कविता

गाँस,बाँस,कपास

-पुर्व सेनानी टंक बहादुर खत्री ,नाला ,बनेपा -३ ,काभ्रे


 झर्को लाग्दो कुरा गरी नबिगारौं नाम।
जनताको भोक मेट्न पैला गरौँ काम।
गाँस,बाँस,कपासको पैला कुरा सोचौं ।
रेलमार्ग सुरूङ्ममार्ग अनि खन्न खोजौ।
गरिबीको रेखामुनि हामी पर्यौ तल।
छिमेकीको दाजोतीर पुग्न गरौँ बल।
मिलजुल काम गरौँ देश बन्छ राम्रो ।
जडीबुटी खनिजको भण्डार छ हाम्रो ।
जलस्रोत भा`को देश अङ्ग्रेजले ताके।
हाम्रा पुर्खा सपुतले जोगाएर राखे।
यो देशको उत्थानमा लागौं हामी सबै।
भाइभाई झगडामा नरूमलिउ कवै।
अान्तरिक कलहले पराइले हेप्छन।
अशान्तिको दुख पीडा जनताले खेप्छन।
विकासको काम गर्न बनौं एकजुट।
जनतामा कहिल्यै पनि नल्याउ है फुट।

बुध, साउन २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाल दिवसको शुभकामना

खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी। हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी। सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।। कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी। कोही बलात्कार,अपहरण कोही फोहोर थुप्रोमा भने हुन्छ शोषकहरू स्वाभीमान नै खाइयो भनी। प्रगतीका नक्षत्र...

कमिसनको खेती

निरङ्कुस शासनको कुनै काम छैन गणतन्त्र नेपालमा अब नभै भै’न भन्ने पनि हामीनै हो गणतन्त्र आयो अहिले त जनताले झनै दुःख पायो   थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने जम्बोटोली लिएर नै विदेशमा जाने रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा नेपालीका छोराछोरी विदेशको बास   न्याय माग्न जाँदाखेरी पुलिसको डन्डा सत्ता भत्ता यिनैको भो गरे भागबन्डा जनताको पिरमर्का...

संसारले देख्छन्

मन, बुद्धि अहंकार चित्त दुई जोडा यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ अहंकारी चित्तआई बाटो छेकी दिन्छ । यिनै दुई आइबस्छन् डेरा जमाएर जान्ने सुन्ने वनिकन आफै रमाएर चारै वेद ज्ञाता थियो त्यो रावण पनि मुनुष्यको कर्म छाडी दैत्य भयो अनि ।। आन्तरिक स्थितीमा हेरफेर हुदा ठुलालाई पनि हेर कुबुद्धिले छुदा चन्द्रमाले...

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

“तिमी थारू” कविता

तिमि थारु काम गर्छौ मरिमरि घाम पानीसंग लड्दै हिन्दै घुम्दै थारु कोखमा जन्म लियौ सानैमा काममा दौडियो आफ्न काम प्रती सधै आत्मसात गरे कर्म गर्यौ तिमि थारु, आदिबासी जनजाती भुमिपुत्र तराई बासी औलो रोगसंग लड्दै मरुभुमी, सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर उर्बर,अन्न फल्ने खेती योग्य जमिन बनायौ बाघ,भालुसंग लड्दै घर परिवार बचायौ तिमि थारु, सोजो छौ सोजो काम मात्रै जान्छौ सबैले भनेको मान्छौ बोली...

हार्यौ कि जित्यौ?

आमाको ममताले रोकिने पाइलाहरु किन रोकिएनन् अनन्त यात्रामा निस्किनु अघि? बालाई आइडल देख्ने आँखाले उनको संघर्ष किन देखेनन् अविश्रान्त निदाउनु अघि । आमाले गुमाएको सुन्दरता र बाले मरुभूमिमा खर्चेको जवानी भन्दा अर्को ठूलो कुन त्याग चाहान्थ्यौ तिमी तिम्रो खुशीको बदलामा ? आमाका चर्चरी फुटेका गोडा देख्दा मनमा कतै धाँजा फाटेन र? बाको थाप्लामा परेको नाम्लोको डोबले तिमीमा...