साहित्य गतिबिधि

प्रा.डा. विदुर चालीसेको नयाँ कविता संग्रह ‘स्मृतिको पहाड’ सार्वजनिक


काठमाडौं । प्रा.डा. विदुर चालीसेको नयाँ कविता संग्रह ‘स्मृतिको पहाड’ बुधबार काठमाडौंमा सार्वजनिक गरियो ।
समकालीन साहित्य प्रतिष्ठान, बेलायतको आयोजनामा सम्पन्न कार्यक्रका अतिथि वरिष्ठ कवि तुलसी दिवशलगायतले उक्त काब्य कृतिको विमोचन गरे ।
कार्यक्रममा कवि तुलसी दिवशले कवि डा. चालीसेको काव्य प्रवृत्तिका बारेमा चर्चा गर्दै उनको काव्य कलाको प्रशंसा गरे ।
प्रतिष्ठानको नेपाल सम्पर्क समितिका श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा कुमार कोइराला, डा. रेणु जोशी, डा. विदुर चालीसलगायतले बोलेका थिए । उक्त दिनमा सो किताबको मुल्यमा ५०% छुट दिएको थियो /कार्यक्रम बागबजारमा अवस्थित पद्म्ह कन्या कलेजमा संचालन भएको थियो /

 

बिहि, साउन २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...

पुस्तक परिचय:- बर्णमालामा गीत

नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु...

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...