साहित्य गतिबिधि

अक्षरमार्गको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न


आज अक्षरमार्गको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अक्षरमार्गले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा महत्त्वपूर्ण योगदान गर्ने चार स्रस्तालाई आफ्नो वार्षिक उत्सव पारेर सम्मान गर्दै आएको छ ।यो वर्ष यसरी सम्मानित हुनेहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल, श्रीराम स्मृति अक्षरमार्ग साहित्य सम्मानबाट वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधान, अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट ज्ञानू पाण्डे, भरतराज अक्षरमार्ग स्रस्ता सम्मानबाट भीमप्रसाद काफ्ले रहेका छन् ।

उहाँहरूलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति आदरणीय गंगाप्रसाद उप्रेतीले दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको हो । सो सम्मान कार्यक्रममा विशेष अतिथि प्रा. डा. तुलसी भट्टराई, मोहन दुवाल , बियोगी बुढाथोकी, श्रीओम श्रेष्ठ रोदन , ज्ञानकाजी मानन्धर, डा. गोपाल पौडेल, तुलसी हरि कोइराला, रमेश पौडेल, चेतनाथ धमला, बलराम अधिकारी , खेम कोइराला, बिजय कर्माचार्य, प्रह्लाद के.सी.लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

सोही समारोहमा वरिष्ठ साहित्यकार यादव खरेलद्वारा रचित अनि एउटा लहर बिउँझन्छ र दुईटा गीति एल्बम लग्यो पछ्यौरी तथा हराएका गीतहरूको पनि विमोचन भएको छ । सथै साहित्यकार सूर्यप्रसाद लाकोजूको शाश्वत स्वरहरू मुक्तक संग्रह पनि लोकार्पण गरिएको छ । लोकार्पित कृतिका बारेमा साहित्यकार रमेश पौडेल र रामसुन्दर देउजाले टिप्पणी गरेका थिए ।

शनि, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

काठमाडौँ, मङ्सिर १५ गते । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा...

संस्मरण:- बिचलन भएकाे मन

कार्यक्रममा थिए तर मेराे मन मसँग थिएन।भित्र भित्रै पीडाबाेद्व भइरहेकाे थियाे। असाेज १२ गते सम्ममाेहन मुक्तक संग्रह बिमाेचन समाराेह ए वान पार्टी प्यालेस सिनामंगलमा। बुबाकाे अवसानपछि मैले बाहिर हिडेकाे याे पहिलाे कार्यक्रम थियाे मेराे। घरमा एक्लै हुदाँ पीडा बाेद्व असाध्यै हुने। अाफु समालिन धेरै गाह्राे...

काव्य गोष्ठी सम्पन्न

काठमाण्डौ, मङ्सिर २ गते। आधुनिक साहित्य परिषद्को आयोजनामा बृहत् साहित्यिक उत्सव – २०७५ डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाण्डौमा सञ्चालन भइरहेको कार्क्रममा अनुपम सिर्जना प्रतिष्ठान नेपालले पनि सहभागी भएर काव्य गोष्ठी सम्पन्न ग-यो । उक्त गोष्ठीमा स्रष्टाहरूले छन्द, स्वचन्दका कविता, गीत तथा गजल वाचन गरे ।...

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने भएको छ ।  यहि  मंसिर १,२ र ३ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा एकल कविता वाचन,पुस्तक विमोचन,साहित्यिक प्रवचन र गजल वाचन लगायतका कार्यक्रम रहेका छन् । काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयको हलमा हुन लागेको उक्त कार्यक्रममा करिव...

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित

कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख...