु साहित्यिक दौड सम्पन्न

काठमाडौँ, असार २८ गते । भानु साहित्य प्रतिष्ठानको मूल आयोजना र साझा प्रकाशन र प्रज्ञा–प्रतिष्ठानको सहआयोजनामा ‘भानु साहित्यिक दौड’ को आयोजना गरियो । साझा प्रकाशन पुलचोक, ललितपुरबाट सुरु भएको ‘भानु साहित्यिक दौड’ सहरको विभिन्न भागको परिक्रमा गर्दै प्रज्ञा–प्रतिष्ठानमा आएर समापन गरिएको थियो । दौडको शुभारम्भ गर्दै साझा...

प्रज्ञा पुस्तकालय भवन समुद्घाटन

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा नवनिर्मित पुस्तकालय भवन, प्रज्ञा छापाखाना तथा २०५ औँ भानु जयन्तीको कार्यक्रमको भव्य रूपमा समुद्घाटन गर्नुभयो । आज भानुभक्तको महत्त्व २०५ वर्षपछि पनि झन् बढ्दै गएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको भाषिक एकीकरणमा प्राण...

संसाक सम्मान तथा पुरस्कार–२०७५ को घोषणा

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रही आआफ्नो स्थानबाट यिनका विविध पक्ष र विधाहरूलाई समृद्ध पार्न पु¥याउनुभएको उल्लेखनीय योगदानको लागि संसाक वाङ्मय प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई विभिन्न विधाको संसाक सम्मान तथा पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको स्रष्टा...

दुवाललाई फेडोल साहित्य पुरस्कार

काठमाडौँ, असार २२ गते । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान, सूर्यविनायक–४, भक्तपुरले फेडोल साहित्य पुरस्कार वितरण एवम् साहित्य विमर्शको कार्यक्रम गरेको छ । साहित्यकार मोहन दुवाललाई फेडोल साहित्य पुरस्कार र अदिश्री कस्पाललाई उदयमान नव प्रतिभा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले देशमा...

‘हिमवत् खण्ड कला, साहित्य सम्मिलन’ हुने

काठमाडौँ । २०५ औँ भानुजयन्तीका सन्दर्भमा मदन भण्डारी कलासाहित्य प्रतिष्ठानले ‘हिमवत् खण्ड कला साहित्य र संस्कृति ः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ भन्ने मूल उद्घोषका साथ यही असार २९,३० र ३१ गते तीन दिन यस क्षेत्रमा स्थापित कला, साहित्य र संस्कृतिकोे परिचय तथा गरिमा, विचार...

बरिष्ट साहित्यकार तारानाथ शर्मा सम्मानित

आज असार १५ गते लीलाध्वज थापा साहित्य प्रतिष्ठानको वार्षिक कार्यक्रममा वरिष्ट साहित्यकार डा. तारानाथ शर्मालाई लीलाध्वज साहित्य सम्मान प्रदान गरियो । सम्मान तथा पुरस्कारको रासी नगद रू. २५०००। (रू. पच्चीस हजार ) थियो । कार्य क्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले दोसल्ला ओडाएर नगद हस्तान्तरण...