संस्कृति/धर्म

भक्तपुरको प्रसिद्ध लिच्छविकालीन ऐतिहासिक नवदुर्गा गण नृत्य

-रत्नप्रसाद अनामानि श्रेष्ठ


         नवदुर्गा नांच भक्तपुरको प्रसिद्ध लिच्छवी कालीन ऐतिहासिक गण नृत्य हो / भक्तपुरवासीहरूका लागि मनमोहक र प्रसिद्ध नवदुर्गा पहिलोपटक सार्वजनिक प्रदर्शनी नगरको सुजम्हरी टोलबाट प्रारम्भ हुन्छ र त्यसपछि क्रमशः नगरको २१ स्थानमा प्रदर्शन गरिन्छ । नवदुर्गा नाच भक्तपुरमा मात्र  सीमित नभई देउपाटन , ठिमी , नगदेश , बोडे , तुप्चा , मुलाकेचा , ग्रेखा ,कविला, चपरिङ्गु , गोकर्ण , साँखु , चाँगु , साँगा , नाला , धुलिखेल , बनेपा , पनौती  आदि विभिन्न १९ स्थानमा प्रदर्शन गरिन्छ । समय बित्दै जाँदा विभिन्न समस्याहरूले गर्दा केही वर्षदेखि टोखा , तुप्चा , बुध्दानिल कण्ठ , दोलखा , गोकर्ण लगायतका स्थानमा नाच बन्द भइसकेछ / नवदुर्गा नाच प्रदर्शन गर्नुभन्दा आठदिन अघि नै निम्तोका रूपमा “दिँ छु वानेगु” भनेर प्रत्यक घरमा फुल र पासुका दिई  आगमनको दिन निर्धारण गर्न जाने प्रचलन छ ।

              राजा आनंद देवले भक्तपुर सहरलाई राजधानी सहरका रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, दैवी विपत्ति आदि अनिष्टकारी तत्वबाट रक्षार्थ एवं सुख, शान्ति एवं समृद्धि प्रदान गर्ने शक्तिसहित तान्त्रिक देवदेवीहरूका साथ नवदुर्गा गणको  नाच सञ्चालनमा ल्याएको किम्वदन्ती छ । यो नाच भक्तपुरका बन्माला जातिले संचालन गर्दै आएको छ /नाच माघे संक्रान्तिको भोलिपल्टदेखि आषाढ कृष्ण अष्टमीसम्म लगातार छ महिना प्रदर्शन गरिन्छ / मन्दिरमा वर्ष दिनमा १४ पटक विशेष पूजा गर्नुपर्छ। पूजामा देवगणका सबै परिवारलाई बोलाएर प्रसाद खुवाउने चलन छ

      माघे संक्रान्तिको राति तन्त्रविधिद्वारा अष्टमातृकाका देवदेवीलाई आहवान गरी  भैरवले सूर्यमढीको वाकुपति नारायणको मन्दिरमा रहेको मूर्तिलाई विधिवत पूजाअर्चना गरेपछि भोलिपल्टदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने परम्परा छ/ नेपाल सम्बत ६३३ तिर  राजा भुवन मल्लको राज्यकालमा देशमा अनिकाल परेको हुँदा सहकाल ल्याउन उनले नाचको प्रारम्भ गरेको वंशावलीमा उल्लेख छ/ राजा आनन्ददेवले नवदुर्गा देवस्थल निर्माण गराएको इतिहासमा उल्लेख छ ।महिषासुरसँगको संग्राममा दैत्य संहार गर्न नवदुर्गाले नौ प्रकारका भिन्नभिन्न रूप धारण गरेको कथा प्राचीनकालदेखि नै प्रसिद्ध छ । नवदुर्गा देवगण परिवारमा सिफोद्यो, भैरव, महाकाली, वाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव श्वेतभैरव, सिम्बः, दुम्बः, खिँबाजा, तः बाजा, काबाजा, महापात्र, नकीँ सम्मिलित हुन्छन् ।नवदुर्गा देवगणका नकींले बिहानपख विधिपूर्वक नित्यपूजा गरी गणेशले नृत्य आरम्भ गर्ने, त्यसपछि क्रमशः ब्रम्हायानी , महेस्वारी ,कुमारी , विष्णुवीरलगायतका देवगणहरूले नाच प्रदर्शन गर्ने प्रचलन छ/
         नवदुर्गा नाँचको सबै भन्दा बढी चाख लाग्दो नांच  ङालाकेगु नाच हो / पहिलो चरणमा सिम्ब , दु म्बःले मात्र ङालाकेगु गर्ने गर्दछ र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङालाकेगु नाच प्रदर्शन हुन्छ ।नाच प्रदर्शनका क्रममा देवगणले मान्छेरूपी माछा समात्न खोज्छन् । त्यसबेला बालक, युवा, पाको उमेर समूहका व्यक्तिहरू मुखमा थपथपाएर “वावा…वावा..” गर्दै देवणलाई जिस्क्याउने गर्छन् र देवगणले ती जिस्क्याउने व्यक्तिहरूलाई पक्रन खोज्छन् । त्यति खेर स्वात भैरबले खोला लुगा धोएको ,माछा मारेको सिम्ब ,दुम्बलाई  स्याहार सुसार गरेको अभिनय गर्दछ / त्यति नै बेला स्वत भैरबको लुगा महाकालीले लुटेर लैजान्छ पछि सबै संग चन्दा मागेर कुखुराको भाले दिएर आफ्नो लुगा पर्काउछ /महाकालीले बिना हतियार कुखुरा को भाले लाइ मुखले गर्दन छिनाउछ /यी सबै कार्य गर्न कारब ४,५ घण्टा लाग्दछ /
   नवदुर्गा नाच सञ्चालन गर्न अहिले अलि अप्ठ्यारो हुन थालेको छ । देवगणहरूलाई मुटुको समस्या भएको र राम्रो आयस्ता नभएकाले नयाँ पुस्ताका वनमालाहरूलाई देवगणमा आकर्षित गर्न गाह्रो पर्दै गएको छ ।पढाई छुटेका छन / लामो समय सम्म लाग्नु परेकोले घरको काम अपुरो हुने / तथा खेती पाटीमा समस्या भएकोछ /राज्यतर्फबाट पनि अक्षय कोष खडा गर्नु पर्ने देखिन्छ /जे होस् दक्षिण एशिया कै लामो तथा खर्चालु एतिहासिक  यस नृत्य लाइ बचाई राख्नु हामी सबैको दायित्व देखिन्छ /यस सम्बधित नालामा यस्तो किम्बदन्ती पाइन्छ /अर्को भागमा। ………..

 

 

 

 

 

 

बुध, साउन ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सिएनएनको संसारका ५० मीठो पेयपदार्थको सूची ‘नेवा: ऐला’

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले...

सोह्र श्राद्ध

हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने...

“थारू समुदायको महान पर्व अटवारी”

थारू समुदायमा थारू पुरूषले निराधार वर्तबसि मनाईने पर्व अटवारी पश्चिम तराई दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र अहिले काठमाडौंमा बस्ने थारू समुदायमा यति बेला उल्लासमय  छ । अाइतबार दाजुभाइ व्रत मात्रै बसेनन् दिदिबहिनिहरू लाई दिने अग्रासन (कोसेली) समेत छुट्याए । सोमबार दिदिबहिनिहरूले माईतबाट अाउने...

चोथा (चथाः) गणेश चतुर्थी र नाला तुपिचा टोलको पाषणकालको गणेश

नेवार समुदाय   कुनै पनि शुभ कार्य गर्नको लागि अथवा प्रत्येक दिन सवैभन्दा पहिले टोल गणेशको पूजा गर्दछन् । तर चथाः अर्थात् गणेश चतुर्थीका दिन नेवार समुदायले विशेषरुपमा गणेश भगवानलाई पूजा गर्दछन् । गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ। यस वृत्तान्तमा बताइएबमोजिम गणेशको जन्म भाद्र...

उग्रचण्डी नालामा पंचदान पर्व

हरेक वर्षको भाद्र कृष्ण त्रयोदशीका दिन नालाको करुणामय मन्दिरबाट दिपंकर बुद्ध निस्केर नाला नगरको परिक्रमा गरी पञ्चदान पर्व मनाउने परम्परा रहेको छ ।यो पर्ब सत्ययुगबाट सुरुवात भएको बिश्वास रहेको छ / यसको उत्पतिको बारेमा ” नेपाल बर्ष क्रिया” नामक पुस्तकमा लेखीए अनुसार यसै दिन यल (ललितपुर)...

टोखा न.पा. वाड नं १ मा रहेको श्रीकृष्ण बरुणेश्वर(बौंडेश्वर) महादेव र दुइ आकर्षक झरनाहरु

काठमाडौं, टोखा नगरपालिका वाड नं १ मा रहेको श्रीकृष्ण बरुणेश्वर(बौंडेश्वर) महादेव र दुइ झरना धार्मिक तथा  आन्तरिक दृष्टि कोणले महत्वपूर्ण बन्दै गएको छ।  राजधानी शहर काठमाडौंको सामखुशी चोकबाट टोखा रोड हुँदै  ९ किलोमिटर र बालाजु बाइपास मनमैजुबाट करिब ८ किलोमिटर उत्तरतर्फ, साविक झोर महांकाल गाविस हाल टोखा...