पर्यटन

चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द


दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ ।

 

अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो ।

यो झरनाले पर्यटकबाट हुने आम्दानीबाट यसको सञ्चालन खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको थियो । जसका कारण यो झरना अहिले चीनमा मजाकको विषय बन्ने गरेको छ । सोँच विचार नगरिकन गरिने कामको उदाहरण दिनुपर्दा मानिसहरुले उक्त झरनाको नाम लिने गरेका छन् ।

गुइयांग सहरमा बनेको १०८ मिटर अर्थात् ३५० फिट उचाइको टावरमा उक्त झरना रहेको छ । यो दुई वर्षअघि मात्र तयार भएको हो । त्यसयता यसलाई केवल ६ पटकसम्म मात्र सञ्चालन गरिएको छ ।

उक्त टावर निर्माण गरेको कम्पनीका अनुसार स्थानीय शुष्क वायुलाई ओसिलो बनाउनमासमेत झरनाले भूमिका खेल्ने विश्वास गरिएको थियो । तर, यो अग्लो टावरमा निरन्तर रुपमा टुप्पोमा पानी पूराएर झरना सञ्चालन गर्दा खर्च अत्यधिक भएपछि झरना बन्द गर्ने निर्णयमा यसका मालिक पुगेका छन् । एजेन्सी

सोम, साउन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

तिर्थ पदयात्रा पर्यटन र बागमती सभ्यता

नेपाल पद यात्रा पर्यटनको लागि बिश्व प्रसिध्द छ । हामीले यसलाइ सधै कायम राख्न  सक्नु नै बाह्य पर्यटनको क्षेत्रमा उज्वल भबिश्य देख्नु हो।  पदयात्राको मार्ग नया नया पहिल्याउनु पर्दछ।  पहिलेका पद यात्रा मार्गमा बिभिन्न भौतिक निर्माणहरुले बिस्तारै गुणात्मकमा ह्रास ल्याइराखेको हुन्छ जुन हामीले थाहै नपाइ भैरहेको...

काभ्रेको उग्रचण्डी नालामा यसकारण चाहिन्छ ग्रामीण होमस्टे पर्यटन

कृषि तथा प्राकृतिक पर्यटन ,धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनमा उग्रचण्डी नालालाइ  काभ्रेको केन्द्र  नै बनाउनु पर्दछ। उग्रचण्डी नाला यसको आसपासको क्षेत्र पनि उत्तिकै आकर्षक र मनोरम छ । यहाँको रहनसहन, धार्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वमा हामीले त्यसको अवधारणा विकसित गर्न सक्नुपर्छ । नाला आफैँमा एउटा सुन्दर सानो शहर...

रानीकोटदेखि नालासम्म

भाद्र १, २०७५ कान्तिपुर संवाददाता काठमाडौँ — भक्तपुर प्राचीन राज्यको राजधानी हो, जहाँ कलात्मक कलाकृतिसँगै पुस्तौंअघिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणमात्र होइनन्, यस जिल्लामा आन्तरिक र बाह्य पर्यटकको मन जित्ने अन्य स्थानहरु पनि छन् । काठमाडौं उपत्यकाको कोलाहल, भीडभाड,...

नाला तन्चोकमा आकर्षक भ्यु टावर

विश्वमा नेपाल पदयात्राको लागि र हिमाल हेर्नको लागि उत्कृस्ट देश हो । नेपालमा आउने धेरै जसो पर्यटकहरु पदयात्राको लागि आउछन यसै कुरालाई मध्ये नजर गरि जागारुक युवाहरुले अर्को नगरकोट बनाउन नाला तन्चोकमा आकर्षक भ्यु टावर बनाइ रिसोर्ट संचालन गरेका छन् । चार ,पांच जनाको समुह बनाइ करिब...

पूर्वलडाकुको मुख्यालय रहेको शक्तिखोर युद्ध पर्यटकीय केन्द्र !

साउन, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीको तेस्रो डिभिजन रहेको शक्तिखोर व्यारेक भएको स्थानलाई युद्ध सम्बन्धी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।   चितवनको भरतपुरमा भएको पर्यटन विकास सम्बन्धी छलफल कार्यक्रममा स्थानीय कालिका नगरपालिकाका तर्फबाट गरिएको प्रस्तावमाथि टिप्पणी गर्दै...

फस्टाउँदै पर्यटन

फस्टाउँदै पर्यटन याेगेश ढकाल नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी...