विचार

हो म महावीर नाम को प्रशंसक हु

-जसिन्द्र श्रीपाली


एउटा अचम्म को बानी छ म संग जब केहि कुरा मनमा उथलपुथल हुन्छ तब मन खुव खिसखिसाउछ अनि त सिरानी मुनी च्यापेर सुत्ने डायरीमा हुलहुली शब्दहरु बगाउछु केहि अरुलाई पनी सुनाउन मन लाग्यो भने फेशबुकमा पोस्ट गर्छु त्यहि मध्येको एउटा लेख हो यो जुन तपाई लाई पनी देखाउन मन लाग्यो ।
केहि दिन अगाडी कतार बाट मेरो हजुर बुवा खिम श्रीपाली र शिखर श्रीपाली दाई ले मलाई घडी उपहार पठाई दिनु भएको छ , सायद माया मिसिएको भएर होला मैले पटक पटक घडी हेरिरहेको हुन्छु यति बेला यहि घडीमा लगभग रातिको ११ बजेको छ । मेरो भाई बैनी मस्त निन्द्रामा छन, म प्राय सुत्ने बेला पुराना गीत हरु सुनी रहन्छु आज पनी उसैगरी गीत हरु सुन्दै थिए नारायण गोपाल को मलाई खुब मन पर्ने गीत “यति चोखो यति मिठो दिउला तिम्लाई माया” यो गीत सकिए लगत्तै मोबाईल मा रेकड गरेर राखिएको बहकिने मन बज्यो झन नतमस्तक भएर सुने मनमा केहि जिज्ञासा हरु जाग्दै गए केहि आपैm जवाफ मेटिदै गए केहि जवाफ को आसामा मनैमा रहे, संस्थागत काम बोकेर सिमरा पुगेर फेरी काठमाण्डौ उहि दिन फर्किएकोले थकाई को महसुस भएको थियो तै पनी केहि नलेखि सुत्नै मन मानेन, पछिल्लो समय सामाजिक संजालमा भाईरल बनेका धरानका रमेश प्रसाई ले पत्रकार रबि लामिछाने को सपोटमा बोल्दै गर्दा एउटा वाक्य भन्नु भएको छ ”यदि मैले रबिको बारे यत्ति कुरा भनिन भने म आफु लाई उन्को पं्रशसक हु भन्न लाजमर्दो हुनेछ” मैले यहि वाक्य झट्ट सम्झिए अनी त जरक्क उठेर कम्प्यूटर खोले सुरु गरे यसरी केहि लेख्न ।
महावीर नाम मेरो जीन्दगीको खुब प्रेरणाको श्रोत हो,यो नाम संग मेरो गहिरो सम्बन्ध छ , बहकिने मनको सयौँ श्रृङ्खलामा उहाँले नै भन्नु भएको थियो “जिन्दगीमा कुनै कुरा दिने लाई त्यो सानो लागे पनी लिने लाई भने बडो ठुलो लाग्ने रैछ भनेर”त्यस्तै ठुलो बनेर जोडिएको छ महावीर विश्वकर्मा नाम मेरो जिन्दगी संग ।
२०६९ साल तिरको कुरा हो त्यति बेला म मेरै गृह जिल्ला बाग्लुङ को सामुदायिक रेडियो ढोरपाटन मा काम गर्थे, सोहि ठाँउमा अबस्थीत अर्को परिबर्तन नामको रेडियो ले बहकिने मन बजाउन थाल्यो, कार्यक्रम खुब नियमित सुन्न थाले कार्यक्रम तयार पार्न निक्कै झुकाब राख्ने म आफ्नै कार्यक्रम भन्दा बढी बहकिने मन सुन्न थाले,रेकर्ड गरी राखेर अबेर राति सम्म सुन्न थाले । आवाजले लगभग मोहनी लगाई सकेको थियो त्यति बेला कार्यक्रम सामुदायिक सुचना नेटवर्क बाट बज्थ्यो हरेक सोमबार को प्रतिक्षा हुन थाल्यो अझ कार्यक्रम ले मन छोएकै कारण म्यानेजर सर लाई कार्यक्रम हाम्रोे रेडियो बाट समेत फाल्न पटक पटक आग्रह गर्थे त्यहि समय नारायण श्रेष्ठ दाई को साझा सवाल बज्ने भकोले सरले नमिल्ने भन्नु हुन्थ्यो अनी त मन अमिलो भएर आउथ्यो ।
रेडियो कार्यक्रम बहकिने मनले मनमा डेरा जमायो अनी महावीर नामले मस्तिष्क मा ,त्यति बेला सामाजीक संजाल बारे त्यति राम्रो ज्ञान थिएन महावीर नाम पटक पटक सर्च गरि हेर्थे धेरै नाम एक पछि अर्को गरी आउने, कहिल्यै नदेखेको कारण यहि भन्ने के थाहा होस यसै चित्त बुझाउथे।
मनको चौतारि भन्ने साहित्यक कार्यक्रम चलाउथे हप्तामा तीन बार आउथ्यो लगभग कार्यक्रम ले मलाई मेरो भेगमा मज्जाले परिचय थपिदिएको थियो, दुई सृङ्खलामा पत्र बाचन र एउटा मा फोन लिने गर्थे एक दिन फोनमा आउने साथि ले खुब फुर्काउदै बोलिन आफनै शैलीमा माबिर बिश्कर्म दाई र तपाई को आवाज खुब मन पर्छ दाई उस्तै लाग्छ,बाचन शैली त झन छुट्टाउनै गाह्रो पर्छ भनेर , मलाई केहि हप्ता देखि यहि नामले खुब लखेटि रहेको थियो त्यसमाथि त्यहि नाम संग तुलना गरिदिदा मनमा एक खाले खुशी फिजियो शैली एउटै लाग्छ भन्दै गर्दा शैली चोर्न सकेछु भन्नेमा ढुक्क भए । त्यो रात त्यहि नाम मस्तिष्कमा राखेर निदाए पछिल्लो दिन बिहानै एउटा उपाय रचे सबिता विश्वकर्मा दिदि लाई फान गरीे महावीर विश्वकर्मा को नम्बर माग्ने, सबिता दिदि सि आई एन मा समचार बाचन गर्नु हुन्थ्यो दिदि संग भने अलि पहिल्यै देखि राम्रो हेमपेम थियो, ठुलो साहस गरेर रेडियो बाट नै सबिता दिदि लाई फोन गरे सोधे दिदि महावीर सर लाई चिन्नु हुन्छ ? दिदि को हासो मिठो थियो मन खोलेर हास्ने मज्जाले हास्दै उम… किन भनेर उल्टै मलाई प्रश्न गर्नु भयो , मैले भने मलाई नम्बर चाहियाृे दिदि । उहाँ फेरी हास्दै भन्नु भयो ल टिप तिम्रो सरको नम्बर भन्दै नम्बर दिनु भयो दिदि को दोस्रो पटक को हासोले मलाई जिज्ञासु बनायो यहि कुरा दिदि लाई अहिले पनी म्यासेजमा कहिले काहि सोध्छु त्यति बेला किन हास्नु भएको भनेर दिदि ले तिमी संग बोल्दा नहासेकै कहिले थियो र तिमि फन्टुस थियौ, बोल्न खुब शिपालु तिमिले हसाएरै त होनी हासेको भनेर तार्नु हुन्छ । त्यो दिन खुब खुशी मिल्यो मन लाई तर त्यहि दिन फोन गर्ने आट भने पलाएन मनमा तर केहि राहत भने पक्कै मिल्यो । बडो गम्भिर भएर पछिल्लो दिन फोन हाने मुटुको चाल यसै बढी रहेको थियो यत्तिकै उकुसमुकुस पहिलो पटक अन एअर पस्दा भएको थियो क्यारे त्यसपछिको यो दोस्रो थियो, तीन घण्टी बजे लगत्तै फोन उठ्यो उहाँको हलो भन्ने शैली अली भिन्न छ लामो लवजमा ह..लो, म हडबडाएझै गरी बोले सर नमस्कार म बाग्लुङ बाट जसिन्द्र श्रीपाली हु तपाई को कार्यक्रम खुब मन पर्छ उहाँको एउटा गज्जबको बानी अर्को पनी छ मिठो लाग्ने गरी धन्यबाद यार भन्ने पछिल्लो यार चाहि खुब मिठो लाग्ने गरी प्रयोग गर्नु भयो त्यो दिन भको कुरा लगभग त्यति होला । मनमा झन अनेक तरङ्ग उत्पन्न हुन थाल्यो त्यसैगरी केहि दिनको ग्याप राख्दै फोन गर्न थाले हरेक पटक को बोल्नु भयो ? कुन ठाँउ बाट भन्ने प्रश्नको सामना गर्नु पथ्र्यो किनकि मेरो नम्बर उहाँकोमा सेभ थिएन म फलानो फलानो भनेर अघिल्लो पटक फोन गरेको कुरा सम्झाए पछि लामै लवजमा ए.. अ त नी भन्नुहुन्थ्यो अनी फेरी सामान्य कुरा पछि वार्तालाप सकिन्थ्यो ।
महावीर नामको मान्छेलाई किन यति नजिक बाट नियाल्न थाले आफैलाई थाहा हुदैन थियो भन्नै पर्ने काम केहि हुदैन थियो फेरी नी म फोन गर्न तयार भैरहन्थे,मलाई थाहा थियो महावीर विश्वकर्मा आफ्नो जातीय मामीलामा खुब जुझारु हुनुहुन्छ भन्ने अनी एक दिन फोन हानेर सुरुमै भने सर नमस्कार म बाग्लुङ्ग बाट जसिन्द्र विश्वकर्मा अनी त एक खाले खुशी ओठमा झुण्डाएर भन्नुभयो ओहो विश्वकर्मा जी के छ यार खबर ? मलाई थाहाँ थियो यतिबेला उहाँले मेरो नाम भुलिसक्नु भएको थियो सम्झना थियो त केबल पछाडि को जात यो पटक भने लामो कुरा भयो काठमाण्डौ आएपछि भेटघाट गर्ने कुरा समेत गरियो । यस पटक को फोन पछि झन प्यारो लाग्न थाल्यो यो नाम, पहिले कार्यक्रम प्रस्तोता मात्र सम्झिने म यो पटक बाट आफ्नै दाई सरह लाग्न थाल्यो उहाँले दर्साएको जात प्रतिको माया ले झन लोभ्यायो । त्यसैगरी केहि दिन बिते दिन संगै महिना बित्ने नै भए कार्यक्रम आज भन्दा भोली राम्रो हुन थाल्यो, यहि बिचमा कायक्रम ले १००औ सृङ्खला पार गर्यो सयौ सृङ्खला त्यतिबेला सम्म प्रसारित कार्यक्रम मध्येको सब्बै भन्दा उत्कृष्ट कार्यक्रम थियो । महावीर नाम पछाडि को केहि धेरथोर कुरा थाहाँ भयो, बहकिने मन संग जोडिएका थुप्रै ब्यक्ति र संग सस्था बारे त्यहि दिन थाहा भयो , कुमार गुरुङ दाई सायद त्यति बेला बहराईनमा नै हुनुहुन्थ्यो कार्यक्रम को सुरुमा बज्ने जिङ्गल उहाँले नै गाउनु भएको छ पछि मात्रै रजिना रिमाल ले गाउनु भयो मलाई लाग्छ त्यहि दिन जाने बेला अन्तिम मा थोरै बजाउनु भएको थियो क्यारे, त्यतिबेला बहकिने मनमा शुभकामना सहति त्यहि जिङ्गल लाईभ गाउनु भयो कुमार दाईले , कुमार दाईको स्वरले खुब मन खोज्यो त्यति बेला देखिनै । त्यो दिनको कार्यक्रम मा थुप्रै चाखलाग्दो कुरा भए तर त्यसमध्येमा पनी अझ मनमा गडेको कुरा चाहि के भने महावीर विश्वकर्मा चितवन को एउटा रेडियो बाट अयोग्य प्रस्तोता भएर निस्कनु परेको थियो, त्यहि दिनको भोग ले हाल सम्म पनी उहाँलाई लखेटीरह्यो जस्तो लाग्छ । दिनहरु बितिरहे मेरो +२ सकिएको थियो थप पढ्न लाई त्यहाँ बाट अन्यत्र जानु पथ्र्यो तर रेडियो को माया ले चुम्बक ले फलाम तानेझै गरी तानेर राखेको थियो, एक दिन रेडियोमा नमज्जाको घटना घट्यो रेडियो बाट एकै पटक छ छ जना साथिहरु निस्कनु परेको दिन मेरो दिमागमा अझै पनी ताजै छ, महावीर विश्वकर्मा चितवन बाट अयोग्य प्रस्तोता भएर निस्कनु पर्या थियो म आफन्त नपरेर निस्कनु पर्यो मलाई अझै भर्खरै जस्तो लाग्छ त्यो दिन मैले जसिन्द्र नाम फेरी रेडियो बाटै सुनिने नाम हो रेडियो सुनिरहनु होला भनेर झोला भरी कार्यक्रम मा प्राप्त भएका चिठी बोकेर निस्केको ,सायद त्यहि वाक्यले अझै लखेट्दै छ जिन्दगीमा यस मानेमा चाहि महावीर विश्वकर्मा संग एउटै कहानी बोकेर हिडेको बटुवा हु भन्ने लाग्छ । यता तिर धेरै नजाउ होला म त यहाँ अरुनै बारे केहि लेख्न खोज्दै छु ।
केहि समय पछि काठमाण्डौ आए घर बाट बाटो लागे देखिनै मनमा एउटै कुरा थियो काठमाण्डौ पुगेपछि महावीर लाई भेट्ने,अन्ततः केहि दिन पछि भेट्ने कुरा पक्का भयो ।
२०७२ साल ३ महिना तिर हो क्यारे उहाँले जागरण मिडिया सेन्टरको अफिसमै सक्दो छिट्टो आउन भन्नुभयो काठमाण्डौको बारे लगभग अनबिज्ञ थिए, भने जस्ता मन मिल्ने साथि यता थिएनन् कस्लाई लिएर जाने बडो अल्योल भयो, बानेश्वर तिरै बस्ने एकजना गणेश नामको भान्जा लाई लिएर गए उनी मेरो दिदिको छोरा हुन हिन्दी र अग्रेजी फिल्म भने पछि हुरुक्क हुने बाटोमा आफुहरु भेट्न जान लाग्या मान्छेको बारे खुब प्रशंसा गरे तर उन्लाई के चासो होस र खास्सै मेरो कुरामा ध्यान नदिएझै लाग्यो।
उक्त ठाँउ खोज्न निक्कै समय लाग्यो प्रत्येक घर पसल सोध्दै जादा बल्ल तल्ल उक्त ठाँउ भेटियो, उहाँ हामिलाई गेटमै लिन आउनु भयो, छिर्के मिर्के बेसारे कलरको सट तल जिन्सको बेली पाईन्ट अफिसियल जुत्ता तमक्क को ज्यान छोटो माथी तिर लर्काएको कपाल झट्ट हेर्दै अफिसियल लाग्थो, भित्र प्रबेश गरि सकेपछि नमस्कार सर भने मैले,उसैगरी मुस्कुराए केहि कुरा हरु भए भेट्न पाउदा निक्कै खुशी रहेको र आफुले लामो समय यता भेट्न चाहेको हरेक कुरा बेलि बिस्तारमा सुनाए, गाँउ बाट उहाकै लागी भनेर चिटिक्क को डाली लिएर आएको थिए उक्त डाली दिदै गर्दा खुशी साथ गरल्याम्म अंगालो हालेको मलाई झलझली याद आउछ । त्यो समय पनी उहाँ खुब ब्यस्त हुनुहुन्थ्यो, छिनछिनमा फोन आउथ्यो , रिङ टोन बहकिने मनको जिङ्गल थियो केहि समय बज्न भ्याउथ्यो अनि फिस्स हासेर साईलेन्टमा राख्नुहुन्थ्यो !
फोन निरन्तर बजिरह्यो उहाँले लगभग आठ दश पटक पछि एउटा फोन अठाएर भन्नुभयो म पठाई हाल्छु सर एक छिन म बिशेष भेटघाटमा छु है भनेर फोन काट्नुभयो उहाँले म संगको भेटलाई बिशेष सम्झिदिएकोमा खुब खुशी लाग्यो मनमा । केहि समयको बसाई पछि निस्किदै गर्दा उहाँले हास्दै भन्नुभयो म सर सर केहि होईन यार हामि त दाई भाई जस्तै हौनी त यो सर शब्द चाहि आजै बाट नभनौ है , यो शब्दले झन मन छोयो अनी मैले नि निस्कदै गर्दा भने हाम्रो तिर भाई लाई तपाई भन्दैनन् दाई तिमी भन्छन भनेर उहाँ हास्दै ओके अब तिमी भन्नुभयो निस्कने बेला केहि फोटो हरु खिचेर निस्कियौ, साझ फोटो फेशबुकमा राखे धेरैले आश्चयता ब्यक्त गर्नु भयो त्यसपछि लगभग बेलाबखत कुरा हुदै गए त्यति बेला भने कार्यक्रम थाहाँ संञ्चार नेटवर्क बाट उत्पादन हुन्थ्यो, काठमाण्डौमा आएर पनी मैले बहकिने मन सुन्न कहिल्यै छुटाईन् अझै पनी नियमित श्रोता हु कहिले काहि कारणबस छुट्यो भनेनी पछिल्लो दिन यूट्युबमा सुन्छु । केहि समय पछाडि उहाँले प्रणय दिबसको दिन प्रेमका कुरा नामक एउटा कार्यक्रम आयोजना गर्नु भयो त्यहि अबसरमा भेट्न चाहेका ब्यक्तिहरु कुमार गुरुङ्ग दाई, शेन्चुरी सुरेश घमाल दाई, सबिता विश्वकर्मा दिदि, सुबिन भट्टराई सर लगायत का मान्छेहरु संग भेट हुने अबसर मिल्यो ,अहिले मैले गर्दै आएको प्रेम मय रेडियो कार्यक्रम मनको स्पर्श पनी लगभग बहकिने मनको दाजुभाई जस्तो लाग्छ मलाई, १लाख ४७ हजार ४ सय २२ मध्ये बहकिने मनको फेशबुक पेज लाईक गर्ने मान्छेमा म पनी पर्छु ,महावीर विश्वकर्मा असाधरण क्षमता भएको मान्छे हुनुहुन्छ, बहुआयामिक ब्यक्ति हो उहाँ, खास्सै मान्छे संग झट्टै घुलमिल हुन नरुचाउने उहाँ असल कार्यक्रम प्रस्तोता मात्र हैन एक कुशल नात्यक्रमि पनी हुनुहुन्छ हो यहि कारण म उहाँको प्रशंसक हो आज पनी मेरो मोबाईलमा सयौ भन्दा बढि बहकिने मनको रेकडेड कार्यक्रम हरु छन् । हो म यसकारण उहाँको प्रंशसक हो उहाँ समाजमा सबै मान्छे समान भएर बाच्न पाउनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ, उहाँलाई कसैलै कसैलाई कुुनै पनि किसिमको बिभेद गरेको रुचाउनु हुन्न, अली बौदिक किसिमको महावीरका लेखहरु झट्टै सबैले बुझ्दैनन् बुझ्ने हरु एकछिन भएनी सोच्न बाध्य हुन्छन्। मलाई साचिक्कै खुशी लाग्छ उहाँको भाई हु भन्दै गर्दा पछिल्लो समय उहाँले निरन्तर रुपमा ब्लग लेख्दै आउनुभएको छ , त्यसमध्ये उहाँले लेख्ने प्राय लेख हेर्दा सामान्य लाग्ने तर त्यस्ले पार्ने प्रभाव भने बडो गहिरो हुन्छ , त्यहि मध्येको केहि दिन अगाडि उहाँले एउटा ब्लग लेख्नु भएको छ ख्यालख्यालैमा बिभेद शिर्षकमा निक्कै मज्जा लाग्ने गरी र लेखको लास्तमा भन्नु भएको छ “मलाई थाहा छैन यो ब्लग कतिले पढ्नुहुन्छ। तर पढ्ने मध्ये तपाई एकजना मात्रै भएपनि अबको दिनमा यो विषयमा सचेत भईदिनुयो भने मैले यति लेख्नुको अर्थहुनेछ । ख्याल ख्यालमै बोलिएको भनेर कहाँ हुन्छ र साथी , गोली त गोली नै हो नी , मायाले हाने पनि मार्छ” यस्ता खाले लेखले झनै जिन्दगीमा उत्प्रेरणा थप्छ, मलाई पनि थाहा छैन यी शब्दहरु स्वयम् महावीर दाई आफै पनि पढ्नु हुन्छ वा पढ्नु हुने छैन फेरि नी म हिजो पनि उहाँको प्रशंसक थिए आज नि छु र भोली नि रहिरहने छु ।।

 

बुध, साउन २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

संस्मरण:- सम्झनामा डा. धनेश्वर भट्टराई सर!

मान्छेले कि राम्राे काम गर्ने मान्छेलाई कि नराम्राे काम गर्ने मान्छेलाई सदा सम्झिराकाे हुन्छ। अाज म यस्ताे ब्यक्तिकाे बारेमा लेख्दै छु, जाे हाम्राे मानस्पटलमा सदा रहिरहनु भाकाे छ। हाम्राे अादरणीय गुरु धनेश्वर भट्टराई सर। काभ्रेकाे श्रिखण्डपुर मा.वि मा पढ्दाका अनगिन्ती यादहरूछन् सर सँगकाे।२०४५ सालतिर हाेला...

मनिशा पौडेलको आत्मा कथा

एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै...

भैरबनाथमा दुखेको एक बर्ष

सैनिक पञ्जाबाट मुक्ति पछिको अवस्था म सैनिक पञ्जाबाट फुत्किएपछि काठमाण्डोमा छिपेर पार्टी सम्पर्क खोज्न थालें । यो कठिन काम थियो र सम्भव पनि भएन । डाक्टरकोमा गएर २ वर्ष अघिको यातनाका घाउ चोटहरुको खतहरु देखाएर पोस्टमार्टम गरें । यसकार्यमा वकिल टिकाराम पोखरेलले सहयोग गर्नुभयो र...

युएईको नेपाली सफल व्यवसायी

युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा...

कम्बोडियाः हिन्दु, बाैद्ध र खमेर भूमि

सियाम रिपको अन्तर्राष्ट्रिय विमानस्थलमा रातको ९ बजे म ओर्लदैंछु । कम्बोडियाले पनि नेपालीलाई अनअराइभल भिसा दिन्छ । अध्यागमनका कर्मचारीले मलाई खासै केरकार गरेरन् । एयरपोर्ट बाहिर निस्कँदा चहलपहल निकै कम छ । रात छिप्पदोँ छ । मैले एकजना टुर गाइडलाई इमेल लेखेको थिएँ । उसले...

कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

हुन त उनी आफू आफै पनि आफ्नोको मात्र मान्छे होइन । घरपरिवार, समाज र देशभरका सबैको मान्छे । जन्मजातै कम्युनिष्ट । दुःखी, गरिब र सर्वहाराको मान्छे । दुःखीको दुःख र गरिबको गरिबी हटाउने संकल्प । धनसम्पत्ति, सुखसयल, मोजमस्तीभन्दा माथि उठ्नुपर्छ भन्ने आदर्श । कहिले झुपडीमा बसेर...