प्रमुख समाचार

 हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी


२३ साउन, हेटौँडा । हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी भईरहेको छ । विहान करिव साढे ९ बजेदेखि आगलागी शुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । आगलागी हलको पर्दाको भागबाट शुरु भएको थियो । अहिले पनि आगोका लप्काहरु बाहिर आईरहेको छ भने धुँवाको मुस्लो बाहिर निस्करहेको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल र नेपाल आयल निगमको दमकलले आगलागी नियन्त्रणकको प्रयास गरिरहेका छन् । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।

बुध, साउन २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नुवाकोटमा ट्रक दुर्घटना मृत्युको संख्या निकै

मिनीट्रक दुर्घटना हुँदा नुवाकोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुप्चेश्वरको शिखरबेसीबाट घ्याङफेदी सिसिपुतर्फ जाँदै गरेको बा.३ख ३९१३ नम्बरको ट्रक दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा दुर्घटना भएको हो । ट्रक कच्ची सडकबाट ५ सय मिटर तल तादीखोलामा खसेको छ । मृत्यु भएका आफन्तको (अन्तिम संस्कार)मा सहभागी भएर फर्किंदा उनीहरु शिखरबेसीको सिम्टाङमा...

चीनको नेशनल रेल्वेले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई बुझाए

चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था...

मिस वर्ल्ड प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन (नेकपा)का सांसद र जिल्ला नेताहरु चीन पुगे

मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी का छन् । मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्यामा मिस वर्डको...

प्रधानमन्त्रीले पाएको सुशासन अवार्डमा सवा करोड थपेर युवा र बालबालिकाको हितमा कोष गठन गरिने

मंसिर,काठमाडौं । सरकारले हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको एकजना मन्त्रीले अनलाइनखबरलाई बताए । युनिभर्सल...

देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय

काठमाडौ ।देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्रबीच एकता भइ शक्तिशाली कम्युनिष्ट पार्टी बनेको र दुई तिहाई मत सहित सरकार बनाएपछि अहिले राजा र नेपाली कांग्रेस आत्तिएको छ । राजाको भक्तिगान गर्न गणतन्त्रपछिपनि पछि नपरेको नेपाली सेनालेपनि...

विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू

१५ मंसिर, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका...