स्थानीय समाचार

बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु


साउन, भक्तपुर । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ ।

नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

 

गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् ।

गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।

आइत, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...

तीन युवाहरुको नयाँ अभियान

काठमाडौं । नेपालबाट विदेश पलायन हुने युवाहरुको संख्या बढ्दो छ । नेपालमा रहेका सिमितता तथा समस्याहरुलाई कारण मान्दै सुनौलो भविष्यको खोजीमा उनीहरु विदेश गइरहेका छन्। तर, सुलभ मल्टिपर्पोज सर्भिसका सञ्चालक दोय सालिकराम गिरी कुमार धिताल तथा सुमन भारति भने नेपालमा पनि विदेशमा जस्तै संघर्ष गर्ने हो...

नारायणी जडिबुटी उद्योगलाई मैले नजिकबाट नियाल्दा ।

२०७५,श्रावण ८ गते मंगलबार -उद्वव सापकोटा दाइसँग चिनजान पुरानै हो उहाँसँग बसेर धेरैपल्ट विविध विषयमा गफ हुने गर्थ्यो।उहाँको परिचय म उहाँलाई अायुर्वेदिक डाक्टरको रूपमा चिन्थे किनकी उहाँ सिंहदरबार वैद्यखानामा करिब २८ वर्ष काम गरि पेन्सन पकाएर निस्कनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । बोल्दा अतिम संयमित तरिकाले बोल्ने उहाँ...

मामा द्धारा १५ वर्षकी भान्जीको जबरजस्ती करणी, ५ महिना पछि मुद्दा गरिदै ।

तमान खोला गाँउपालीका ४ लाम्मेला मा ४६ वर्षिय (परिवर्तित नाम) अमर छत्याल ले सोहि गाँउकी १५ वर्ष कि (परिवर्तित नाम)सोभा छन्याल लाई जबरजस्ती करणी गरेका हुन । सरस्वती आधारभुत बिधालय लाम्मेला कक्षा ४ मा पद्ढै आएकी सोभा लाई राति को समय जबरजस्ती करणी गरेको सोभाको...

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परे

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी...

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...