राजनिति

विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिए


साउन, काठमाडौं । विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ ।

अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने भएको छ ।

 

केही गलत मानसिकता भएका कथा वाचकहरुले गलत प्रचार गरेर आफ्नो बदनाम गर्न खोजेको गिरीको आरोप छ । ‘मेरो बारेमा गलत प्रचार गरेर सरकारलाई भम्रमा पार्न खोजियो,’ उनले भनेकी छन्, ‘गलत सूचना र भम्रलाई सरकारले पनि पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

आफूले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि सम्भव नभएको उनले बताइन् । उनले थपिन्, ‘पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखे‌ । उहाँले पनि प्रमाणपत्र माग्नुभयो तर कुनै जवाफ दिनुभएन, पशुपतिनाथको परिसरमा भदौ ८ गते सुमार्गी भवन भाडामा लिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा पुगियो तर, त्यसलाई पनि प्रभावित पार्ने काम भयो ।’

पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिएकाहरुलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनू भनेर धम्क्याएको उनको दाबी छ । शनिबार पत्रकार सम्मेलन गरेर उनले थपिन्, ‘हामीले तयारी गरेको कार्यक्रमको स्थान परिवर्तन गरेका छौं । अब हाम्रो कार्यक्रम डोलेश्वर महादेव मन्दिर भक्तपुरमा हुनेछ । भारत, बंगलादेश, थाईल्याण्ड, युरोपका विशिष्ट व्यक्तिहरुको आगमन हुनेछ ।’

पशुपति क्षेत्र विकास कोषले भने हेमानन्द गिरीलाई शंकराचार्य पदवी दिएको र पशुपतिमा कार्यक्रम गर्न कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

आइत, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक

साउन, काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको...

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद्को यस्तो छ निर्णय

हेटौंडा, २३ साउन । प्रदेश तीनको मंत्रीपरिषद बैठक बुधबार बसेको छ । हेटौंडा स्थित मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश ३ सरकारले छ महिनाको अवधीमा गरेको कामबाट मात्रै ‘पूर्ण सन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ । हालसम्मका कामको समीक्षा गर्न आयोजित मन्त्रीपरिषद् बैठकले ‘सन्तोषजनक’...

स्विमिङ्, कविता र खीर कार्यक्रम सम्पन्न

काठमाडौँ, साउन १५ गते । ‘साहित्यमा सिर्जनाको खोजी’ भन्ने मूल नाराको साथ संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको आयोजना र टोखा केब फन पार्क, टोखाको व्यवस्थापनमा भएको ‘स्विमिङ्, कविता र खीर’ कार्यक्रम टोखा केब, टोखामा भव्य कार्यक्रमका साथ सम्पन्न भयो । खेलकुद समाजका...

नेपाली संगीतमा रि मिक्स किङ्ग लक्ष्मण संजिब पौडेल

 कुनै पनि प्रस्तुतिकरणलाई जिवन्त तुल्याउन निकै मेहनतको आवश्यकता पर्छ । सफलता एकदिनमा मिल्दैन तर सफलता एक दिन अवश्य मिल्छ । सृजना आफैमा नराम्रो हँुदैन । सृजना मन पराउनु वा नपराउनु आ–आफ्नो अधिकारको कुरा हुन जान्छ । तर सृजना नराम्रो रहेछ भन्नु सृजनाको अपमान गरेको हुन...

ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ

साउन, काठमाडौं । प्रहरीले असार ३१ गते ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ गर्‍याे । यो गिरफ्तारीसँगै प्रहरीले काठमाडौंमा भित्रिने साना हतियारबारे नयाँ तथ्य फेला पारेको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले ललितपुरको नख्खीपोटमा पक्राउ गरेका...

नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु

 काठमाडौं । नेपाल-भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल-भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो ।   नेपालको कोशी, गण्डक वा नारायणी मध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल...