राजनिति

स्विमिङ्, कविता र खीर कार्यक्रम सम्पन्न


काठमाडौँ, साउन १५ गते ।
‘साहित्यमा सिर्जनाको खोजी’ भन्ने मूल नाराको साथ संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको आयोजना र टोखा केब फन पार्क, टोखाको व्यवस्थापनमा भएको ‘स्विमिङ्, कविता र खीर’ कार्यक्रम टोखा केब, टोखामा भव्य कार्यक्रमका साथ सम्पन्न भयो । खेलकुद समाजका अध्यक्ष प्रा.डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.डा.जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको संयोजन उमेश पाण्डेले गर्नुभएको थियो ।
परम्परागत रूपमा मनाइँदै आएको खीर खाने साउनको १५ लाई यस वर्ष भने साहित्यकारहरूले अलग्गै किसिमले मनाउनु भयो । सँधै कविता लेख्ने र सुनाउने साहित्यकारहरूको एक टोली यसपालिको साउन १५ का दिन टोखा केब फन पार्कमा स्विमिङको मजा लिइरहनु भएको थियो । वरिष्ठदेखि कनिष्ठसम्मका स्रष्टाहरू स्विमिङ पुलभित्र रमाइरहनुभएको थियो भने केही साहित्यकारहरू पौडीको मज्जा लिइरहनुभएको देखिनुहुन्थ्यो ।
पानीमा खेल्न, फोटो खिच्नको आन्नद लिइरहनुभएका साहित्यकारहरू झण्डै तीन घण्टापछि भने कविता वाचन गरेर हौसिनुभएको थियो । कार्यक्रममा ४ दर्जन बढी सर्जकहरूले रचना वाचन गर्नुभयो ।
वरिपरि खेतका गराहरूमा हरियाली धान हेर्दै कतिले त असारे भाका गाउनुभयो भने कोही छन्दोबद्ध कविताले सबैको ध्यान तानिरहनुभएको थियो । कोही कविले असारे भाका खाउँदा प्रायः स्रष्टाहरू आफ्नो बाल्यकाल सम्झनुहुन्थ्यो । छुपु छुपु धान रोपेको सम्झनुहुन्थ्यो । यद्यपि साउन १५ मा भने धान गोड्ने बेला भइसकेको थियो । सिमसिम पानी परेर मौसमले पनि त्यस्तै संकेत गरेको थियो ।
कार्यक्रममा प्रा.डा. दुर्गाप्रसाद अर्याल, प्रा.डा. विदुर चालिसे, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, प्राज्ञ नर्मदेश्वरी सत्याल, डा. सत्यराज थपलिया, डा. बम बहादुर थापा जिताली, वियोगी बुढाथोकी, पोष्टराज चापागाईं, डा. गोपाल पौडेल मन्डने, रत्नप्रसाद अनामणि श्रेष्ठ, गुप्त बहादुर श्रेष्ठ, टंकबहादुर खत्री, नारायणाचार्य कौशिक रिमाल, जसध्वज गुरुङ, प्रेम ओली ढकालपुरे, नरबहादुर बि.सी., बाबा बस्नेत, सीता बिष्ट कार्की, बलराम दाहाल, यशोदा अधिकारी, दुर्गाप्रसाद अधिकारी, गोविन्द नेपाल, प्रकाश वस्नेत गफाडी, पदम् दोङ, धरणीधर गुरागाँई, राधा कार्की, शिवप्रसाद आचार्य, रिता खतिवडा, द्वारिका कुँइकेल, गीता रेग्मी, भगवती रोका भूमिका, भोजराज न्यौपाने, नारायणप्रसाद श्रेष्ठ, दामोदर ढकाल दीपक, डिल्ली प्रसाद मूलतिउन, बेनीबहादुर थापा, तारा केसी, शारदा घिमिरे भैल, रुद्र अधिकारी, सानु शर्मा, दुर्गा तिवारी, निर्मल पराजुली, कृष्ण आचार्य, लक्ष्मी वस्नेत, गङ्गा आचार्य, अञ्चल वान्तवा, आशिष तामाङ, राष्ट्र पुकार, दिक्षा भण्डारी, मनोहर बाबु, अन्जान यात्री, जसिन्द्र श्रीपालीलगाएतले गीत, मुक्तक, कविता तथा गजल वाचन गर्नुभएको थियोे ।
कार्यक्रममा सहभागी मध्यबाट बाबा बस्नेत, दुर्गा तिवारी, गोविन्द नेपाल र बलराम दाहाललाई उत्कृष्ट रचना वाचन गरेवापत् प्रमाण–पत्र र जनही नगद रु. ५००।– सहित पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सदस्य सचिव गिरीले स्रष्टाहरूले परम्परालाई जोगाउँदै काव्य सर्जिनाको यात्रामा लाग्नु सुखद् पक्ष भएको बताउनुभयो । कार्यक्रमपछि खीर ख्वाएर स्रष्टाहरूलाई विदाइ गरिएको थियो ।
आतिथ्य सम्बोधन र वक्तव्यलाई निषेध गरिएको यस कार्यक्रममा उपस्थित सबै स्रष्टा, सर्जकहरूले आफ्ना सिर्जना मात्र सुनाउनु भएको थियो ।

बुध, साउन १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक

साउन, काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको...

विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिए

साउन, काठमाडौं । विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ । अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने...

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद्को यस्तो छ निर्णय

हेटौंडा, २३ साउन । प्रदेश तीनको मंत्रीपरिषद बैठक बुधबार बसेको छ । हेटौंडा स्थित मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश ३ सरकारले छ महिनाको अवधीमा गरेको कामबाट मात्रै ‘पूर्ण सन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ । हालसम्मका कामको समीक्षा गर्न आयोजित मन्त्रीपरिषद् बैठकले ‘सन्तोषजनक’...

नेपाली संगीतमा रि मिक्स किङ्ग लक्ष्मण संजिब पौडेल

 कुनै पनि प्रस्तुतिकरणलाई जिवन्त तुल्याउन निकै मेहनतको आवश्यकता पर्छ । सफलता एकदिनमा मिल्दैन तर सफलता एक दिन अवश्य मिल्छ । सृजना आफैमा नराम्रो हँुदैन । सृजना मन पराउनु वा नपराउनु आ–आफ्नो अधिकारको कुरा हुन जान्छ । तर सृजना नराम्रो रहेछ भन्नु सृजनाको अपमान गरेको हुन...

ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ

साउन, काठमाडौं । प्रहरीले असार ३१ गते ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ गर्‍याे । यो गिरफ्तारीसँगै प्रहरीले काठमाडौंमा भित्रिने साना हतियारबारे नयाँ तथ्य फेला पारेको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले ललितपुरको नख्खीपोटमा पक्राउ गरेका...

नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु

 काठमाडौं । नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल-भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।   नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल...