स्वास्थ्य

माक्सले प्रदूषित वायु रोक्छ कि अक्सिजन प्रवाहमा वाधा पुर्‍याउँछ ?


केही समयअघि नेपाल भ्रमणमा आएकी बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमा पोस्ट गरेको तस्विरमाथि खासगरी नेपाली प्रयोगकर्ताले तिखो आलोचना गरे । ट्वीटरमा उनी केही महिलाहरुसँग लस्करै उभिइरहेकी देखिन्थे र तस्विरसँगए उनले पेट्रोलको गन्ध मिसिएको काठमाडौंको वायुमाथि कटाक्ष गरेकी थिइन् ।

हामीलाई लाग्यो, बलिउड अभिनेत्रीले नेपालको बदनाम गरिन् । तर, वास्तविकता उनले जे गरिन्, ले लेखिन् त्यही थियो । काठमाडौंको वायु प्रदूषणको अवस्था विश्वकै उच्चमध्येमा छ । कचौरा जस्तो भू-बनौटको काठमाडौंमा गाडी, कलकारखाना जस्ता मानव-सिर्जित प्रदूषण यस्तो छ कि, यहाँ सास फेर्दा अक्सिजन भन्दा बढी फोक्सोमा विषाक्त वायुले प्रवेश गर्छ ।

काठमाडौंको विभिन्न भेगमा मापन गरिएको वायु प्रदूषणको दरले पनि यहाँको अवस्था निकै भयावह देखिएको छ । काठमाडौंबासीमा नाक, कान, घाँटी (इएन्टटि)को समस्या बढ्दै गएको र त्यसको कारक वायु प्रदूषण नै भएको तथ्य पनि बाहिर आइसकेको छ । विभिन्न अध्ययनबाट के स्पष्ट भइसकेको छ भने, काठमाडौंको वायुमा अक्सिजनभन्दा बढी विषाक्त तत्व बढी छ ।

माक्समाण्डू

नियालेर हेर्नुहोस् काठमाडौंमा औसत हरेक पाँच जनामध्ये एक जनाले माक्सले मुख ढाकेकै हुन्छ । वायु विषाक्त, दुर्गन्धित भएकाले नै यहाँ माक्सले अनुहार ढाक्नेहरु बग्रेल्ती छन् । काठमाडौंबाहिरका जिल्लाबाट आएकाहरु त माक्स नलगाई हिँड्नै नसकिने बताउँछन् ।

डिजेल, पेट्रोल, ढल, सिनो, पसिना आदिको मिश्रति गन्ध रोक्न पनि माक्स अनिवार्य जस्तै भएको छ, काठमाडौंबासीलाई । त्यसैले काठमाडौंको भिडमा हेर्नुभयो भने, त्यहाँ धेरैको सग्लो अनुहार देखिदैन । ति सबै माक्सले ढाकिएका हुन्छन् । धुलो, धुवाँ, दुर्गन्ध रोक्नका लागि त माक्स उपयोगी होला तर, जब नाक र मुखमा टम्म ढाकेर माक्स लगाइन्छ, त्यसले शरीरमा अक्सिजनको आपूर्तिमा बाधा पुर्‍याउँदैन ?

जबकी शरीरमा खाना र पानीको जति महत्व छ, त्यो भन्दा बढी अक्जिसनको । र, अक्सिजन हामी नाक वा मुखबाट लिने गर्छौं । नाक नै ढाकेपछि फोक्सोमा अक्सिजन कसरी आपूर्ति हुन्छ ? एकाति यो प्रश्न ज्यूँको त्यूँ छ भने, अर्कोतिर सबै किसिमको माक्सले प्रदूषणबाट फोक्सोलाई बचाउँछ त ?

माक्स कति उपयोगी ?

वीर अस्पतालका पूर्व चिकित्सक तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा.दीर्घसिंह बमलाई आधार मान्ने हो भने वायुमण्डलमा धुलोधुवाका विभिन्न कण हुने गर्छ । यस्ता कण वायु बनस्पतिबाट निस्कने कण पनि हुनसक्छ । धान, गहुँ, फुल तथा फुलबाट निस्कने परागका कण पनि हुनसक्छ । त्यसबाहेक, पेट्रोल, डिजेल लगायतका धुलो धुवाका कण पनि हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनले हावामा पाइने पी एम २.५ लाई भन्दा कमको धुलोलाई विश्वसुक्ष्म कणको संज्ञा दिएको छ । पी एम् २.५ भन्दा कमका सुक्ष्म कणहरुमा सल्फेट, नाइट्रेट, कालो कार्वन लगायतका प्रदूषकहरु पर्दछ ।

यस्ता प्रदूषक फोक्सो नली हुँदै शरीरका विभिन्न भागमा पुगेमा मुटुरोग, स्ट्रोक , फोक्सोको क्यान्सर, न्युमोनिया लगायतका स्वास प्रस्वास सम्बन्धि रोग निम्त्याउने गर्दछ ।

त्यस्तै, गाडीको धुवाधुलो, सुर्तीजन्य पदार्थ लगायतबाट निस्कने पीएम २.५ भन्दा साना धुलाका कणले रुघा लाग्ने, नाकबाट निरन्तर सिगान बग्ने, सास फेर्नमा समस्या हुने गर्दछ ।

र, यस्ता प्रदुषणबाट बच्नका लागि डिस्पोजेबल मास्कको प्रयोग गर्नु पर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन् ।

भन्छन्,’ बजारमा मास्क त विभिन्न थरीको पाइन्छ । तर सबैले सबैथरीको मास्क किन्न नसक्ने हुदाँ अहिलेको लागि डिस्पोजिबल मास्क नै उपयुक्त हुन्छ ।’ । यस्ता मास्कको प्रयोगले शरीरमा किटाणु, पराग तथा धुलोका ठूल्ठूला कणहरुलाई शरीरमा छिर्नबाट जोगाउँछ ।

जबकी वायु प्रदुषणबाट बच्नका लागि प्रयोग गरिने स्कार्फ, रुमाल वा कपडाले बनाएको मास्कको प्रयोगले भने रोगका किटाणु, तथा भाइरस सार्न सक्दछ ।

त्रि. वि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पल्मोनोजी तथा क्रिटिकल केयर मेडिसिन विभागका उप-प्राध्यापक डा. निरज बमका अनुसार वायु प्रदुषणबाट बच्नका लागि कस्तो मास्कको प्रयोग गर्ने भन्नेबारे जानकारी नहुदाँ धेरै जसो मानिसहरुले कपडाको मास्क प्रयोग गर्नुका साथै सर्जिकल वा डिस्पोजेबल मास्कको प्रयोग गर्छन् ।

‘जबकी अहिलेको वायु प्रदुषणका कारण स्वास्थ्यमा असर नपरोस् भन्नकै लागि एन ९५ र एन ९९ मास्क प्रयोग गर्नुको विकल्प छैन’ ।

लगाउदाँ हल्का असजिलो तथा सास फेर्नमा कठिनाई हुने भएकोले पनि धेरै मानिस एन ९५ मास्क प्रयोग गर्न रुचाउँदैनन् ।

त्यस्तै, फिल्टर जडान भएकै कारण यस्ता मास्कबाट सजिलै अक्सिजन प्रवाह नहुने भएकोले पनि कयौ मानिसहरुलाई टाउको दुख्ने, चक्कर लाग्ने, सास फेर्नमा कठिनाई हुने गर्दछ । यदी कुनै व्यक्तिलाई सास फेर्नमा समस्या भएमा केही समयको लागि मास्क फुकालेर ताजा सास लिन अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड पि्रभेन्सन -सिडिसि)को सुझाव छ ।

वायु प्रदुषणका कारण पाच वर्ष ३० प्रतिशत विरामी बढे

वायु प्रदुषणकै कारण विगत पाँच वर्षमा काठमाडौमा स्वास प्रस्वास सम्बन्धि समस्या लिएर आउने विरामीको संख्या झण्डै ३० प्रतिशतले बढेको छाती रोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन् ।
भन्छन्,’ वायु प्रदुषणकै कारण विगत पाँच वर्षमा अस्पताल आउनेको संख्या झण्डै ३० प्रतिशतले बढेको छ । जसमा वृद्धवृद्धा तथा बालबालिकाको संख्या उच्च छ’ ।

हाल युवापुस्तामा स्वासप्रस्वास सम्बन्धि समस्या खासै नदेखिए पनि समयमै रोकथाम नगरेको खण्डमा भविष्यमा स्वास प्रस्वास सम्बन्धि समस्या लिएर आउनेको संख्या उच्च रहने चिकित्सकहरु बताउँछन् ।
यसबाट बच्नका लागि पनि एन ९५ मास्क प्रयोग गर्नु पर्ने डा. निरज बम बताउँछन् ।

भन्छन्,’ यस्ता मास्कको प्रयोगले विरामीलाई असुविधा त अवश्य होला । तर वायु प्रदुषणका कारण शरीरमा हानीकारक कणहरुलाई प्रवेश गर्नबाट रोक लगाउनका लागि पनि चिकित्सकहरुले एन ९५ नै प्रयोग गर्न सुझाव दिने गर्छन् ।’

के हो एन ९५ मास्क ?

एन ९५ मास्क विशेषगरी वायु प्रदुषणबाट बच्नकै लागि निर्माण गरिएको हुदाँ अन्य मास्कको तुलाना बढी यस्ता मास्क बढी सुरक्षित हुने गर्छ ।

न्युयोर्कस्थित स्वास्थ्य विभागलाई आधार मान्ने हो भने हावामा रहेको धुलोका ससाना कणलाई श्वासप्रस्वास नली फोक्सोमा पुग्नबाट रोक्ने ‘एन ९५’ मास्क एक किसिमको डिस्पोजेबल मास्क हो । यो मास्क अनुहारमा टपक्क टासिनुका साथै फिल्टरयुक्त हुन्छ । यो मास्कको प्रयोग गरेमा हावा रहेको धुलोका कण शरीरमा छिर्नबाट झण्डै ९५ प्रतिशतसम्म बचाउन सकिन्छ ।

साथै, यसमा कार्वन फाइबर लेयरको प्रयोगका कारण हावामा रहेका व्याक्टेरिया, भाइरस तथा हावामा परागका कणहरुलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ । स्पेशिफिकेशनलाई आधार मान्ने हो भने एन ९५ जस्तै एन ९९ मास्क पनि बजारमा उपलब्ध हुन्छ ।

एन ९५ र सर्जिकल मास्क बीचको फरक ?

डिस्पोजेबल मास्क भनेर समेत चिनिने सर्जिकल मास्क भने वायु प्रदुषणका लागि नभई रगतजन्य संक्रमणबाट बचाउनका लागि प्रयोग हुने गर्दछ । यसको सम्बन्ध वायु प्रदुषणसित खासै नरहने अमेरिकाको श्रम विभाग अन्तर्गतको पेशागत सुरक्षा तथा स्वास्थ्य प्रशासन (ओसा)ले जनाएको छ ।

ओसामा प्रकाशित लेख अनुसार सर्जिकल मास्क रगत जन्य संक्रमणबाट जोगाउने एक विशेष मास्क हो । विरामीको शरीरमा रहेको रोग किटाणुले अन्य व्यक्तिको शरीरमा प्रवेश नगरोस् भन्नका लागि स्वाथ्यकर्मीहरुद्धारा सर्जिकल मास्कको प्रयोग गरिन्छ । यस्ता मास्क सिल्ड टाइट नहुने भएकोले मास्कको दायाबाया रहेको खाली ठाउँबाट धुलोका ससाना कण स्वास प्रस्वास नलीमा सजिलै प्रवेश गर्दछ ।

जबकी एन ९५ युक्त मास्कले व्यक्तिलाई दुई किसिमले सुरक्षा प्रदान गर्छ । पहिलो हावाको माध्यमबाट रोग सर्न बाट बचाउँछ । त्यस्तै, एयर प्युरिफायरयुक्त यस्ता मास्कको प्रयोगले हावामा हुने डिजेल, पेट्रोल तथा ग्यासको रसायन फिल्टर गर्दछ ।

मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मेरो कुरामारीत्वमाथि आशंका

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’ अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै...

नेपालका प्रथम टेस्टट्यूब बेबी ओममणि तामाङ प्रमुख अतिथि

काठमाडौं: दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १४ वर्षीय बालक आकर्षणको केन्द्रबिन्दू बने। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरु सम्मिलित कार्यक्रममा प्रमुख अतिथि उनलाई बनाइयो। डाक्टरहरुले ताली बजाएर उनको स्वागत गरे। ती बालक थिए, नेपाल पहिलो टेस्टट्यूब बेबी ओममणि तामाङ। ओममणि तामाङ कार्यक्रम थियो, आइभी एफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन)बच्चा...

154 SHARES FacebookTwitterEmailMore ...

लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरे

  काठमाडौं– लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुवै मेडिकलमा ट्रामा नामक लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त...

भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण

काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। डक्टर्स...

पुरुषको स्तन बढ्ने रोग गाइनेकोमस्टिया

महिलामा जसरी स्तनको वृद्धि विकास जन्म पश्चात युवा आवस्थादेखि प्रौढसम्म देखिन्छ । त्यसरी नै पुरुषमा पनि जन्म पश्चात स्तनका अवशेष रहेको देखिन्छ । तर, सामान्यतया पुरुष स्तनको वृद्धि विकास हुँदैन। गाइनेकोमस्टिया भनेको पुरुष स्तन वढ्दै जाने समस्या हो। जसमा कारकका रुपमा स्तन ग्रन्थीका तन्तुहरु वा बोसो...