स्थानीय समाचार

तीन युवाहरुको नयाँ अभियान

-निर्मल पुरी 'भोगी'


काठमाडौं । नेपालबाट विदेश पलायन हुने युवाहरुको संख्या बढ्दो छ । नेपालमा रहेका सिमितता तथा समस्याहरुलाई कारण मान्दै सुनौलो भविष्यको खोजीमा उनीहरु विदेश गइरहेका छन्।

तर, सुलभ मल्टिपर्पोज सर्भिसका सञ्चालक दोय सालिकराम गिरी कुमार धिताल तथा सुमन भारति भने नेपालमा पनि विदेशमा जस्तै संघर्ष गर्ने हो र विदेश जाने पैसा नेपालमा केहि गर्नको लागि लगानी गर्ने हो भने, नेपालमा बसेर नै प्रगती गर्न सकिने बताउँछन्।

सुलभ मल्टिपर्पोज सर्भिस युवा जोश हुन् । आफ्नो एउटा निश्चित समूह संग मिलेर उनले नेपालमा विभिन्न कार्यक्रम गरिरहेका छन्, र उनका अनुसार, सफलता पनि हाँसिल गरिरहेका छन् ।

केही दिन अघि मात्र नाइट क्लब फुटबल प्रतियोगिता सफल भएको र अब नाइट क्लब पुल टुर्नामेन हुनलागेको र यसमा सफल हुनेमा ढुक्क रहेको कुमार धिताल ले बताएका छन्।

पुल 🎱 टुर्नामेन फर्म खुलिसकेको र खेल सुरु को तयारी पूरा भएको जानकारी दिएका छन्।

होटल लाइनमा दख्खल सालिकराम गिरि ले ठमेल दरबारमार्ग तथा लाजिम्पाटमा रहेका होटलमा रोजगार दिलाई दिने गरेको पाइयो।

अर्का सहकारी साथि कुमार भने सामाजिक सेवा मा अग्रसर रहेको पाइएको छ।
सामाजिक सेवा सहित को कुनै पनि योजनामा काम गर्ने र सफल बनाएर देखाउने बताए।

आइत, साउन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...

गोंगबुको सांस्कृतिक सम्पदाहरु

गोंगबु क्षेत्रका गणेश मन्दिरहरु  १) बीच विनायक २)जल विनायक ३)कार्य विनायक ४)शिध्दी विनायक गोंगबु क्षेत्रका पाटीहरु  १)बकैना पाटी २)कलकत्ते पाटी ३)नेवा छ्य पाटी ४)सांख टी ख्वाउने पाटी गोंगबु क्षेत्रका इनारहरु  १)गणेशस्थान नेरको इनार (हाल लोप भैसकेको छ ) २)ग्वाराको जग्गाको इनार (हाल लोप भैसकेको छ ) ३)नाति मानान्धरको घरनेरको इनार ४)बिज्ञान लोहनीको घरनेरको इनार ५)नेवा छेको इनार गोंगबु क्षेत्रका कुवाहरु  १)चन्द्र बहादुरको घरनेरको कुवा २)सार्की...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार समुदायबाट यो संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी...

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...