संस्कृति/धर्म

मूर्तिकला सम्बन्धित लेखहरु


ललितकलाको विभिन्न विधा मध्ये मूर्तिकला एक विधा हो । मूर्तिकला शिल्पकलाको त्यो रुप हो, जुनमा तेस्रो आयाम हुन्छ । मूर्तिकला दरो कुराहरुबाट बनेको हुन्छ । जस्तै ढुंगा, माटो, धातुहरु आदिबाट बनेको हुन्छ ।

अरनिको उपनाम बलबाहूआनिक आदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।

युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको । उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विस्व प्रसिद्द भए । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए । वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए। उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ। यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए । चीनमा उनलाई क्वान्ह्यु नाइफ र ‘नासथु’ उपाधी दिइएको थियो । चीनमा बादशाहले उनलाई ‘साङ्नु’ भन्ने दर्जा पनि दिइएको थिए ।

उनले आफ्नो जीवनकालमा तामा, पित्तल र जस्ता आदि धातुबाट मिश्रीतधात बनाउने, ती धातु मिश्रीत हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूर्णज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ।

ज्योतिष विज्ञान पनि निपुण अरनिकोले सन् १२१९मा एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिषगणितमा प्रयोग हुने यन्त्रसमेत निर्माण गरेका थिए। यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमूनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए। त्यस्तै अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका थिए। उनको जन्म संभवतः पाटनमा सन् १२०० सयको तेस्रो या चौथो दशकतिर भएको अनुमान छ। उनको मृत्यु सन् १३०६मा पहिलो महिनामा पेकिङमा भएको थियो।

नेपालका मूर्तिकारहरूले अन्तर्राष्ट्रिय इज्जतसँगै प्रशस्त दाम पनि कमाइरहेका छन् ।

तस्बिरहरूः ऋषिराम कट्टेल
धनु याख्खा ।

१६ वर्ष अगाडि बागलुङका ओम खत्री (४०)ले ललितकला क्याम्पसमा नाम लेखाउँदा मूर्तिकला पढेर नेपालमा यति धेरै गर्न सकिएला जस्तो लागेको थिएन । पढाइको क्रममा दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर गरेका खत्री अहिले एउटै मूर्तिबाट रु.१० लाखसम्म लिन्छन् । उनी भन्छन्, “कमाइकै कुरा गर्दा पनि सोचेभन्दा धेरै राम्रो भएको छ ।”आधुनिक मूर्तिकलामा आफ्नै पहिचान बनाएका विश्वविद्यालय ‘टपर’ खत्री अहिले पढाउन छाडेर मूर्ति सिर्जनामै तल्लीन छन् । ललितकला क्याम्पस, सिर्जना कलेज अफ फाइन आर्टस् र काठमाडौं युनिभर्सिटीमा तीन वर्ष पढाएका उनी मूर्ति बनाउनकै लागि जापान, स्वीट्जरल्याण्ड, कोरिया, भारत, मेक्सिको, श्रीलङ्का पुगेका छन् । नेपालमा शुक्रराज शास्त्रीदेखि सिद्धिचरण श्रेष्ठसम्म र चीनको बेइजिङस्थित कलाकार अरनिको विशाल मूर्ति पनि खत्रीकै सिर्जना हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख खत्री भन्छन्, “मैले व्यावसायिक हिसाबले मूर्ति बनाउन थालेको डेढ दशक भयो, एक वर्ष जागिर खाँदा आउने पैसा म एकै सातामा कमाउँछु ।”

मूर्ति बनाएरै अन्तर्राष्ट्रिय ख्याति र पैसा कमाउने खत्री जस्ता नेपाली कलाकार निकै छन् । धर्मराज शाक्य (३७) एउटा यस्तै नाम हो, जसले चित्रकलामा स्नातक तथा संस्कृतिमा स्नातकोत्तर गरे पनि परम्परागत मूर्तिकलामा कहलिएका छन् । पुख्र्यौली पेशालाई निरन्तरता दिने क्रममा सिद्धहस्त मूर्तिकार बनेका उनका तीनभाइ पनि यसै क्षेत्रमा छन् । देवदेवी, चैत्य, गुम्बादेखि शहीद र नेताका बेहिसाब मूर्ति बनाएका छन्, धर्मराजले । केही समयअघि मात्र उनले रु.४० लाखमा एक जना भारतीय महाराजको मूर्ति बनाए ।

धर्मराज शाक्य ।

शाक्यको पाषाण मूर्तिहरूको मुख्य बजार चाहिँ तिब्बत, भुटान, भारत, जापान, युरोप र अमेरिका हो । पाटन औद्योगिक क्षेत्रस्थित उनको अरनिको स्टोन कार्भिङमा अहिले मूर्तिकार र कामदार गरी ४० जना रोजगार छन् । नेपाल हस्तकला उद्योग महासंघका उपाध्यक्ष समेत रहेका शाक्य एयरकार्गोबाट मात्र करिब रु.१ अर्ब बराबरको परम्परागत मूर्तिहरू विदेश जाने गरेको बताउँछन् । परम्परागत नेपाली मूर्तिकला लोप हुन लागेकाले यसमा सरकारले चासो दिनुपर्ने बताउँदै उनी भन्छन्, “नेपालका राम्रा र धैर्यवान मूर्तिकारले कमाइका लागि चिन्तित हुनुपर्ने अवस्था छैन ।”मोरङका धनु याख्खा (३४) अर्का त्यस्ता नेपाली कलाकार हुन् जो छोटो अवधिमै चित्र र मूर्ति दुवै कलामा स्थापित भए । हालै काठमाडौं, रत्नपार्कमा स्थापित गणेशमान सिंहको सालिक उनैको सिर्जना हो । छायाँदेवी पराजुलीको सालिक सुनसरीको इनरुवामा राखिँदैछ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ समेत रहेका ललितकला क्याम्पसका स्नातकोत्तर याख्खा एउटा मूर्तिको रु.७ लाखदेखि रु.१५ लाखसम्म लिन्छन् । पछिल्लो समयमा नेपाली मूर्तिकलाको व्यावसायिकता बढेको उनको धारणा छ ।

पढाइमा सामान्य लेखपढ मात्र भए पनि पाटन, ठप्पाहिटीका कालु अवाले (७७) मूर्तिमा क्रोधकलाका पर्याय मानिन्छन् । उनी नेपालमा मात्र होइन, जर्मनी, सिङ्गापुर, ताइवान, फ्रान्स, अमेरिका, थाइल्याण्ड, कोरिया, भुटान, भारत, इन्डोनेशिया लगायतका मुलुकमा ख्याति कमाएका नेपाली मूर्तिकार हुन् । खान–लाउन धौ–धौ पर्ने किसान परिवारबाट आएका उनलाई यही कलाले सम्पन्न बनाएको छ । रु.१ करोडसम्मको मूर्ति बनाएका उनले हात्तीवनमा कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्ट खोलेर नेपाली मूर्तिकलालाई संस्थागत रूपमा अगाडि बढाइरहेका छन् । छोरा राकेश अवालेको साथ पाएका उनले ४७ जनालाई रोजगारी समेत दिएका छन् ।

कालु अवाले ।

अहिले पुराना र स्थापित मात्र होइन, नयाँ विद्यार्थीहरू पनि पढाइसँगै मूर्तिकलाबाट राम्रो आयआर्जन गरिरहेका छन् । जस्तो, ललितकला क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थी नरेन्द्रप्रसाद भण्डारी (३५)ले मनमोहन अधिकारीदेखि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा, एडमण्ड हिलारी अनि बोरिस यल्तसिनसम्मका सालिक बनाएर राम्रै रकम कमाए । एकल प्रदर्शनीको तयारीमा रहेका उनी भन्छन्, “हामीलाई भाग्यमानी पुस्ता भन्नुपर्छ, सिर्जना गर्न सक्दा नाम र दाम दुवै पाउने अवस्था छ ।”परम्परागत मूर्तिकलाबाट विश्वमै परिचित नेपालले आधुनिक मूर्तिकलाबाट समेत परिचय बनाउँदै गएको उल्लिखित कलाकार र उनीहरूको भनाइबाट प्रस्ट हुन्छ । परम्परागत नेपाली मूर्तिकलाको भिन्नै महŒव र मूल्य छ । तर, प्रतिभा भएका आधुनिक मूर्तिकारहरूले पनि मासिक लाखौं आम्दानी गर्ने वातावरण बनेको ओम खत्री बताउँछन् । आधुनिक नेपाली मूर्तिकलाका अग्रज ठाकुरप्रसाद मैनाली नेपाली मूर्तिकलाले अतुलनीय रूपमा व्यावसायिक फड्को मारेको बताउँछन् । साढे पाँच दशक मूर्तिकलामै बिताएका उनी भन्छन्, “नयाँ कलाकारहरूको आगमन पनि उत्साहजनक छ ।”

समकालीन नेपाली मूर्तिकलामा प्रमिला गिरी, रवीन्द्र ज्यापु, डा. लय मैनाली, गोपाल कलाप्रेमी, रामकृष्ण भण्डारी, बालकृष्ण तुलाधर, सुदर्शन विक्रम राणा, पृथ्वी नारायण श्रेष्ठ, लक्ष्मण भुजेल, विजय महर्जन, शारदामान श्रेष्ठ, भुवन थापा, पुष्पाञ्जली शेरचन आदि चर्चित नाम हुन् ।

परम्परागत मूर्तिकलामा चन्द्रश्याम डंगोल, ३६, को ज्ञान न त पुख्र्यौली हो, न कहीँबाट औपचारकि रूपमै लिएका हुन्। यस हिसाबले ढुंगा र मूर्तिसँग उनको सम्बन्ध सालाखाला २२ वर्षको मात्र हो। तर, पुर्खादेखि यही काममा लाग्दै आएकाहरूले नआँटेका र परम्परागत मूर्तिकलाको जगेर्ना र विस्तारका लागि नगरेका काम गरेर उनले सुनाम बनाएका छन्।

एकपटक बाराको जंगलमा प्रतिष्ठापनका लागि तपस्वी रामबहादुर बमजनले १८ फिटको बुद्धको मूर्ति अर्डर दिएछन्। तर, काम साढे दुई महिनाभित्रै सिध्याउनुपर्ने। मूर्तिकारहरू उसै त व्यस्त मानिन्छन्, त्यसमाथि यति थोरै समयमा त्यति जटिल कामको जिम्मा कसले लिने ? अघि सरे चन्द्रश्याम। १०-१२ जना कालिगढ साथ लिएर दिनकै १२ घन्टाभन्दा बढी खटे उनी। नभन्दै तीन महिनामै त्यति ठूलो मूर्ति तयार भयो। ‘तीन महिनामा सक्न गाह्रै छ’ भन्दै सुरुमा खिसीटिउरी गर्नेहरू पनि हेरेको हेर्‍यै भए। उनको क्षमता बुझेरै होला, काठमाडौँको जलविनायकको मञ्जुश्री पार्कका लागि ३३ फिटको मञ्जुश्रीको मूर्ति बनाउने जिम्मा पनि उनैले पाएका छन्। काम कति संवेदनशील भने ढुंगा मात्र २५ देखि ३० लाखको लाग्ने रहेछ, मूर्तिका लागि। अबको दुई-तीन वर्षभित्र मूर्ति बनाइसक्ने उनको अठोट छ।

सबैभन्दा महत्त्वपूर्ण काम के भने उनी परम्परागत मूर्तिकलाका माध्यमले नेपाललाई चीनसँग जोड्न लागिपरेका छन्। चार वर्षभन्दा बढी समय उनले चीनका कलाप्रेमीमाझ नेपाली परम्परागत मूर्तिकलाका बारे बुझाउन खर्चिसकेका छन्। चीनकै सुजउ आर्ट एन्ड डिजाइन टेक्नोलोजी इन्स्टिच्युटमा एकल प्रदर्शनीसमेत गरसिकेका छन्। चन्द्रश्यामको खोकना स्टोन कार्भिङबाट मात्रै वाषिर्क ३० लाखजतिको मूर्तिकला चीन जाने रहेछ। उनकै भनाइमा चीनमा नेपाली परम्परागत मूर्तिकलाको माग धेरै छ। अझ अरनिकोसँगको सम्बन्धका कारण चिनियाँहरू नेपाली कलाकारलाई निकै सम्मानका साथ हेर्दा रहेछन्। चन्द्रश्याम सुनाउँछन्, “हामीलाई त अरनिकोले मूर्तिकला सिकाएका हुन्, तपाईंहरू त अरनिकोकै अवतार हो भन्दै सम्मान दर्साउँछन्।”

चीनमा नेपाली मूर्तिकलाको बजार विस्तारमा मात्र होइन, त्यहाँ नेपाली कलाकारलाई काम गर्ने वातावरण बनाउनसमेत उनी मिहिनेत गररिहेका छन्। जुन लक्ष्यका साथ उनले चिनियाँ कलाप्रेमीमाझ काम र सम्बन्ध विस्तार गररिहेका छन्, त्यसले अहिले गति लिएको छ। भन्छन्, “अबको पाँच वर्षभित्र दुई-तीन सय नेपाली कलाकार कम्तीमा पनि मासिक ५० देखि ७० हजार रुपियाँ कमाउने गरी चीनमा काम गररिहेका हुनेछन्।” उसो त उनी बेलाबेला चीनका कलाकारहरूलाई नेपाली परम्परागत मूर्तिकलाका विषयमा कक्षा पनि लिँदा रहेछन्। बेइजिङ युनिभर्सिटीमा पढाउन प्रस्तावसमेत आएको रहेछ उनलाई। भन्छन्, “समय मिलाउन सकिएको छैन, नेपाल र चीनलाई जोड्ने महत्त्वाकांक्षी योजनाले मूर्त रूप लिएपछि पढाउने विषयमा सोच्नेछु।”

परम्परागत मूर्तिकलालाई औपचारकि शिक्षाका रूपमा अहिलेसम्म स्थान नदिइएकाले पनि कला र कलाकार दुवै पिल्सिनुपरेको उनी ठान्छन्। मूर्तिकलाका स्नातकोत्तर चन्द्रश्याम पाठ्यक्रममा नेपाली परम्परागत कलाका विषयमा उल्लेख भए पनि पढाउने शिक्षक नै नभेटिने दुःखलाग्दो अवस्था रहेको सुनाउँछन्। लाजिम्पाटको सिर्जना कलेज अफ फाइन आट्र्सका शिक्षक चन्द्रश्याम स्नातकदेखि नै परम्परागत मूर्तिकलाका विषयमा पढाइनुपर्छ भनेर लागिपरेका छन्। तर, स्नातक प्रथम वर्ष र दोस्रो वर्षका पाठ्यक्रम बनाएर बुझाएको वर्षदिनभन्दा बढी भए पनि कक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले कुनै चासो नदेखाएको उनको गुनासो छ।

मूर्तिकलाबाट चन्द्रश्यामले पैसा त कमाएकै छन्, त्यसभन्दा बढी आत्मसन्तुष्टि पाएका छन्। मूर्तिकलाकै कमाइले काठमाडौँको भैँसेपाटीमा घर जोडेका छन्। खान-लगाउन र परविारको भविष्यको चिन्ता पनि छैन। तर, परम्परागत नेपाली मूर्तिकलाको भविष्यप्रति भने उनी निकै चिन्तित देखिन्छन्। भन्छन्, “लगनका साथ समय लगाएर अग्रजहरूबाट सिक्नेभन्दा पनि सतही काम गरेर छिटोछिटो पैसा कमाउने ध्याउन्न पछिल्लो पुस्तामा देखिन्छ। यस्तै अवस्था रहे यसको भविष्य कसरी सुनिश्चित होला ?”

२९ असार, २०७५ काठमाडौं । नेपाली समसामयिक मूर्तिकलाको पछिल्लो अवस्थालाई नियाल्ने कलाकार तथा कला समीक्षक मुकेश मल्लद्वारा लिखित ‘नेपाली समसामयिक मूर्तिकलाको ऐतिहासिक रूपरेखा’ पुस्तक बजारमा आएको छ । बिहीबार नेपाल आर्ट काउन्सिलमा एक कार्यक्रमका बीच प्रा.डा. अभि सुवेदीले उक्त पुस्तकको विमोचन गर्दै नेपाली मूर्तिकलालाई बुझ्ने आँखिझ्यालको रुपमा कृति आएको बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागले प्रकाशन गरेको यस पुस्तकका बारेमा सुवेदीले भने, ‘नेपाली आधुनिक मूर्तिकलाको चिरफार गर्दै पुराना र नयाँ पुस्तालाई लेखकले जोडेका छन् ।’ मूर्तिकलाका समसामयिक परिवेश र इतिहास बुझ्नलाई पुस्तक निकै उपयोगी रहेको धारणा उनले राखे । नेपाली समसामयिक मूर्तिकलाको इतिहाससहित प्रकाशन भएको यस पुस्तकले नेपाली मूर्तिकला र मूर्तिकारका बारेमा बुझ्न सघाउ पु¥याउनेमा जोड दिँदै उनले थपे, ‘नेपालमा कलाका बारेमा लेखिएका त्यत्ति पुस्तक छैनन् । यसले मूर्तिकलाको नेपाली सन्दर्भलाई बुझ्न समेत मद्दत गर्दछ ।’ प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले पुस्तकले नेपाली मूर्तिकलाको समकालीन समयलाई चिन्न र बुझ्न मद्दत पुग्ने धारणा राखिन् । प्रतिष्ठानका पूर्वउपकुलपति एवं मूर्तिकार ठाकुरप्रसाद मैनालीले नेपाली आधुनिक मूर्तिकलाका विषयमा पुस्तकले बहस अगाडि ल्याएको धारणा राखे । कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले नेपालमा कलाको इतिहासलाई अभिलेखिकरण गर्ने प्रचलन अति नै कम भइरहेको बेला पुस्तक प्रकाशन हुनु निकै ठूलो विषय भएको बताए । उनले भने, ‘नेपालीका कलाका विषयमा यस्ता दर्जनौं पुस्तक लेखिनु पर्छ ।’ पुस्तकका लेखक मुकेशले पुस्तकमा नेपाली समसामयिक मूर्तिकलाको रुपरेखालाई केलाउने प्रयत्न गरिएको बताए । उनले भने, ‘पुस्तकमा नेपाली मूर्तिकलाको प्राचीन, माध्यमिक, आधुनिक अनि समसामयिक कालखण्ड छुट्याइ त्यसका प्रवृत्ति र विषयमाथि चर्चा गरिएको छ ।’ नेपाली समसामयिक मूर्तिकलाको सोलोसोडो ऐतिहासिक रुपरेखा पुस्तकमा केलाउने काम गरेको उनले बताए ।  प्रतिष्ठानका मूर्तिकला विभागीय प्रमुख धनबहादुर याखाले नेपाली समसामयिक मूर्तिकला र मूर्तिकारका बारेमा लेखकले पुस्तकमार्फत अभिव्यक्त गरेको बताए । उनले भने, ‘नेपाली मूर्तिकलाको सुरुवात्, विकास, शैलीगत विशेषता, विषयवस्तुका साथै यसका माध्यम, उपलब्धि र प्रविधिको विगत र वर्तमान अवस्थाका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ ।’

Read more at: http://www.samachardainik.com/news-details/1466/2018-07-13

विश्वको ठूलो भैरवको मखुन्डो बनाइँदै

काठमाडौँ, माघ १३ गते । अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन लाग्नुभएको छ ।

नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५औँ शङ्ृखलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताउनुभयो ।“त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने छ” उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिन सकेको बताउँदै उहाँले भन्नुभयो – “नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको छ । हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ ।” उहाँले नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकालदेखि नै आर्थिक विकासमा योगदान दिएको बताउनुभयो ।

परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै यस क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ । अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरुको सङ्ख्या बढ्दै गएको छ । यसले सबैमा यसको पहुँच पु¥याउन सहयोग गरेको र आर्थिक विकासमा समेत मद्दत पु¥याएको छ ।

राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । “अहिले पनि कलाकारलाई अर्डर बमोजिम काम गर्न भ्याइनभ्याई छ । राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याएमा नयाँ पुस्ताको आकर्षण र रोजगारी अझै बढ्छ”, शाक्यले भन्नुभयोे ।

“नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको छ । नेपाली कलाकारको माग लिच्छविकालदेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको थियो, जुन आजसम्म कायम छ”, शाक्यले भन्नुभयो । नेपाली कला परम्परामा धातुको पातामा सिधै मूर्ति बनाउने मूर्तिकारको छवि बनाउनुभएका शाक्यले भुटानमा एक सय २५ फिट अग्लो मूर्ति निर्माण गर्नुभएको छ । उहाँले नेपालका विभिन्न गुम्बा, स्तूप र मन्दिरमा आफ्नो कलाकृति बनाइसक्नुभएको छ भने भारतलगायत विश्वका विभिन्न स्थानमा आफ्ना सिर्जना पु¥याइसक्नुभएको छ ।

समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उहाँले जोड दिनुभयो । कलाकारले बनाउने कलाले समाजका मानिसमा सकारात्मक प्रभाव पार्नेसमेत उहाँले बताउनुभयो ।

नेपाली परम्परागत कलाको विकासका साथै यसमा कलाकारको क्षमता अभिवृद्धिका विविध कार्यक्रम गर्ने उद्देश्यसहित स्थापित सुमेरु कलाग्रामका अध्यक्ष शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरिसक्नुभएको छ । “संस्थागत रुपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालीगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारलाई न्यायोचित स्थान दिनका लागि सुमेरुले काम गरिरहेको छ” – उहाँले भन्नुभयो ।

लिच्छविकाल, मल्लकालमै प्रगतिको चरममा पुगिसकेको नेपाली मूर्तिकलालाई पुनःजागृत गर्दै नेपाली कला विश्व सामु चिनाउने लक्ष्यका साथ नेपाली कलाकारले काम गरेको शाक्यले बताउनुभयो । नेपाली परम्परागत कला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको र त्यसले नेपाली मौलिक कलालाई बचाउन सकिएको बताउँदै शाक्यले भन्नुभयो – “बाबु बाजेबाट सिक्दै यहाँसम्म नेपाली कला आएको यसलाई अझ प्रभावकारी रुपमा विकास गर्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने अवस्था आएको छ ।”

कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गर्नुभएको थियो भने पत्रकार, कलाकार र कला अनुरागीले शाक्यसँग नेपाली परम्परागत कलाका बारेमा जिज्ञासा राख्नुभएको थियो । रासस

काठमाडौं- चित्रकला ह¬न वा मूर्तिकला। नेपालका कला संस्कृति नयाँ प¬स्तामाझ जीवित राख्न सक्ने माध्यम हो। नेपालको ऐतिहासिकतासँगै बदलिँदो संास्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो। मठमन्दिर, ट¬ँडालमा छरिएका कला ह¬न वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु ने किन नहोस्।

तिनले नेपाली समाजलाई आम जनमानसमा परिचित गर्नेमात्र होइन अन्तर्राष्ट्रिय समुदायमाझ चिनिने सशक्त माध्यम पनि हो। यस्ता चित्रकला र मूर्तिकला प्रस्फ¬टन गर्ने कलाकारहरुको आकर्षण दिनप्रतिदिन बढिरहेकै छ। तर उनीहरुले निर्माण गरेका कलाका धरोहर जोगाउन भने म¬स्किल बनेको छ।

 मूर्तिकार रामकृष्ण भण्डारीले बनाएका मूर्तिहरु उनको घरमै अलपत्र छन्। ‘तीनसय जति छ,’ उनले भने, ‘क¬नै घरबाटै बिक्री ह¬न्छन्, नभएकाहरु त्यसै अलपत्र बस्छन्।’ चारपल्टसम्म एकल चित्रकला गर्न सफल कलाकार ह¬न् भण्डारी। पहिले बनाउन गाह्रो, त्यसपछि ढ¬वानीको समस्या अनि बिक्री गर्ने समस्या, अन्त्यमा नबिकेका मूर्ति संरक्षण गर्ने समस्या रहेको उनी बताउँछन्।

यस्ता मूर्तिहरु राज्यले नगर सजावटमा प्रयोग गरेर पर्यटक लोभ्याउने वातावरण बनाउन सकिने भए पनि बेवास्ता गरिएको आरोप उनको छ। कृष्णलाल, पुष्पलाल र गंगालाल श्रेष्ठ तीन दाज¬भाइको मूर्ति उनको रामेछाप मन्थलीमा छ। बुद्धको ध्यान मूर्ति बुटवलमा छ। संग्रहालय बनाइदिएर सरकारले बिक्री भए वापत केही प्रतिशत दिए पनि कलाकार ख¬सी ह¬ने उनी औंल्याउँछन्।

उनले भनेझैं कला समीक्षक मुकेश मल्ल कलाको बदलिँदो प्रवृत्तिको अध्ययनका लागि पनि त्यस्ता चित्र र मूर्ति संग्रहित गरिनुपर्नेमा जोड दिन्छन्। तत्कालीन राजा वीरेन्द्रका पालामा राजा आफैंले मूर्ति व्यवस्थापनको प्रयास गरेका उदाहरण उनी दिन्छन्। तर त्यसपछि कसैले पनि चित्र र मूर्तिहरुको व्यवस्थापनमा ध्यान नदिएको दाबी मल्ल गर्छन्। साँच्चै नै त्यतिबेला राजधानीमा सडक र चोकमा राखिएका मूर्तिहरु अझै पनि हेर्नलायक छन्।

‘२० वर्षअघि बंगलादेश जाँदा एउटा कलाकारको परिचयसहितको सानो प्रर्चा र प्रदर्शनी हेरेको थिएँ,’ उनले भने, ‘अर्को २० वर्षपछि जाँदा त्यही कलाकारको परिचयको ठूलो किताब निस्किएछ।’ उनले बनाएका मूर्तिहरु बजार, पसल, चोकमा सजिसजाउ रहेको पाइएको थियो।

नेपालमा भने कला क्षेत्रमा लाग्नेहरुले आफ्नै मेहनतले जति सकिन्छ टिक्ने, नसके पलायन ह¬नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्। संरक्षण नगरेकै कारण मूर्तिकार चन्द्रमान मास्केको क¬नै मूर्ति नै छैन। मूर्तिकार ठाक¬रप्रसाद मैनाली वृद्धावस्थामा छन्। उनले बनाएका केही मूर्ति तत्कालीन राजा वीरेन्द्रले अहिलेको नेपाल एयरलायन्सको कार्यालय स¬न्धारा, नक्साल टेलिकमको अगाडि र कीर्तिपुर त्रिविको बगैंचामा राख्न लगाएका थिए।

कला र संस्कृतिको संरक्षण गर्न बनेको प्रज्ञा प्रतिष्ठानमा राजनीतिक खिचातानी हावी भएकैले पनि कलाकारका कलाहरु अलपत्र परेको दाबी कलाकर्मीहरु गर्छन्।

‘चित्र बनाउन निकै मेहनत लाग्छ,’ चित्रकार ज्योतिप्रकाश बिके भन्छन्, ‘तर बनिसकेपछि थन्काउन झन् मेहनत र खर्च लाग्छ।’ बनाउँदा पनि कलाकारकै खर्च, प्रदर्शन गर्दा पनि कलाकारकै खर्च र अन्त्यमा थन्काउँदा पनि कलाकारकै खर्च हँुदा कमाउने भन्दा दोब्बर खर्च कलाका लागि खर्चनुपर्ने बाध्यता उनी सुनाउँछन्। उनको केही समयअघि नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी गरिएका थिए। जहाँ केही चित्र बिक्री भए पनि अरु सबै घरमै थन्किएका छन्।

हालै भएको राष्ट्रव्यापी चित्र तथा मूर्तिकला प्रदर्शनीमा देशभरका कलाकारका कलाहरु नेपाल कला परिषदमा ल्याइएका थिए। सिकारुदेखि मुर्धन्य कलाकारसम्मका कलाहरु प्रदर्शनीमा थिए। कतिपय कलाहरुले प¬रस्कार जिते। कतिपयको कला बिक्री भयो।

तर बाँकी कलाकृति लैजानेबेला कलाकारको आफै धेरै खर्च भएको गुनासो कलाकारले गरे। समाजका लागि, समुदायको संस्कार प्रवर्द्धन गर्नका लागि र राष्ट्रको चिनारीका लागि काम गरे पनि सरकारी तहबाट प्रोत्साहन दिन क¬नै प्रयास नगरिएको द¬खेसो उनीहरुको छ।

कला अध्ययनले भर्खरै शिशुपाइला सारिरहेको बताउने समीक्षक रमेश खनाल यसको सम्वर्द्धनका लागि प्रज्ञा प्रतिष्ठान नै एकमात्र आशाको केन्द्र रहेको उल्लेख गर्छन्। ‘नयाँ विद्यार्थीलाई यो क्षेत्रमा भविष्य छ भनेर विश्वास दिलाउन पनि सही पहल जरुरी रहेको छ,’ उनी भन्छन्, ‘नत्र अहिलेका कलाकारको बिजोग देखेर नयाँमा यस क्षेत्रमा आउने आकांक्षा घट्नसक्छ।’

उनीजस्तै कला समीक्षक मदन चित्रकार पदमा पुगेकाले गर्नुपर्ने दायित्व पूरा नगरेकैले कलाको ऐतिहासिक दस्ताबेज गुमनाम बन्न पुगेको स्विकार्छन्।

‘भूकम्पपछि त झन् ऐतिहासिक सम्पदामा चित्रित पुराना कला हराउने होडमा पुगेको छ,’ उनले थपे। कतिपय पुराताŒिवक महŒवका कला निजी तवरबाट संरक्षणको प्रयास हुँदा समेत सरकारी निकायले नै बाधा खडा गर्ने गरेको उनको भनाइ थियो।

सरकारले कलाकारिताको संरक्षण र सम्वर्द्धनकै लागि ललितकला प्रज्ञा प्रतिष्ठान छ¬ट्टै गठन गरेको छ। जसको क¬लपति रागिनी उपाध्यााय ह¬न्। गत वर्षको महाभूकम्प पछि प्रतिष्ठान आफैं अलपत्र परेको दाबी यसका पदाधिकारीहरु गर्छन्।

‘बसेको घर भत्किएपछि पालमा कार्यालय चलाएका छौं,’ प्राज्ञ नारदमणि हार्तम्छालीले भने, ‘बनाएका योजना त्यसै अलपत्र छन्।’ कला र कलाकारका लागि बनाइएको योजना थाती राखेर अहिले प्रतिष्ठानकै घर बनाउने पहल भइरहेको उनले जानकारी दिए।

कलाकृति संरक्षणका लागि दीर्घकालिन योजना रहेको दावी अर्का प्राज्ञ नवराज भट्ट गर्छन्। संग्रहालय बनाउने त्यसमा संरक्षण गर्ने र बिक्रीको व्यवस्था मिलाएर कलाकारलाई रोयल्टी दिनेसम्मको योजना उनले सुनाए।

तर उनीहरुले भनेबमोजिम कामको थालनी भने भएका छैनन्। यतिसम्म कि कलाकारका बारेमा कसैले जान्न खोजे, कति मूर्तिकार र चित्रकारहरु नेपालमा छन् भन्ने बारेको तथ्यांक प्रतिष्ठासँग छैन।

गफगाफ गर्दै मन भुलाउन उनी पाटनका मूर्ति पसलहरु चहार्छन् । त्यसक्रममा भेटिने अन्य व्यवसायीमा पनि चर्को निराशा छ । किनभने, कुँदिएका मूर्ति बिक्री हुनै छाडेका छन् ।

तीन वर्ष अघिसम्म सबै ठीकठाक थियो । मूर्ति कुँद्न भ्याइनभ्याइ हुन्थ्यो, उनीहरुलाई । त्यसरी कुँदिएका मूर्ति चीन निर्यात हुन्थे । चिनियाँहरुको माग नेपाली व्यवसायीको क्षमताभन्दा बढी हुन्थ्यो ।

शाक्य भन्छन्, ‘एउटा ठूलो मूर्ति बनाउन ६ महिना लाग्छ । चिनियाँहरुले एक महिनामै ६ वटा मूर्ति पठाऊ भन्थे ।’

आठ वर्षको उमेरदेखि नै मूर्ति कुँद्न थालेका शाक्यले व्यवसायमा दोस्रो विश्वयुद्धयता पहिलो पटक गिरावट महशुस गरेका छन् । त्यतिबेला युद्ध सकिएपछि व्यवसायमा सुधार आएको थियो ।

हजुरबालाई सघाउँदा सघाउँदै उनी पनि मूर्ति कुँद्ने बने । पछि त त्यो आदतकै रुपमा प्रकट भयो ।

मूर्तिको माग नै नभएको अहिले पनि उनका हात चल्मलाउँछन् । उनलाई त्यसको विकल्प सुझेको छ, तयार भइसकेका मूर्तिमा बुट्टा भर्ने । बुट्टा भरेरै दिन कटाउँछन्, उनी आजकाल ।

नेपालमा उत्पादित मूर्तिहरुको मूख्य बजार चीन हो । त्यसपछि युरोपेली मुलुक, म्यानमार, जापान र भुटान निर्यात हुन्छन् ।

आर्थिक वर्ष ०७३/७४ मा नेपालबाट ४६ करोड रुपैयाँका मूर्ति निर्यात भएका थिए । त्यसमध्ये ३६ करोडका मूर्ति चीन पुगेका थिए ।

 व्यवसायीले टासी नामका चिनियाँलाई बिनाबिल सामान जिम्मा लगाए, कर छल्ने उद्देश्यले गरेको कारोबारले टाट पल्टायो

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अनुसार आव ०७२/७३ मा ५१ करोडका मूर्ति निर्यात भएका थिए । उक्त तथ्यांकले दुई वर्षयता नेपाली मूर्ति निर्यातमा कमि आएको देखाउँछ ।

विनासकारी भूकम्पयता तातोपानी नाका बन्द छ । उक्त नाका सञ्चालनका लागि चीन सरकारले चासो दिएको छैन । नेपाली मूर्ति व्यवसायमा गिरावट आउनुको एक कारण हो यो ।

त्यसअघि तिब्बती व्यापारीहरु काठमाडौं मूर्ति खरिद गर्थे । र, तातोपानी नाकामा ‘सेटिङ’ मिलाएर चिनियाँ भूमिमा पुर्‍याउँथे ।

भन्सार महशुल बझाउनु नपर्दा चीनमा उत्पादितभन्दा नेपाली मूर्तिको दाम सस्तो पर्न जान्थ्यो । सोही कारण चिनियाँ व्यापारीले नेपालबाट आयात गर्थे ।

तातोपानी नाका बन्द भएसँगै चिनियाँ व्यापारीको नेपाल प्रवेश र नाकामा मिलाइने सेटिङ पनि बन्द हुन पुग्यो ।

अशोका हेन्डिक्राफ्टका सञ्चालक निरञ्जन शाक्यका अनुसार केही व्यापारी रसुवागढी नाका हुुँदै गत वर्षसम्म पनि नेपाल आइरहेका थिए । रसुवामा भने सेटिङ मिलाउन सहज नभएको र भन्सार महशुल तिर्नुपर्दा नेपाली मूर्ति महँगो हुन थाले ।

सोही कारण चीनमा उत्पादितभन्दा नेपाली मूर्ति महँगो पर्न थाले । र, उताका व्यापारीको काठमाडौं आउजाउ पातलियो ।

 भूकम्पपछि तातोपानी नाका बन्द हुनु पनि नेपाली मूर्ति व्यवसाय सुस्त हुनुको एक कारण हो

टाट पल्टिने अवस्था आएपछि केही मूर्तिकारले व्यवसाय परिवर्तन गरिसकेका छन् । केहीका लागि भने यो ‘निल्नु न ओकल्नु’झैं भएको छ ।

पाटन बालिफलका व्यवसायी सानु महर्जनले होराइजन ह्यान्डिक्राफ्ट सञ्चालन गरेको पाँच वर्ष बित्यो । यस वर्षजस्तो गिरावट कहिल्यै देखेका थिएनन् ।

महर्जन भन्छन्, ‘पसलभरि मूर्ति छन्, खरिद गर्ने कोही आउँदैन । व्यापारी आउने आशामा बसेको महिनौं बित्यो ।’ पसलको भाडा तिर्न धौधौ परेको उनी बताउँछन् ।

कामदारका रुपमा मूर्ति कुँद्न थालेका उनले चार वर्षपछि आफ्नै व्यवसाय थालेका थिए । र, पाँच वर्षअघि होराइजन ह्यान्डिक्राफ्ट सञ्चालनमा ल्याएका थिए ।

व्यवसायमा संकटका कारण उनको प्रगतिको ढोका बन्द भएको छ । भन्छन्, ‘अचेल त यसले न खान दिएको छ, न त चैन । छाडौं भने मन मान्दैन ।’

१७ करोडका मूर्तिसहित चिनियाँ व्यापारी फरार

नेपाली मूर्ति व्यवसायमा गिरावट आउनुको कारण अर्कै छ । त्यो हो, १७ करोडका मूर्ति उठाएर फरार भएका एक चिनियाँ व्यापारी ।

गत जेठ पहिलो साता टासी नाम बताउने ती व्यापारीले ललितपुर र काठमाडौंका १५ ठूला व्यवसायीको १७ करोड रुपैयाँका मूर्ति उठाएर चीन पुर्‍याए । ठूला व्यवसायीले साना व्यवसायीहरुबाट पनि मूर्ति लिएर ती व्यापारीको जिम्मा लगाए ।

त्यसअघि आउजाउ गरिरहने, सामान लिएर अनि बिक्री गरेपछि फर्किने टासी त्यसपछि भने र्फकेका छैनन् । व्यवसायीहरुका अनुसार उनी अहिले सम्पर्कविहीन छन् ।

हस्तकला महासंघका एक पदाधिकारीका अनुसार मूर्ति व्यवसायीले उनलाई बिनाबिल सामान जिम्मा लगाएका थिए । कर छल्ने उद्देश्यले गरेको कारोबारले अहिले उनीहरुलाई डुबाएको छ ।

त्यस अघिसम्म मूर्ति बिक्री भइसकेपछि भुक्तानी लिने गरेका थिए, नेपाली व्यवसायीले । टासीले त्यसैको फाइदा उठाए । पहिलेझैं बिक्री भएपछि भुक्तानी पाउने आशामा नेपाली व्यवसायीले बिनाभुक्तानी टासीलाई मूर्ति जिम्मा लगाए । जबकि, तिनको वास्तविक नाम र ठेगाना पनि थाहा छैन, उनीहरुलाई ।

बिल नै नभएकाले उनीहरुसँग अहिले दाबी गर्ने कुनै प्रमाण उपलब्ध छैन, जसका कारण यस प्रकरणलाई गुपचुप राखिएको छ ।

ती व्यापारीले मूर्ति लिएर गएको सात महिना बित्यो, ६ महिनादेखि मूर्ति बिक्री हुन छाडेको छ । भूकम्पका कारण सुस्ताएको व्यापार जेठयता ठप्प बनेको छ ।

कतिपय मूर्तिकार त चीनमै रोजगारी खोज्दै पुगेका छन् । नेपाली कालीगढले चीनमा न्यूनतम ८० हजार रुपैयाँ मासिक तलब पाउँछन् ।

विस्तारै उक्त व्यवसायको आयाम फेरिँदै छ । सात महिना अघिसम्म मूर्ति निर्यात हुन्थे, अब कामदार निर्यात हुन थालेका छन् ।

यही मौकामा अति सस्तोमा मूर्तिको माग हुन थालेको पनि छ, चीनबाट । नेपाली व्यवसायीलाई पैसा दिनु नपरेपछि टासीले सस्तो दाममा मूर्ति बिक्री गरिरहेकाले यता पनि सोही दाममा माग आउन थालेको हो ।

कतिसम्म भने ठूलो रकम ठगीमा परेका व्यवसायी अहिले कच्चापदार्थसमेत खरिद गर्न नसक्ने अवस्थामा छन् ।

हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य भने खुद्रा व्यापारमा गिरावट आए पनि थोक कारोबार नघटेको दाबी गर्छन् । तर, धेरै कारखाना बन्द भइसकेका छन् ।

पाटनका ८० प्रतिशत बासिन्दाको आम्दानीको मुख्य स्रोत थियो, उक्त व्यवसाय ।

महासंघका अध्यक्ष शाक्यका अनुसार कालीगढले मैनको मूर्ति तयार पार्छन् । त्यसमा माटो लिपेपछि धातु हालिन्छ । धातुमा बुट्टा कोर्ने र सफा गरिन्छ । त्यसपछि सुनको जलप लगाइन्छ । र, अन्तिममा ‘फेस पेन्टिङ’ गरिन्छ ।

ती सबै कामका अलग-अलग कारखाना छन्, उपत्यकामा । र, ती सबैमा गरी ठूलो संख्यामा रोजगारी सिर्जना भएको थियो । अहिले कामदारको ज्यालासमेत तिर्न नसक्ने अवस्थामा छन्, व्यवसायी ।

नेपालका अग्रज आधुनिक मूर्तिकार

ख्याल ख्यालमै मूर्तिकला सिक्न पुगेका थिए ठाकुरप्रसाद मैनाली, तर बन्न पुगे उनी नेपालकै अग्रज आधुनिक मूर्तिकार।

मैनालीले आफ्नो कलायात्रा साहित्यबाट शुरु गरेका थिए।

२००७ साल पछि प्रजातन्त्रको घोषणा गरिएपछि उनी टोल टोलमा गएर कविता सुनाएको सम्झन्छन्।

ख्याल ख्यालमै साथीहरुसंग मूर्तकलाको अन्तर्वार्ता हेर्न पुगेका थिए उनी, र जाँच दिंदा आफ्नै नाम निस्किएपछि भने उनले भारतको गुजरातस्थित वरोदामा ललितकलाको अध्ययन अघि बढाउने निर्णय गरे।

“यहाँ नेपालमा भोटाहिटीमा एउटा सानो विद्यालय मात्रै थियो, त्यहाँ भने विश्वविद्यालय, प्रोफेसर, कलाको इतिहास र दर्शन नै पढाउने! म त दंग परें!” उनी सम्झन्छन्, र त्यहाँ काष्ठकला सिक्न थालेको बताउँछन्।

सिक्ने संघर्ष

तर ड्रइंगको कोर्स पास गरेका मान्छे पढ्न आउने त्यो कक्षामा पहिलो परीक्षा नराम्ररी बिगारेको उनी बताउँछन्।

“म त नेपाली भएँ नि त्यहाँ! एउटा नेपाली आएको थियो कला सिक्न, नसकेर गयो भन्ने त पार्नु भएन नि!”

त्यसपछि पढाइ अगाडि बढाउने प्रेरणा उनले यसरी पाएका रहेछन्।

“अनि मैले घुमघाम, राम-रमाइलो, गफगाफ, इभिनिङ वाक सब छोडैर बिहान देखि बेलुकासम्म काम, काम, काम गरेपछि सबैजना प्रभावित भएर फेरि पढ्न आउनुपर्छ भनेर सिफारिश गरे।”

तर स्नातकको पढाइ सकेर स्नातकोत्तर शुरु गर्ने बेलामा मूतिकलाको चुनाव गरेपछि उनले फेरि पनि समस्याको सामना गर्नुपर्यो।

“नेपालमा आधुनिक मूर्तीकला गर्ने कोही छैन भनेर मूर्तिकला रोजें।

तर मूर्तिकलामा सबभन्दा नराम्रो अंक आएपछि शिक्षकले ‘यसलाई मूर्तिकला पढ्न नदिनु’ भनेर लेखेछन्। म उनको घरमै गएर भनें— सजिलो विषय त आफैं पढिहाल्छु नि। यो तपाईंले मलाई सिकाउनुपर्यो।”

नेपालको स्थिति

त्यति भनेपछि उनले मूर्तिकलाको अध्ययन गरेर परीक्षामा राम्रो अंक पनि ल्याए।

तर आठ वर्षको अध्ययन पछि नेपाल फर्किँदा आफ्नो अध्ययनको प्रयोग गर्ने ठाउँ नै नदेखेर उनी फेरि हतास भएको सम्झन्छन्।

नेपालमा त्यसबेलामा प्रदर्शनी कक्षसमेत थिएन!

“म त फसें नि अब! त्यत्रो मूर्ति बनाउने मेरो सपना चकनाचूर भयो!” उनी भन्छन्।

रोयल होटलमा बल्ल बल्ल राजपरिवारका सदस्यका केही मूर्ति र केही आधुनिक चित्रकला प्रदर्शनी आयोजना गरेका थिए उनले।

कलाकार नै रहेका तत्कालीन युवराज वीरेन्द्रले पनि ती कलाकृति हेर्ने मौका मिलाएको उनी बताउँछन्।

र त्यसपछि उनले मौका पाए – नेपालमा कला संस्थाको स्थापना गरेर कलाको विकास गर्ने आफ्नो सपनाका बारेमा युवराजलाई बताउने।

ललितकला संस्थाको स्थापना

“एकदिन अचानक दरबारबाट चिठी आयो,” उनी सम्झन्छन्।

“केही योजना लिएर भोलि आउनु भनेर। योजना त केही छैन आफूसंग!

केही समय पाउँछु भन्ने लागेको थियो, तर भोलिपल्टै आउनु भन्ने खबर आयो।

रुघा लागेर सुतिरहेको थिएँ, अनि त उठिहालें तुरुन्तै! ‍औषधि खाएँ र लेख्न थालें योजना।”

थुप्रै मान्छेलाई बोलाएर, ती योजना सुनाएर, त्यसको विरोध गर्न भनेर मात्रै योजना पक्का भयो भन्ने लागेर सुनाउन गएछन् उनी।

त्यसरी स्थापना गरिएको ललितकला संस्था नै पछि गएर ललितकला क्याम्पस बन्न पुगेको थियो।

तर त्यस्तो संस्था स्थापना गरेर उनी त्यसमा अध्यापन गर्न भने चाहेनन्, पाठ्यक्रम तयार गर्न मद्दत गरेर कलाकारिता मै फर्कन चाहे।

निर्माण

उनले नेपालमा बनाएको पहिलो मूर्ति, भृकुटीमण्डपमा रहेको ‘निर्माण’ नामक मूर्ति नै उनका लागि सबभन्दा स्मरणीय रहेको उनी बताउँछन्।

दरबारबाट ‘नेपालीपन झल्किने’ मूर्तिको नमुना बनाउने अनुरोध आएपछि उनलाई नेपालीपन भनेको के हो भनेर व्याख्या गर्न हम्मे परेछ।

“केलाई नेपाली भन्ने? खर्पन बोकेको पुरुष हो कि? डोको बोकेको महिला हो कि?” उनी सोध्छन्।

“र एउटा आधुनिक जगतले पनि त्यसलाई मूर्ति भनेर मान्नुपर्यो…”

अन्तिममा उनले राजाको जन्मोत्सवमा नरसिंघा बजाउँदै आउने मानिसको नमुना बनाउने निर्णय गरे।

तर नमुना छनोट गरे पनि मूर्ति भने कस्तो बन्ला भनेर फेरि दुविधामा परेछन् उनी।

“मयलपोश सुरुवाल लगाउने, इष्टकोट टोपी लाउने त्यो मानिस मैले झल्याकझुलुक मात्रै देखेको थिएँ। फेरि त्यसले कसरी नरसिंघा समाउँछ?”

बिग्र्यो भने त सधैंलाई बिग्रिन्छ भनेर नरसिंघा राखिएको छाउनीको संग्रहालयमा पुगेछन्, र त्यहाँ ३ टुक्रा पारेर राखिएको नरसिंघालाई जोड्न लगाएर एकजना साथीलाई समाउन लगाएपछी बल्ल आफ्नो नमुनामा विश्वस्त भएछन्।

आधुनिकता

त्यही नमुनाबाट शुरुवात गरिएको उनको ‘निर्माण’ नामक मूर्तिमा देवी देवता लगायतका परम्परागत धार्मिक पात्रहरु छैनन्, र त्यसकारण पनि त्यसले नेपालमा आधुनिक मूर्तिकलाको कोशेढुंगा मानिएको छ।

बरु छन् त्यहाँ मैनालीले नेपाली ठानेका केही विम्बहरु: गोरु जोत्न लागेको हली, शिक्षा, स्वास्थ्य, यातायात, र सिँचाईका प्रतिनिधि पात्र, र अन्त्यमा नरसिंघा बजाउने मान्छे र नेपालको झण्डा।

विद्यार्थी जीवनपछि भोकभोकै बसेर गरेको भन्दै त्यो मूर्ति बनाउन पाउनु आफ्नो गौरवको कुरा भएको उनी बताउँछन्।

सिमेण्ट, रड लगायतका सामग्री प्रयोग गरेर बनाइएका ती आकृतिहरु यथार्थपरक छैनन्, तर चिनिन्छन्।

अमूर्तताको मूर्त रुप

त्यसरी मूर्त वस्तुलाई अमूर्त रुप दिने र अमूर्तलाई मूर्त बनाउने काम मैनालीले धेरै गरेका छन्।

तर प्रत्येक पटक त्यसो गर्दा आफूलाई निकै गाह्रो हुने उनी बताउँछन्।

“हावा, बास्ना, स्वाद, यी सब अमूर्त चीजलाई कलामार्फत कसरी देखाउने? बनाउने भन्दा पनि के बनाउने, कस्तो बनाउने भन्ने सोच्दैमा प्रलय हुन्छ हरेक पटक,” उनी बताउँछन्।

त्यसरी विद्युतको प्रतिनिधित्व गर्ने एउटा मूर्ति बनाएको सम्झन्छन् उनी।

“अधिकारीहरुले मूर्ती बनाउन नदिने भनेपछि कलालाई सभ्यताको चिह्न भनेर बल्ल बल्ल काम पाएको थिएँ,” उनी बताउँछन्।

“पहिलेका मान्छेहरु धेरै कुरा जान्दैनथे तैपनि त्यत्रा त्यत्रा मूर्ति बनाए। पछिका मान्छेले हामीलाई असभ्य भन्छन्।

साहित्य, संगीत, कला केही नजान्ने रहेछन् भनेर हामीलाई कलंकको टीका लगाउँछन् भनेपछि मूर्ति त बनाउने तर विद्युतको प्रतिनिधित्व गर्ने मूर्ति बनाउनुपर्यो भने।

अनि म अलमलमा परें। अब के बनाउने? टर्बाइन बनाउने कि? तार बनाउने कि? बल्ब बनाउने कि?”

धेरै दिन सोचेपछि उनले बनाएः मूर्तिको फेदमा एउटा खाल्टो र त्यसको बीचमा कमलको फूल।

फूल भित्र एउटा बल्ब, र कमलको फूल माथिको एउटा अर्घ्यबाट पानी झर्दा कमलको फूल घुम्ने र त्यो बल्ब बल्ने।

त्यस्तो बनाएछन् उनले विद्युतको विम्ब!

कलामा विम्ब

त्यसै गरी दूरसञ्चारको तालीम केन्द्रमा पनि उनले त्यसको प्रतिनिधित्व गर्नका लागि प्रकाशको मूर्ति बनाएछन्।

“दूरसञ्चारको प्रतिनिधित्व गर्ने मूर्ति कस्तो बनाउने? टेलिफोन बनाउने कि? त्यो उठाइराखेको बनाउने कि? के बनाउने?” उनी हाँस्छन्।

“अन्त्यमा मैलै सोचें, त्यो एउटा तालीम केन्द्र हो।

तालीमले ज्ञान दिन्छ, र ज्ञानको विम्ब हो प्रकाश। त्यसपछि मैले प्रकाशको मूर्ति बनाएँ।”

तर दर्शकले त्यस्ता मूर्तिमा के देख्छ त?

उनले देखाउन खोजेको विम्ब देख्छ अथवा कुनै अमूर्त वस्तु देख्छ त?

दर्शकले त्यस्ता किसिमका कलाकृतिलाई नयाँ चीज भनेर हेर्ने उनको मत छ,र यस विषयमा व्यापारका नियमहरु कलामा पनि लागू हुने उनको विचार छ।

अमूर्त कलाको बुझा

“कुनै पनि वस्तुको प्रवर्द्धन गर्न दुई किसिमका नियम प्रयोग गरिन्छन्” उनी भन्छन्, “एउटा ‘ल अफ नोभेल्टी’ अर्थात नौलोपना।

कुनै पनि नौलो चीज दर्शकले देखेमा त्यसप्रति आकर्षित हुन्छ र बुझ्न खोज्छ।

र अर्को चाहिं ‘ल अफ एशोसिएसन’ अर्थात परिचित कुरा।

त्यो एशोसिएसन अर्थात परिचय हुनका लागि दर्शकले कला हेरिराख्नपर्यो।

त्यसपछि तपाईंले त्यसलाई अपनाउन सक्नुहुन्छ। कलामा ती दुबैको प्रयोग हुनुपर्छ।”

भित्रैदेखि कलाकार

साथीहरुको लहैलहैमा लागेर मूर्तिकला सिक्न गएर नेपालमा अमूर्त मूर्तिकलाका मुख्य व्याख्याता बन्न पुगेका मैनाली आफू अनपेक्षित रुपमा कलाकार भएको भने मान्दैनन्।

“म भित्र कला नभएको भए म कसरी कलाकार हुन्थें?” उनी सोध्छन्।

“म छोडेर आइहाल्थें नि! मैले कला नदेखेको, नजानेको भएर पो नगरेको रहेछु त।

म भित्र रहेछ, त्यसैले त गरें नि! आफू भित्र कला रहेनछ भने चाहिं तपाईं सक्नुहुन्न है!”

 

सोम, साउन ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भक्तपुरको प्रसिद्ध लिच्छविकालीन ऐतिहासिक नवदुर्गा गण नृत्य

         नवदुर्गा नांच भक्तपुरको प्रसिद्ध लिच्छवी कालीन ऐतिहासिक गण नृत्य हो / भक्तपुरवासीहरूका लागि मनमोहक र प्रसिद्ध नवदुर्गा पहिलोपटक सार्वजनिक प्रदर्शनी नगरको सुजम्हरी टोलबाट प्रारम्भ हुन्छ र त्यसपछि क्रमशः नगरको २१ स्थानमा प्रदर्शन गरिन्छ । नवदुर्गा नाच भक्तपुरमा मात्र  सीमित नभई देउपाटन , ठिमी...

विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने

असार, काठमाडौं । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने भएको छ । बहुप्रतिक्षित धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । दिउँसो दुई बजेपछि टेन्डर खोलिने प्राधिकरणले जनाएको छ ।   धरहरा...

भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक सार्वजनिक

जेठ, काठमाडौं । भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्ललाई मुख्यपात्र बनाएर लेखिएको पुस्तक सार्वजनिक भएको छ । पुस्तक इतिहासका अध्येता योगेश राजले तयार पारेका हुन् । पुस्तक जेठ १८ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने ‘२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ को सन्दर्भ पारेर बिहीबार सार्वजनिक गरिएको हो...

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ...

रातो मचिन्द्रनाथ भोटो देखाउने जात्राबारे रोचक किम्बदन्ती छ ।

 किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग...

शताब्दी ‘तन्नेरी’

काठमाडौं- तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी संघारमा छन् जस्तो लाग्दैन । उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन । सार्वजनिक...