कला/मनोरञ्जन

फिल्म ‘पिरिम पर्या छन्’ ले राम्रो दर्शक पाए


आजबाट रिलिज भएको फिल्म ‘पिरिम पर्या छन्’ ले राम्रो दर्शक पाएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको कमेडी फ्लेबरको फिल्मको ट्रेलरमा नायकद्वय जयकिशन बस्नेत र दिलिप रायमाझी श्रीमति पीडित भएपछि ‘तरुनी’ खोज्न सहर पसेको कथाबस्तु छ ।जुन कथा निकै हास्यप्रधान छ । फिल्ममा दिलिप रायमाझी, जयकिशन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, शोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डितलाई देख्न सकिन्छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मसको संयुक्त प्रस्तुति रहेको फिल्ममा विमल ढकालको छायांकन, विकास चौधरी र विनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गरेका हुन ।जय र दिलिपको अभिनय सबैको रोजाइमा परेको छ । यसअघि कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् ।

शुक्र, साउन २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सपना बोकेर सहर छिरेकी कैलालीकि प्रीति प्रीया परियार

मानिसका इच्छा अनेकन हुन्छन् ।मानिसले दु:खद पाउनुको कारण उसको यहि इच्छा पनि हो ।ग्रामीण गाउँ बाट सहरमा आउने लाखौं मानिसको कयौं रहर सपना र चाहनाहरु हुन्छन् । यसैले त काठमाडौं शहरलाई सपनाको शहर भन्ने गरिन्छ । घोडाघोडि न प: 8 लठुवा कैलालीकि प्रीति प्रीया परियार...

बजारमा चांडै आउदै छ

घनस्याम तिमल्सिना को शब्द , गणेश चौधरी को सङ्गीत जयराम सापकोटाको स्वर मा रामकाजी घिमिरे को निर्देशन गोपाल अधिकारिको कोरियो ग्राफी र दिपक राइमाझिको छायांकन मा प्रमुख भुमिका मा हर्सिका बानियाँ(भुनिया ) र जयराम सापकोटा को साथै ज्यास्मिन लामा ,उत्तम केसि, लक्ष्मी नाथ तिमल्सिना ,बादल...

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै काठमाडौंमा संघर्ष गर्दैछिन् । केही वर्षअघि मोडेल बन्ने चाहना बोकेर कैलालीबाट काठमाडौं आइपुगेकी प्रीयाको मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भइरहने भनेर प्रीया मेहनत गरिरहेकी छन् । सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले...

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो । चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरिन् । उनको पाटन अस्पतालमा...

भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय

नेपाल कलाकारितामा लक्ष्मी लामा नयाँ पुस्ताकी कलाकार हुन् । २०५३ सालमा मकवानपुरको भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय छिन् । सामान्य किसान परिवारमा जन्मेर निकै दुख र संघर्ष गर्दै यो क्षेत्रमा आएकी लक्ष्मीले धेरै हन्डर र ठक्कर खाएकी छिन् । सर्ट मुभीका कारण विवादमा परेकी...

हिलोमा फुलेको कमलको फुल ‘ छिरिङ्ग ’

 पछिल्लो समयमा हेर्ने हो भने नेपाली सिनेमा निर्माण बढी हुने गरेको छ । सिनेमा को संख्या बढेता पनि सिनेमाको गुणस्तरमा भने खासै ध्यान दिएको देखिदैन् । हाँस्यरसका मान्छे नहसाउने सिनेमा देखि लिएर छेउ नटुप्पाका फिलिम बाढि आएको अबस्थामा लामो समयबाट साङ्गित क्षेत्रमा लागेका सफल गायक...