साहित्य गतिबिधि

भानुजयन्तीमा कविता लेखन तथा वाचन


काठमाडौँ, असार २९ गते ।
आदिकवि भानुभक्तको २०५ औँ जन्मजयन्तीको अवसरमा टोखा नगरपालिकाव्यापी अन्तर मा.वि. कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भयो । टोखा न.पा. को आयोजना र तिलिङ्गटार मा.वि. को व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा नगरभित्रका १४ वटा स्कुलबाट एकजनाको दरले १४ जना छात्रछात्राहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा मनोहर मा.वि.की छात्रा निशा रोका मगर (कक्षा–९) प्रथम भइन् भने इडन वृज एकेडेमीकी छात्रा सदीक्षा वाग्ले (कक्षा–९) द्वितीय हुनपुगिन् । त्यसैगरी तिलिङ्गटार मा.वि.का सञ्जय मिश्र (कक्षा–९), काठमाडौँ विद्याकुञ्ज मा.वि.की प्रियङ्का पन्त (कक्षा–९) र त्रियोग मा.वि.की विद्या थापा (कक्षा–९) तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि टोखा न.पा.का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले विजयी भाइबहिनीहरूलाई शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्दै बदलिएको राजनैतिक र प्रशासनिक परिवर्तन अनुसार नगरपालिकाले साहित्य र शिक्षामा लगानी गर्दैजाने कुरा बताउनुभयो । त्यस अवसरमा वडा नं. ७ का सदस्य सानुराजा वस्नेतले असल नागरिक बन्न साहित्य र कलाको ठूलो भूमिका रहेने उल्लेख गर्नुभयो ।
तिलिङ्गटार मा.वि. का प्रधान अध्यापक सरोजकुमार पाण्डेको सभापतित्वमा सम्पन्न प्रतियोगिताको निर्णायकमा प्रा.डा. शैलेन्दुप्रकाश नेपाल र साहित्यकार उमेश पाण्डे रहनुभएको थियो ।

आइत, साउन २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

कुलपति उप्रेतीलाई बधाई तथा शुभकामना

काठमाडौँ, असो २२ गते । दोस्रो कार्यकालको लागि पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त भएर आउनुभएका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीलाई संसाक मासिकको अगुवाइमा आज विभिन्न साहित्यिक संस्थाहरूले बधाईको साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । संसाक मासिकका सम्पादक तथा प्रकाशक एवम् बधाई तथा शुभकामना कार्यक्रमका संयोजक...

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला तथा बिजय दशमीकाे शुभकामना कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला सष्टा सम्मान तथा बिजय दशमीकाे शुभकामना अादान प्रदान कार्यक्रम भब्य साथ लुनार स्कुल गाेङ्गबुमा सम्पन्न गरियाे। कविता बिधाका शिखर पुरूष तुलसी दिवसकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा सिक्किमबाट अाउनु भएकि गायिका, नायीका तुलसा शर्मलााई स्वागत तथा सम्मान गरिएकाे थियाे...

साहित्यकार छविरमण सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ बिमोचन

काठमाडौं: साहित्यकार छविरमण सिलवालले आफ्नो एक हप्ते लण्डन यात्रा वर्णनलाई समेटेर नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ पस्केका छन्। बुधबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कृति सार्वजनिक भयो। विमोचनमा समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा लक्ष्मणप्रसाद गौतम, डा गीता त्रिपाठी,  साहित्यकार एव‌ं पत्रकार फुलमान वल, ज्ञानु अधिकारीलगायत सहभागी थिए। शाब्दिक बुक्सले...

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...