अर्थ

झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त


साउन, काठमाडौं । शनिबार दिउँसो झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त थिए । उनीहरु साना ठूलो खाल्डाखुल्डी एकएक पुरिरहेका थिए । झरिका बीचमा पनि काम गरेको देख्नेहरुलाई लाग्यो, ढिलै भएपनि सरकारले जनतालाई परेको पीर मर्का बुझ्न थालेछ ।’

नयाँ बानेश्वरमा मात्र होइन, आजभोलि मूल सडकहरुमा जतातातै काम भइरहेको छ । नगरुन पनि किन ? भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आफैं बेला-बेलामा सडक अनुगमनमा निस्कने गरेका छन् र जुन सुकै हालतमा होस्, भदौ १२ गतेसम्म सबै सडकको खाल्डा पुर्नु परेर निर्देशन दिएका छन् ।

 

मध्य वर्षामै सडकका खाल्डाखुल्डी पुर्न थालिएछ नि भन्ने प्रश्नमा सडक विभागका एक अधिकारीले भने, ‘विदेशी राष्ट्र तथा सरकार प्रमुखहरु आउँदैछन् भन्ने थाहा छैन ?’

हो, भदौ १४ र १५ मा काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -विमिस्टेक) को शिखर सम्मेलन काठमाडौंमा हुँदैछ । सम्मेलनका लागि भारतका साथै बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र तथा सरकार प्रमुखहरु काठमाडौं आउनेछन् ।

त्यही सम्मेलनका लागि धमाधम चत्रपथभित्रका सडकहरु मर्तमसम्भारको काम भइरहेको छ । मन्त्री महासेठले दिन-दिनै कामको प्रगति विवरण लिने गरेका छन् ।

सडक विभागलाई भने मध्य बर्षामा कसरी सडकलाई सुन्दर र आकर्षक बनाउने भन्ने तनाव छ । एरपोर्टबाट तीनकुने, बानेश्वर-थापाथली-टेकु हुँदै सोल्टी मोडसम्म जाने सडकलाई सबैभन्दा प्राथमिकता राखेर मर्मत तथा सुधारको काम भइरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडिबाट तीनकुनेसम्म सडकको दायाँबायाँ फूलबारी निर्माण गरिँदैछ । यसमा नेपाल टेलिकमलाई सहभागी गराइँदैछ ।

यस्तै त्रिपरेश्वर-महाराजगञ्ज, सिनामंगल-रत्नपार्क, रत्पपार्क आसपास, रिंगरोड, ललितपुर पाटन दरबार क्षेत्र र भक्तपुर जाने सडकमा खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । पानीमै प्रयोग गर्नै सकिने बिटुमिन (अलकत्रा) प्रयोग गरेर खाल्डा-खुल्डी ‘प्याचअप’ गर्ने काम भइहरेको दावी विभागका अधिकारीहरुको छ ।

मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने र सडकमा सडक संकेतको व्यवस्थासमेत गरिँदैछ ।

ढल निकास विभागलाई पानीका कारण समस्या भएका क्षेत्रको पहिचान गरी आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ । पानी जम्न नदिने तथा धुलो नउड्ने अवस्था सिर्जना गर्न निर्देशन दिइएको छ ।

ऊर्जा मन्त्रालयले सडक निर्माणमा अवरोध गरेका पोलहरु सात दिनभित्रै हटाएर नयाँ पोल गाड्दैछ । यसरी मुख्य सडकमा ‘जादुयी’ तवरले काम गर्ने योजना छ ।

हुन त विदेशी पाहुना आउँदा सडकलाई चिरिच्याट्ट पार्ने प्रचलन नेपालमा नौलो होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा चाबहिलबाट हायत होटल अगाडिसम्म कालोपत्र रहेको सरकारले त्यसअघि र पछि सडकको दुरावस्था देखेन । अहिले पनि ठूलो पानी पर्नासाथ त्यो बाटो हिँडिनसक्नु हुन्छ ।

 

सोम, साउन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अर्थतन्त्रको अवस्था दिनानूदिन कमजोर बन्दै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडा आत्तिन थाले

काठमाडौं । अर्थतन्त्रको अवस्था दिनानूदिन कमजोर बन्दै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडा आत्तिन थालेका छन् । अर्थमन्त्री भएको ५/६ महिनासम्म ब्यापार घाटादेखि डराउनु नहुने तर्क राख्दै आएका अर्थमन्त्री अहिले त्यही ब्यापार घाटा देखेर कहालिन थालेका छन् । ‘मन्त्री हुनुवित्तिकै अर्थमन्त्रीज्यू अर्थतन्त्रलाई सजिलै ट्र्याकमा ल्याउँछु भन्नुहुन्थ्यो । तर,...

जापानमा नेपाली श्रमिक पठाउने गरी तयारी तीव्र पारिए

माघ,काठमाडौं । जापानमा नेपाली श्रमिक पठाउने गरी तयारी तीव्र पारिएको छ । आगामी अपि्रलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारेका छन् । यसका लागि नयाँ संयन्त्र निर्माण गर्न नेपाल र जापान सहमत भइसकेका छन् । हाल नेपाल कामदार लैजान जापानले पठाउने मोडालिटीको...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सहयोग जुटाउन ‘धुर्मुस’ र ‘सुन्तली’ सोमबार मलेसिया प्रस्थान

काठमाडौँ। धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सहयोग जुटाउन सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जन घिमिरे ‘सुन्तली’ सोमबार मलेसिया प्रस्थान गरेका छन्। क्रिकेट रङ्गशाला निर्माणको लागि सहयोग जुटाउन मलेसियामा ‘धुर्मुस सुन्तली साँझ कार्यक्रम’ हुँदैछ। मलेसियाको विभिन्न सहरमा आयोजना हुनेछ उक्त कार्यक्रममा...

सुगतरत्न वाइडबडी खरिद प्रकरणका मुख्य मान्छे

पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले भित्र्याएका २ वटा वाइडबडी विमान खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले शुक्रबार बैठक डाकेको थियो । सो बैठकमा अधिकांश सांसदहरु निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारविरुद्ध केन्द्रित भए । केही सांसदले उनलाई ‘भ्रष्टाचारका महानायक’ बताए भने केहीले चाहिँ ‘पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा...

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरे

 महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा संलग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम...

भारत र चीनबाट आउने रेलको भेट चोभारमा हुनेछ

 मंसिर, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको रक्सौल-काठमाडौं रेलमार्ग ब्रोडगेज कि स्टाण्डर्ड गेज भन्ने अझै टुंगो नभएको खुलेको छ । भारतले यो रेलमार्ग ब्रोडगेजमै बनाउन प्रस्ताव गरेको छ । नेपालले भने आधुनिक प्रविधिमा जान आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी...