मुक्तक

मुक्तक

- भोजराज भट्टराई पत्रकार, पाल्पा ९८५७०५२४३३


१.
मान्छे सबै एउटै हुँदैनन् बुझें
पर्दा दुःखमा सबै रुँदैनन् बुझें
कुरा काट्नु अरुको राम्रो हुँदैन
पण्डीत पनि गिता छुँदैनन् बुझें !
–२०७५।३।३ पाल्पा

२.
संघियताले देशको चित्र फेरियो
सधैं उस्तै नेताको चरित्र हेरियो,
आसन र भाषण मात्र छ विकास
किन ? देशमा यस्तै विचित्र घेरियो !
– २०७४। कार्तिक १९, तानसेन

३.
सुखैमा त सुन्दरी र सुरा हुन्छ
पीडामा सधैं आडको कुरा हुन्छ
सपना सवैका हुन्छन जीवनमा
तर कमैको मात्र त्यो पूरा हुन्छ ।

 

शुक्र, साउन १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मुक्तक

नाजायज कर तिर्न बाध्य नपारियोस सरकार बिचौलियाको होइन जनहितमा कार्य होस सरकार जनता सुखी र समृद्धिको लक्ष्य प्राप्तिको निमित दिगो विकास योजना कार्यान्वयन होस सरकार ...

पांच मुक्तकहरु

छोरीले धेरै अघाडि बनाएकी चित्र बुझ्न गाह्राे संसार यस्तै छ बिचित्र कहाँ कसरी बदलिएको हो समय बाहिरबाट देखिदैन कस्तो छ भित्र ।। आँसु लुकाएर कति हाँस्न सक्छु म पीडा नफुकाएर कति बाँच्न सक्छु म अन्धकार पछि बिहानी छाउनु पर्ने हो आफैलाई दुखाएर कति नाच्न सक्छु म।। मनमा अन्धकार कुन दीप बाल्छौ छन् चुनौतीहरु कुन...

आरोही कार्कीका दुइ मनछुने मुक्तक

मुक्तक 1 मनको कुरा मन भित्र लुकाउनेनी उस्तैनसोधेर एता मन दुखाउनेनी उस्तै यसरी त कहाँ हुन्छ समस्या पो उब्जिन्छ झन अनि म बुज्दिन तिमी नबुझाउनेनि उस्तै।। मुक्तक 2 सधैं मलाई फकाउछौ सानी भनेर कति राम्रो छ है तिम्रो बानी भनेर ! हो कि झिल्के मुख मा राम बगलिमा छुरा?? कुरा गर्छौ सधैं घुम्न...

मुक्तक

जिवनको लक्ष के हो? निश्चित हुनु पर्यो । पढ्ने लेख्ने कक्ष के हो? निश्चित हुनु पर्यो । पोष्ट विना फुटबलमा, गोल कसरी हुन्छ, बोल्ने सोध्ने पक्ष के हो? निश्चित हुनु पर्यो ।   ...

मुक्तक

परिवर्तित सोच ,जोश ,जाँगर भरौं अब युवा आफ्नै देशमा बसी आर्थिक क्रान्ति गरौं अब युवा पौरखी हात र पसिनाले मातृभूमी सिचाउँदै उन्नती र प्रगतिका शिखर चुम्नतिर सरौं अब युवा ।। ...

मुक्तक

बाजी सबैले यहाँ जितेको हुॅदैन भाउमा सबैनै यहाँ बिकेको हुॅदैन लाग्छ सबै माथि लाग्छ सङ्का ठाउँमा अधिकांश टिकेको हुॅदैन । ...