इतिहास

नालाका ऐतिहासिक ११ मानव निर्मित पोखरीहरु

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,बनेपा -४ ,काभ्रे


मानव निर्मित पोखरीहरु त्यसै बनाएका हुदैन । मानवको आवश्यकता अनुसार आफ्नो उधेश्य पुरा गर्न पोखरिहरुको निर्माण गरेको हुन्छ । पछि त्यही पोखरीमा बिभिन्न किम्बदन्ती र ऐतिहासिकताहरु जोड्दै गएको हुन्छ । काठमाण्डौ  उपत्यकाका साना  ठुला सबै पोखरीहरु प्राय त्यसरी नै बनेका छन् ।  कहिले कहीं पोखरी ठुला मन्दिर बनाउदा इट्टा र माटो लिदा लिदा बनेको खाल्डोलाई पोखरीको रुपमा विकासित गरेको हुन्छ जस्तै भक्तपुरका पोखरीहरु अधिकांश ठुला मन्दिर तथा निर्माण कार्य हुदा बनेका पोखरीहरु हुन् ।  यसरी नै नाला भगवती मन्दिर र नालाका सबै बाटोहरु इट्टाले छाप्दा राम्रा राम्रा पोखरीहरु भक्तपुरको जस्तो बनेका होलान तर बिस्तारै ति पोखरीहरु सबै एक पछि अर्को बिनाश भएर गए । पछिल्लो समयमा नाला क्षेत्रमा स साना एघार पोखरीहरु मात्र अवशेषको रुपमा रहे।

कुनै पनि शहरको बिचमा पोखरी हुनु सामाजिक एवं वाताबरणीय महत्व र स्वास्थ्यका दृष्टि कोण ले समाजको उचित स्वास्थ्य ब्यबस्थापन हो भन्न सकिन्छ । शहर वासीलाई स्वच्छ वाताबरणमा राख्न ती  पोखरिहरुले निकै भूमिका खेल्छ भन्ने कुरा हामीले कहिल्यै पनि बिर्सनु हुदैन ।  हिउँदमा हुने पानीको अभाव पूर्तिका लागि पोखरीमा आकासेपानी संकलन प्रणाली जडान गरिएको हुन्छ । नालामा रहेका इनारहरु र ढुंगे धाराका पानीका श्रोतहरु नै यहारहेका पोखरीहरु हुन् भन्ने कुरा बिर्सनु हुदैन । नाला क्षेत्रमा रहेका एघार पोखरीहरु निम्न प्रकारका छन्

१. पल पुखु (तेल पोखरी ): यो पोखरी नाला शहरको पूर्वमा वाता बन जाने बाटोमा पर्दछ । यसलाई पुन निर्माण गरि निकै आकर्षक बनाउन सकिन्छ । यो पोखरी संगै नाला क्षेत्र कै पुरानो मसलाको ठुलो रुख रहेको छ । रुखको फेदमा शितलता ताप्न चौतारो बनाएको छ । पहिले पोखरीको नजिकै एउटा सुन्दर पाटी पनि थियो रे हाल यो देखिंदैन । यो पोखरीमा महा मंजु श्रीले पाइताला धोएकोले पल्ला पुखु भएको भने जनश्रुति रहेको छ । यो पोखरीको प्रयोग खेतीपाती गरेर आए पछि हात खुट्टा धुने र यापाटोलको घंताकर्ण जलाउदा स्नान गर्ने ऐतिहासिक कार्यमा यसको प्रयोग गरिन्छ । शितलता ताप्न र हरियो बन तथा खेतीपाती हेर्न बिसौनीको रुपमा प्रयोग गरेको पाइन्छ ।

२. नाय पुखु (कोइपा पोखरी ):यो पोखरी कोइपा टोलमा रहेको पोखरी हो । हाल लोप हुनेक्रम मा छ । यस पोखरी बस्तु भाउलाई पानि ख्वाउनको लागि तथा खेतबारिबाट बाट  फर्कंदा हात खुट्टा सर सफाइको लागि प्रयोग गर्दै आएका थिए ।

३.महादेव पुखु (महादेव मन्दिरसंगैको पोखरी ): पशुपति महादेवसंगै रहेको यो पोखरी महादेवको लागी जल चढाउँन यसको प्रयोग हुदै आएको छ ।

४.लक्ष्मी पुखु (इपाटोलमा रहेको पोखरी ):यो पोखरी नालामा दुइचा न्याकेगु कार्य गर्दा स्नान गर्ने , नालाको महा लक्ष्मीको ठुलो रथ बनाउन बेत का डोरी भिजाउन प्रयोग गर्नुको साथै सर सफाइमा पनि निकै काम लाग्ने पोखरी हो । यो पोखरी नालाको इपातोलमा रहेको एक महत्वपूर्ण र शोभनीय देखिने पोखरी हो । नालाको आगो लागि जस्ता अपर झट आइपरेको समस्यालाई यस पोखरीले केहि हद सम्म ठुलो योगदान दिन सक्ने पोखरी हो । यस पोखरीको बारेमा केही  किम्बदन्तिहरु पनि हुनु पर्ने हो ।

५.करुणामय पुखु (करुणामय मन्दिरभित्रको पोखरी ): यो पोखरी करुणामय मन्दिरको कम्पाउण्ड भित्र रहेको अति सुन्दर पोखरी हो । यस पोखरीको प्रयोग सधै सेतो चन्दन घोत्न पानि लिनुको साथै हरेक बर्ष मा एक चोटी करुणामयको स्नान गर्दा प्रयोगमा आउछ । यो पोखरीको बीच भागमा करुनामयलाई स्नान गर्न कलात्मक  मण्डप पनि रहेको छ । यस पोखरीले मन्दिर परिसरलाई निकै शोभा दिएको छ ।

६.गंस पुखु (गंस टोलमा रहेको पोखरी ): गंस टोलमा रहेको यो ऐतिहासिक पोखरी हो । यो पोखरीको बारेमा थुप्रे किम्बदन्ती रहेको हुनुपर्दछ । हिजो आज यो पोखरी सर सफाईको लागि प्रयोगमा आइरहेको छ । यो क्षेत्र अथवा गंस  टोलमा एउटा ठुलै मन्दिर रहेको अनुमान गर्न सकिन्छ । यहा यत्रतत्र पाकेको इट्टा हरु पाउनु ससाना मन्दिरहरु वरिपरि पाउनुले पनि यस क्षेत्रको उत्खनन गर्नु पर्ने देखिन्छ ।

७.च्व पुखु (शिध्दार्थ युनिभर्सिटीसंगैको पोखरी ): यो नालाको शिरानीमा रहेको कृषि प्रयोजन र जंगली जनावरको लागि अति महत्वपूर्ण पोखरी हो । यो चोपुङ्ग पुखु भन्ने शब्द नै लिच्छवी कालिन भएकोले लिच्छवी कालको कैलाश कुट भाभावन को लागि छहरा बनाउन यो पोखरी निर्माण गरेको हुनु पर्दछ । यस बारे थप अनुसन्धान बाकि नै छ तर आफसोच हाल शिध्दार्थ युनिभर्सिटीले मासेको छ ,तर यथासके छिट्टो पोखरीको रुपमा नै बिकास गर्नु पर्दछ ।

८.लायकु पुखु (चन्देश्वरी स्कुलको सत्तर निकालेको भवनमुनिको पोखरी ): नालाको दरवार क्षेत्रको इतिहास सबै नस्ट हुने क्रममा सबै लोप भैसकेको छ ।

९.लायकु पुखु(चन्देश्वरी स्कुलको भित्रको दरवार पोखरी ):यो पोखरी भएको स्थान बिद्यार्थी खेल्ने चाउर  बनिसकेको छ ।

१०.भगवती बगैचा पुखु (भगवती मन्दिरको बगैचामा रहेको पोखरी ): यो पोखरी पनि लोप भैसकेको छ ।

११.नानी चा पोखरी (कृष्ण साहुको बगैचामा रहेको पोखरी ): यो पोखरी भएको थानमा बगैचा बनिसकेको छ । वास्तबमा यहि पोखरीको नजिकै नालाको कुमारी घर रहेको अनुमान लगाउन सकिन्छ । किनकी नानिचा नाम रहेकोले नै कुमारीको अर्को नाम हो ।

नेतृत्वको अदुरदर्शिता र सिमित व्यक्तिको लहडमा नालाका एतिहासिक पोखरीहरु विनाशपथमा गईरहेकोछ । पुरातत्व, ईतिहास र संस्कृति बचाउने अठोट चाहिछ, अठोट अनुसारको साधना निर्माण गर्नुपर्दछ । आफ्नो पुर्खाको सम्पदा जोगाउने र सम्पदालाई बुझ्ने मन चाहिन्छ । नालामा रहेका थुप्रै पोखरिहरुको अतिक्रमण र बिनाशका कारण पनि तत्कालिन स्थानिय निकायहरुका केहि व्यक्तिहरुको राजनीतिक तथा आर्थिक स्वार्थ र राज्य को कमजोरी नीति रहेको थियो भन्ने कुरा स्पष्ट हुन्छ / पोखरीहरु । शहरीकरण र स्थानिय निकायको अदुरदर्शिताका कारण मासिरहेका छन् । यो कुरा घाम जतिकै छर्लंग छ ।

नाला क्षेत्रका जतिपनि पोखरीहरु छन् ति सबैलाई यथासक्य चाडो पुनर्निर्माण गर्नु निक्कै खाचो देखिन्छ । पुरातात्वबिद, वास्तुबिद, सम्पदा प्रेमीहरु र स्थानीय टोलबासी बीच सहकार्य गरि यस क्षेत्रको चाडो भन्दा चाडो पुनर्निर्माणमा जुट्नु आवश्यक छ । हामीले पोखरी वरिपरिका बस्तीहरुको एतिहासिक पक्षलाइ बिर्सनु हुदैन । लिखित ईतिहास मात्रै ईतिहास हुदैन ।

सबै पोखरीको परिचय सम्पादन भै रहेको हुनाले तपाइलाइ लागेको वा थाहा भएको कुराहरु तलको कमेन्ट बक्समा आफ्नो अमुल्य बिचार पोख्नको लागि हार्दिक अनुरोध गर्दछु धन्यबाद ।

शुक्र, साउन २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

तीज पर्व र नाला भगवतीमा घुइचो

हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज हो । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म पनि यो पर्व मनाउदै आएका छन्...

अनलाइन साहित्यिक पत्रकारिता : चुनौती र समस्या

भूमिका मानवको सृष्टिसँगै सूचना आदान प्रदान हुने पुरानो कुरा हो । समाजलाई चलायमान बनाउन एक अर्कासँगको सम्पर्क कायम राख्न तथा एक अर्काको हाल खबर बुझ्न सञ्चार जरुरी पर्दछ । सञ्चारका विभिन्न माध्यामहरू हुन्छन् । पहिले पहिले सीमित रूपमा चिठ्ठीपत्रकोे माध्यमबाट सूचना आदान प्रदान हुने गथ्र्यो भने...

‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ

काठमाडौं । भक्तपुरको बोडेका ६७ वर्षीय प्रेमचन्द्र अदुवा श्रेष्ठको जीवनमा हरेक वर्ष गाईजात्रा सकिनेबित्तिकै नयाँ चटारो सुरु हुन्छ । गाईजात्रापछिका पाँच दिन उनी ‘प्रेमचन्द्र अदुवा श्रेष्ठ’ रहँदैनन् । उनको सिङ्गो समाजले उनलाई ‘देउता’ भनेर पुकार्नेछ । उनी ‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ ।...

सारंगी बाजा

नेपाली लोक बाजामा लोकप्रिय बाजा मध्य सारंगी पनि एक हो ।  सारौँ  चराको जस्तो सुमधुर आवाज दिने भएकाले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । सारंगीको पुरानो रुपलाई नै अरबाजो बाजा  हो । अरबाजो बाजालाई   भाले स्वर बाजा र सारंगीलाई पोथी स्वर बाजा मानिंदै...

काठमाडौँ नगर प्रमुखलाइ चिठ्ठी

श्रीमान नगर प्रमुख ज्यु  काठमाडौँ महानगर पालिका ,काठमाडौँ   बिषय :  दुई सय चवालिस बर्ष अगाडीदेखि रुख काट्दै आएको बारे सहयोगको लागि हार्दिक अपिल महोदय , उपरोक्त सम्बन्धमा प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोराले काठमाडौँमा इन्द्र जात्राको दिन लिङ्गो गाड्ने चलन चलाएका थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि...