प्रमुख समाचार

एसियाकै पहिलो र एकमात्र आदिवासी जनजातिहरुको टेलिभिजन (ईण्डिजिनियस टेलिभिजन) को दोश्रो वार्षिकोत्सव

--आशिष तामांग


नेपालको तथा एसियाकै पहिलो र एकमात्र आदिवासी जनजातिहरुको तथा अन्य सबै समुदायहरुको विशेष मुद्दा बोकेको टेलिभिजन “ईण्डिजिनियस टेलिभिजन” को दोस्रो वार्षिकोत्स श्रावन २२ गते सांस्कृतिक संस्थान (रास्ट्रिय नाचघर,जमलमा) भव्यताका साथ मनाईने भएको छ । बिगत २ वर्ष देखि २४सै घण्टा रास्ट्रिय तथा अन्तरास्ट्रिय बिषयवस्तुलाई रास्ट्रीय तथा अन्तरास्ट्रिय समुदयामा नै सत्य,तथ्य र निस्पक्ष रुपमा विभिन्न सामाग्रीहरु प्रसारण गर्दै आईरहेको यस “ईण्डिजिनियस टेलिभिजन” छोटो समयमा सबै सामु निक्कै नै लोकप्रिय बन्न सफल भएकोछ । आफ्नो मौलिक कलासंस्कृति,भाषा तथा भेषभुसाको सरक्षण संवर्धन र बिस्तार तथा सुस्वास्थ्य, मनोरंजन, जनचेतना, राजनीति आदि इत्यादि जस्ता मुख्य समाचारहरु सबै समुदाय सामु सुसूचीत गर्नु नै यस टेलिभिजनको मूल उदेश्य हो ।

१३ वटा भन्दा बढि भाषामा कार्यक्रम प्रसारण हुने यस टेलिभिजनमा अंग्रेजी तथा चाईनिज जस्ता अन्तरास्ट्रिय भाषाको समेत कार्यक्रम प्रसारण हुने गरेको कुरा टेलिभिजनका अध्यक्ष “देव कुमार सुनुवार” बताउनु हुन्छ । नेपाली समाजको भाषिक साँस्कृतिक विविधता र विशेषत आदिवासी जनजातिहरुको भाषिक संचारलाई समावेशी ढंगले प्रवर्द्धन गर्दै अघि बढ्नु नै यस टेलिभिजनको मूल कार्य हो र सदैव यसै कार्यमा निरन्तर अघि बढिरहने कुरा पनि “खोज अनलाईन” लाई जानकारी गराउनुभयो ।

नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट २०७१ साल चैत्र २० गते इजाजत प्राप्त गरि, २२ औं आदिवासी दिवस अर्थात ९ अगष्ट २०१६ बाट प्रसारणको शुरुवात गरेको यस “ईण्डिजिनस टेलिभिजन” ले अब भने गौरवान्भित तेस्रो वर्षमा प्रवेश गरेको हो ।

दिउँसो १२ः३० बजेदेखि साँझ ४ बजे सम्म जमलस्थित नाचघरमा हुने यस टेलिभिजनको दोस्रो वार्षिकोत्सवमा मिडियाका विविध विषयबारे रोचक मञ्च सम्वाद कार्यक्रमहरुसँगै साँस्कृतिक झाँकीहरुको विशेष प्रस्तुति रहने बताईएको छ । जहा मुख्य अथितिका रुपमा वाङ्ग्मय शताब्दी पुरुष “सत्य मोहन जोशी” को उपस्थिति रहनेछ भने अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहनेछ ।

 

 

यस गौरवान्भित दोस्रो वार्षिकोत्सवको अवसरमा समग्र “ईण्डिजिनियस टेलिभिजन” परिवारमा उत्तरोत्तर प्रगतिको कामना साथै नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहोस भनि निस्पक्ष मेडिया प्रा.लि कामना गर्दछ ।

सोम, साउन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते

सांकेतिक तस्वीर ३० साउन, काठमाडौं । नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते भएका छन् । सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । विपरीत दिशाबाट आउँदै गरेको मिनी...

सरकारले आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरे

साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।   सरकारले आफ्नो उपलब्धीको...

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा गर्भपतन गराउनेको संख्या वर्षेनी बढ्दै गए

साउन, डडेल्धुरा । प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै डाक्टर अभाव छ । तर, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि गर्भपतन गराउनेको संख्या भने वर्षेनी बढ्दै गएको छ । अस्पतालमा एक जना मेसुसहित २१ जना कन्सलटेन्ट...

भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले छानबिन गर्ने

साउन, काठमाडौं । भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् ।   काठमाडौं काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा...

 हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी

२३ साउन, हेटौँडा । हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी भईरहेको छ । विहान करिव साढे ९ बजेदेखि आगलागी शुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । आगलागी हलको पर्दाको भागबाट शुरु भएको थियो । अहिले पनि आगोका लप्काहरु बाहिर आईरहेको छ भने धुँवाको मुस्लो बाहिर निस्करहेको छ । हेटौँडा...

अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा

साउन, काठमाडौं । अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।   शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार...