साहित्य गतिबिधि

अक्षरमार्गले चार स्रस्तालाई आफ्नो वार्षिक उत्सव पारेर सम्मान गर्ने


बिगत सात वर्षदेखि निरन्तर प्रकाशित अक्षरमार्गले नेपाली भाषा, साहित्य र कलामा महत्त्वपूर्ण योगदान गर्ने चार स्रस्तालाई आफ्नो वार्षिक उत्सव पारेर सम्मान गर्ने भएको छ । यसरी सम्मानित हुनेहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल, श्रीराम स्मृति अक्षरमार्ग साहित्य सम्मानबाट वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधान, अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट ज्ञानू पाण्डे, भरतराज अक्षरमार्ग स्रस्ता सम्मानबाट भीमप्रसाद काफ्ले रहेका छन् । उहाँहरूलाई आउने साउन २६ गते एक कार्यक्रम बीच सम्मान समर्पण गरिने जानकारी साहित्यकार तथा अक्षरमार्ग साहित्य परिषदका संयोजक सूर्यप्रसाद लाकोजू बताएका छन् ।

मङ्ल, साउन ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...

संसाक नारायणाचार्य कौशिक विशेष अङ्क लोकार्पण

काठमाडौँ, फागुन १२ गते । ‘संसाक नारायणाचार्य कौशिक विशेष अङ्क’ खोज अनलाइनको कार्यालय, गोंगबुँमा विशेष कार्यक्रमका साथ लोकार्पण गरियो । डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्य र खोज अनलाइनका प्रबन्धक रत्नप्रसाद अनामणि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित लेखक तथा कविहरूले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...