समाचार

भिटोफ–नेपाल निर्वाचन मतदाता दुई धारमा राजनीतिक समर्थन सिंखडालाई, व्यवसायीहरुको समर्थन पाण्डेलाई


मितिm २०७५ असार १२ गते शनिवार
गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) को निर्वाचनको लागि अध्यक्षका उम्मेदवार वायुदेव पाण्डे र अर्का उम्मेदवार ध्रुव सिंखडाले आ–आफ्नो प्यानल औपचारिक घोषणा गरेसँगै अन्ततः नयाँ नेतृत्वको निम्ति भिडन्त हुने भएको छ । भिटोफ निर्वाचनमा कस्ले जित्ला भन्ने जिज्ञासाले पर्यटन व्यवसायीहरुलाई पिरोल्न थालेको छ । भिटोफ नेपालमा करिब सात सय सदस्य छन् । दुुवै अध्यक्षका दावेदारले आफू नै अध्यक्षको दाबेदार हुनुपर्ने कारणबारे दाबी गर्दै आएका छन् । तर, विगतमा पर्यटनका संघसस्थाहरु जस्तै, टान, नाट्टा, एनएमएमा राजनीतिक समर्थनमा नेतृत्व पठाउँमा कार्यसमितिभित्र निरन्तर अन्तरसंघर्ष र अशान्त हुने भन्दै यो पटक भिटोफमा व्यवसायीक नेतृत्व पठाउने तयारीमा मतदाता छन् ।
अध्यक्षका युवा तथा वर्तमान कार्यसमितिका महासचिव वासुदेव पाण्डेलाई व्यवसायीहरुले निक्कै रुचाएका छन् । पाण्डेले अहिले महासचिव हुँदा भिटोफ नेपालमा मुख्य नयाँ तीन कामहरु गरेर चर्चा कमाए । उनले टे«किङ ट्रायल एक्सप्लोर गरे । त्यस्तै, संस्थामा ११ वटा विभाग बनाएर सबैलाई निर्णायक अधिकार र जिम्मेवाद प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे भने अर्का ग्रामीण पर्यटन तालिम पहिलो पटक गाउँगाउँमा प्रदान गरे । पाण्डे यसअघि पनि सचिव रहेर भिटोमा कार्यरत रहेका थिए । पर्यटन व्यवसायमा सक्रिय पाण्डेले आफू अध्यक्ष भएमा भिटोफलाई पूर्ण राजनीतिक मुक्त बनाई थप नयाँ उचाईमा पु¥याउने प्रण गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार ध्रुव सिंखडालाई पूर्व नेकपा निकट पर्यटन व्यवसायीहरुको समर्थन छ । उनी भिटोफका निम्ति नयाँ मुहार हुन् ।
नेकपा एमाले पर्यटन ईलाका कमिटीका अध्यक्ष सिंखडा वल्र्ड भिजन ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् । तर, अहिले उनको कम्पनी सञ्चालनमा छैन । कम्पनी सञ्चालनको समयमा भिटोफ नेपालको सदस्य लिएको आधारमा उनी अध्यक्षका उम्मेदावर बनेका पर्यटन निकट व्यवसायीहरु बताउँछन् । पर्यटन व्यवसायबाट करिब हात धोइसकेका सिंखडा युरोपका निम्ति बारम्बार पासपोर्ट बनाउन पहल गरिरहेका छन् । अध्यक्ष भए पछि उनी विदेश पलायन हुने निश्चित छ । नेकपा निकट पर्यटन व्यवसायीहरुको दबाबमा अध्यक्षका उम्मेदवार बनेका सिंखडाले भिटोफ नेपाललाई विकास र पारदर्शीताको मार्गमा अघि बढाउलाई भन्ने प्रति व्यवसायीहरुले शंका गरेका छन् । राजनीतिक सिफरिसमा नेतृत्व पुगेकाहरुको दलिय स्वार्थको कारण संघसंस्थाहरुको कार्यसम्पादन र पारदर्शीता दिनानुदिन ओरालो लागिरहेको अवस्थामा निर्णायक फैसला गर्ने जिम्मा मतदाताहरुको भएको स्वय व्यवसायीहरु बताउँछन् ।

 

आइत, साउन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालकै ठुलो स्कुल केन्द्रित एक्टिंग आइडल गर्दै एण्टिना

नेपालका धेरै शैक्षिक चलचित्र बनाएर चर्चामा आएका युवा निर्देशक घनश्याम तिमल्सिना एण्टिनाको पहलमा स्कुल आइडल हुने भएको छ । यो अभिनय सग सम्बन्धित आइडल हो ।उनी भन्छन् नेपालमा यति ठुलो अभिनय आइडल स्कुल केन्द्रीत भएर भए जस्तो लाग्दैन । यसले नेपालको शैक्षिक जगतमा नयाँ तरङ्ग...

पाटनको मंगलबजारदेखि नालासम्म साइकल यात्रा सम्पन्न

विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ । ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा डेढ सय साइकल यात्री सहभागी थिए ।...

भट्टचन द्धारा लाम्मेला परिवर्तनशील समुह काठमाण्डौ लाई ५० हजार आर्थिक सहयोग ।

लाम्मेला परिवर्तनशील समुह काठमाण्डौले दशैको समापन संगै तमानखोला गाँउपालीका ४ लाम्मेलामा कार्तिक ०५ गते देखि आयोजना गरेको “जातीय बिभेद र बाल बिवाह” बिरुद्धको नाटक प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम मा प्रभू बैक काठमाण्डौ कमलादीका अध्यक्ष एंवम समाजसेवी देवी प्रकाश भट्टचनले नगद रु ५० हजार सहयोग...

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने

असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य...

‘फगत एक नजरमा कसैले लियो मन’ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

 काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको नाट्यकर्मी अशेष मल्लले अनलाइनखबरलाई जानकारी दिए । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’...

धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ

इटहरी / रुखमा पैसा फल्छ भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ । रुखमा घर बनाएर स–साना कटेजहरू निर्माण गरेपछि पर्यटकहरूको आगमन बढेको छ । त्यहाँ प्रवेश गर्न नै टिकट लिनुपर्छ । यसरी रुखमा पैसा फलाउँदैछन् धरानको शिरमा रहेको शिवधारा चोकबाट...