कविता

“धराप” कविता

-पुनाराम कर्यावरिक्का दंगीशरण गाउँ पालिका ४ दाङ


कुहिएका छन् पोलहरू
झोलिएका छन् तारहरू
थाहा छैन
कुनबेला करेन्ट चुहिएर
घर घरमा फैलिन्छ
यस्तै छ पश्चिम तराई दुर्गम क्षेत्रका
गाउँ गाउमा बस्ति बस्टिमा
हरेक गाउँ बस्तिका
बासिन्दा त्रासै त्रासमा बाच्न बाध्य छन्
बितरण लाईनबाट करेन्ट चुहिएर
बर्षदिनमा छ,सात जनाले
ज्यान गुमाईसके
तर,
तर पनि स्थानिय निकाएको
कुनै ध्यान पुगेकै छैन
झम झम पानी पर्दा घरमा बिजुलीको
स्विच छुन समेत डराउछन्
गुल्सेलि बासिन्दाहरू
लाईन लथालिङ्ग छ
स्विचमा पनि बिद्दुत चुहिएको छ
यसरी नै बारम्बार घटना भैरहेको छ
स्विच थिचेकै भरमा
गुल्सेलिहरूको ज्यान गएको छ
केही महिना अघि गुल्सनपुरमा
लत्रिएको तारबाट करेन्ट चुहिदा
दुई गन्थनेहरूको ज्यान गयो
जतिबेला नि करेन्ट लाग्ने खतरा
जताततै झोलिएका तारको धराप
स्विच थिच्न र तारछेउ जान डरै डर
गुल्सनपुर, लखनपुर,खटनपुर,मखनपुर
टोकनपुर गाउँ यी त नमुना मात्रै भए
यस्ता बिजुलीको तारले धराप बनाएका
गाउँहरू कतिछन कति
तर पनि कसैको ध्यान पुगेकै छैन
कसैको ध्यान गएको छैन
सम्बन्धित निकाए मौन छ
पोल र तार जिर्ण छन
गुल्सेलि बासी चिन्तित छन
कुनैपनि निकाएबाट सुधारको कार्य गर्न
पहल भएको छैन
यस्तै छ धरापमा परेको जिन्दगी
मनमा त्रासै त्रास लिएर
धरापै धरापमा बाचिरहेका छन
बाचिरहेका छन ।।

आइत, साउन २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

स्वस्थ मुटु स्वस्थ जीवन

स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा। स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।   आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा, आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा,   जिन्दगीको मूल्य कति, कसले भन्न सक्छ ? के मुटु झैँ, अविरल, कोहि चल्न सक्छ ?   ढुकढुकीको संगित यो, कस्तो सुमधुर । शब्द भर्छौँ जिवनको, यसमै सधैँभर...

रँगिन तकिया

देश ,तिम्रो तकिया होइन फुर्क्याउँदा फुर्क्याउँदै जे मन लाग्यो त्यही गर्ने उकालो चढदै गरेको बेला भेटिएको नयाँ बटुवा जस्तो असाध्यै अदबसाथ सम्मानित ब्यबहार गर्नजान्नुपर्छ देशलाई शिरमा त राखेको छु भन्छौ सधैँ थिचिरहन्छौ शिरलेनै आँसुले डुबाएपनि सहेकैछु र्याल सिँगान लतपतिएपनि सहेकैछु ठाउँ कुठाउँ च्यापेपनि सहेकैछु ठाउँ कुठाउँ भाँचेपनि सहेकैछु सजाउँदा पनि ठीक असरल्ल ओछ्यानभरि फालिँदिदा पनि ठीक साच्चै के फरक भयो...

अल्मलिएको छु……

त्यो परको क्षितिजको यात्रामा गन्तब्य हराएर खै म कता कता कता म धेरै चोटी अल्मलिएँ अवाक आफै बिलिन भएँ। कुनै सहरको कथित मानव बस्तिको सिद्धान्त बिहिन एउटा समाजको भिडमा म आफै सङ्ग हराएँ। सयाद ! म हराउँदै छट्पटाउँदै दर्शनको सहारामा बाँच्न रहर गरिरहँदा मेरा सिध्दान्तहरु दिन प्रतिदिन पल पल मुर्छित छन । थाहा छैन अन्त्य, मेरो पहिला वा मेरा सिद्धान्तको? जहाँ एउटा मानब समाज अबोध बालक झैं पिडाहरु भुलेर भित्र भित्रै...

काण्ड !

निर्मलाको कुरा निर्मल बनाएर पिइयो सकियो । सरिता शर्मिला सिर्जना र गंगामायाको अध्यायको शुरूवात भएको छ । पुरै देश बधशाला भएको छ । जहाँ मान्छेको बध हुन्छ दैनिक बुद्ध ,बौद्ध र बम्जनको नाममा । मन्त्री प्रधानमन्त्री सांसदकै छोरी भए मात्रै काण्ड हुने । हिमालले ठिहिर्‍याएका कलिला मन आनीको सरल शान्त सहज जीवनको सपना देख्नु अपराध हो ?? राज्य...

स्वदेशी माया

विदेश जान यो मन भ्रान्त फर्केर सोच्दा म भएँ शान्त यो पुन्य भूमि नेपाल हाम्रो विश्व भरिको म ठान्छु राम्रो यो देश छाडि विदेश जान्न पराईको म त सास्ती खान्न सेवा म गर्छु नेपाललाई छाडेर जाँदिन लौ रुवाई गुजारा धान्न मिलेन रोटी खाडी पुगे कति चेलीवेटी रोटी मिले किन जान्थे होला विदेशीको किन बोक्थे झोला छाडेर गए...

हाम्राे कुकुर

भुक्ने कुकुरले टाेक्दैन भन्थे साँच्चै हाे रहेछ छिमेकीलाई भुके झैँ गरेर पुच्छर हल्लाउछ किनकि कुकुरकाे स्वार्थ र उदेश्य छीमेकीकाे घरकाे पनि जुठो भात खान पाउनु हाे तर हाम्रो घरकाे कुकुर अलिक फरक छ उ घरकालाई भुकेर हैरान कटाउछ टाेक्नै लाग्छ तर छिमेकीको अभिवादन गर्छ पुच्छर हल्लाउछ हामीले दिएकाे मासुभात छाेड्छ तर छिमेकीले दिएकाे बासीभात खान्छ हाम्राे कुकुर अाफ्नालाई भुकेर कडा भएकाे अाभाष दिलाउछ तर छिमेकीलाई दण्डवत गर्दै पुच्छर हल्लाउछ किनकि...