राजनिति

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद्को यस्तो छ निर्णय


हेटौंडा, २३ साउन । प्रदेश तीनको मंत्रीपरिषद बैठक बुधबार बसेको छ । हेटौंडा स्थित मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश ३ सरकारले छ महिनाको अवधीमा गरेको कामबाट मात्रै ‘पूर्ण सन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

हालसम्मका कामको समीक्षा गर्न आयोजित मन्त्रीपरिषद् बैठकले ‘सन्तोषजनक’ मात्रै रहेको समिक्षा गरेको हो ।‘पूर्ण रुपमा सन्तुष्ट भन्न त मिल्दैन तर असन्तुष्ट हुने ठाउँ पनि छैन,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘यो अवधीमा भएका कामहरु सन्तोषजनक छ, कामको स्पिड ठिक छ भन्ने हो ।’

उनले बैठकमा विगतको कामको समिक्षा र आगामी दिनमा कसरी जानेबारे योजना सुनाइएको बताए ।बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागी थिए ।

बुधबारको बैठकमा सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल अनुपस्थित थिए ।प्रदेशको लागि तय भएको कर्मचारी संगठन संरचना पुर्नमूल्याकंन गर्न संघीय सरकारलाई लेख्नेबारे पनि छलफल भएको छ ।

यसैबीच बुधबारको मन्त्रीपरिषद् बैठकले ३ विधेयक स्वीकृत गरी प्रदेश सभा पठाउने निर्णय गरेको छ ।प्रादेशिक स्वास्थ्य तथा पोषणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदका कानून सचिव इन्दिरा दाहाल भट्टराईले जानकारी दिइन् ।यसअघि प्रदेश सभा सचिवालयमा ३ विधेयक दर्ता भइसकेका छन् ।

 

बिहि, साउन २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक

साउन, काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको...

विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिए

साउन, काठमाडौं । विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ । अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने...

स्विमिङ्, कविता र खीर कार्यक्रम सम्पन्न

काठमाडौँ, साउन १५ गते । ‘साहित्यमा सिर्जनाको खोजी’ भन्ने मूल नाराको साथ संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको आयोजना र टोखा केब फन पार्क, टोखाको व्यवस्थापनमा भएको ‘स्विमिङ्, कविता र खीर’ कार्यक्रम टोखा केब, टोखामा भव्य कार्यक्रमका साथ सम्पन्न भयो । खेलकुद समाजका...

नेपाली संगीतमा रि मिक्स किङ्ग लक्ष्मण संजिब पौडेल

 कुनै पनि प्रस्तुतिकरणलाई जिवन्त तुल्याउन निकै मेहनतको आवश्यकता पर्छ । सफलता एकदिनमा मिल्दैन तर सफलता एक दिन अवश्य मिल्छ । सृजना आफैमा नराम्रो हँुदैन । सृजना मन पराउनु वा नपराउनु आ–आफ्नो अधिकारको कुरा हुन जान्छ । तर सृजना नराम्रो रहेछ भन्नु सृजनाको अपमान गरेको हुन...

ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ

साउन, काठमाडौं । प्रहरीले असार ३१ गते ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ गर्‍याे । यो गिरफ्तारीसँगै प्रहरीले काठमाडौंमा भित्रिने साना हतियारबारे नयाँ तथ्य फेला पारेको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले ललितपुरको नख्खीपोटमा पक्राउ गरेका...

नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु

 काठमाडौं । नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल-भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।   नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल...