साहित्य गतिबिधि

सुरभिको साधारण सभा तथा पुरस्कार वितरण


काठमाडौँ, श्रावण १९ गते शनिबार ।

सुरभि साहित्य प्रतिष्ठानको दसौँ साधारण सभा, वेदमणि–सुरभि आख्यान वाचन पुरस्कार २०७४ तथा नियमित मासिक आख्यान वाचन कार्यक्रमको ९५ औँ शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । दुई चरणमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा साधारण सभा र दोस्रोमा आख्यानवाचन र पुरस्कार वितरण भएको थियो ।
पहिलो चरणको कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । त्यसपछि पुरानो कार्यसमिति भङ्ग भई नयाँ कार्यसमितिको गठन भएको थियो । अध्यक्षमा बाजुराम पौडेल, उपाध्यक्षमा परशुराम पराशर, सचिव अच्युत घिमिरे, कोषाध्यक्ष रामकुमार पण्डित क्षेत्री, सहसचिव सुशीला खड्का हसिना, सदस्यहरूमा मेनका पोखरेल आचार्य, नगेन्द्र भट्टराई नयाँ कार्यसमितिमा नियुक्त हुनुभएको थियो ।
दोस्रो चरणमा नियमित आख्यान वाचन र पुरस्कार वितरणको कार्यक्रम रहेको थियो । आख्यान वाचनमा गोपाल बरालले नियात्रा, भूधरा उपाध्याय, रञ्जना पराजुली लम्साल, सागर सुवेदी, रमेश भट्टराई पुजारी, मनुसा भट्टराई, बखतबहादुर थापा, डम्बर घिमिरे र रामेश्वर फुयाँलले कथा वाचन गर्नुभएको थियो भने पवित्रा अधिकारीले निबन्ध वाचन गर्नुभएको थियो ।
कार्यक्रममा कथाकार रमेश भट्टराई पुजारीलाई वेदमणि–सुरभि आख्यान वाचन पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले नियमित आख्यानवाचन गराउने सुरभिको कार्य स्तुत्य छ भन्दै नेपाली रचनालाई अङ्ग्रेजीमा राम्रो अनुवाद गरे नोवल पुरस्कार पाउने कुरा राख्नुभयो । विजय चालिसेले राज्यले सुरभि साहित्य प्रतिष्ठानजस्ता अलग पहिचान बोकेका संस्थाहरूलाई टेवा पु¥याउनुपर्र्नेे कुरा उठाउनुभएको थियो । राममणि पोखरेलले सुरभिलाई फराकिलो बनाउनु पर्ने सुझाब दिनुभयो । रामेश्वर फुयालले गाउँ सहर एक बनाउने साहित्य लेखिनुपर्ने भन्दै साहित्यलाई उत्पादनमुखी बनाउनुपर्छ भन्नु भयो । कार्यक्रममा साउन पन्ध्रको सम्झनास्वरुप खिर खाजा खुवाइएको थियो । 

सोम, साउन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नारी साहित्यकाहरूद्वारा सम्पादित संयुक्त गजल सङ्ग्रह विमोचन

भदौ २ शनिबार , डिल्लीरमण पुस्तकालय लाजिम्पाटमा एक कार्यक्रम गौरी पब्लिक रिलेशन एन पब्लिकेसन्सको अायोजनामा अभिप्सा संयुक्त गजल सङ्ग्रहकाे विमाेचन सम्पन्न गरियाे । कार्यक्रम विद्वान लेखक तथा अनुवादक तिलकप्रसाद लुइटेलकाे सभापतित्वमा डा. घनश्याम परिश्रमीकाे प्रमुख अातिथ्यता र पाेष्टराज चापागाईंकाे विशिष्ट अातिथ्यतामा सु – सम्पन्न भएकाे...

परिवर्तनको लागि मानव समाज नेपालको गोष्ठी सम्पन्न

काठमाडौ, भाद्र अाज मिति २०७५/०५/०२ गतेका दिन परिवर्तनका लमगी मानव समाज नेपाल संस्थानको भृकुटीमण्डपको पर्दशनी हलभित्र विहानको ७:३० बजेबाट कार्यक्रम सुरू भई कार्यक्रम अन्तर्गत छलफलगोष्ठि तथा संस्थालाई सल्लाहकार अावश्यक परेको हुँदा सल्लाहकार समित चयन तथा गठन कार्यक्रमका सभापति राजन न्यौपानेको सभापतित्वमा अौपचारक रूपमा ठिक ९ बजे...

गाेङ्गबु साहित्य समाजकाे २८ अाैं काव्य श्रृङखला सम्पन्न

बरिष्ठ कथाकार, हिरण्य कुमारी पाठककाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे अाजकाे कार्यक्रममा ४५ जना सर्जकहरूबाट कविता, गीत, गजल सुनेर सुनाएर भब्यरूपमा कार्यक्रम सम्पन्न भयाे।बिशिष्ठ अतिथि नेपाल साहित्य परिषद यु. के का सह अध्यक्ष डा. गाेपाल पाैड्याल”मण्डने” सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, डा. सत्यराज थपलिया,कवि पत्रकार...

अक्षरमार्गको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

आज अक्षरमार्गको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अक्षरमार्गले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा महत्त्वपूर्ण योगदान गर्ने चार स्रस्तालाई आफ्नो वार्षिक उत्सव पारेर सम्मान गर्दै आएको छ ।यो वर्ष यसरी सम्मानित हुनेहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी...

प्रा.डा. विदुर चालीसेको नयाँ कविता संग्रह ‘स्मृतिको पहाड’ सार्वजनिक

काठमाडौं । प्रा.डा. विदुर चालीसेको नयाँ कविता संग्रह ‘स्मृतिको पहाड’ बुधबार काठमाडौंमा सार्वजनिक गरियो । समकालीन साहित्य प्रतिष्ठान, बेलायतको आयोजनामा सम्पन्न कार्यक्रका अतिथि वरिष्ठ कवि तुलसी दिवशलगायतले उक्त काब्य कृतिको विमोचन गरे । कार्यक्रममा कवि तुलसी दिवशले कवि डा. चालीसेको काव्य प्रवृत्तिका बारेमा चर्चा गर्दै उनको काव्य...

भानुजयन्तीमा कविता लेखन तथा वाचन

काठमाडौँ, असार २९ गते । आदिकवि भानुभक्तको २०५ औँ जन्मजयन्तीको अवसरमा टोखा नगरपालिकाव्यापी अन्तर मा.वि. कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भयो । टोखा न.पा. को आयोजना र तिलिङ्गटार मा.वि. को व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा नगरभित्रका १४ वटा स्कुलबाट एकजनाको दरले १४ जना छात्रछात्राहरूको सहभागिता रहेको थियो...