स्वास्थ्य

मेरो कुरामारीत्वमाथि आशंका


‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’

अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै गएको पुस्ताले ‘विवाहपछि मात्र यौन सम्पर्क गर्नुपर्छ’ भन्ने मान्यतालाई पुरातन धारणा ठान्ने गर्छ ।

 

तर, जब विवाहको तयारी हुन्छ । तिथिमिति तोकिन्छ । धेरै युवतीलाई सताउने एउटा प्रश्न हो, ‘मेरो कौमार्यबारे श्रीमान्ले प्रश्न उठाउने त होइन ?’

अक्सर के भनिन्छ भने, पहिलो यौन सम्पर्कमा महिला योनीद्वारबाट रगत बग्छ । रगत बगेका वा नबगेको कुराबाट नव-दुलहाले आफ्नी दुलहीको त्यसअघि कुनै पुरुषसँग शारीरिक सम्बन्ध भएको थियो वा थिएन भन्ने खुट्याउन सक्छन् भन्ने गरिन्छ । किनभने हाम्रो सामाजिक संस्कारले  विवाहअघिको यौन सम्पर्कलाई ‘अनुचित’ मान्दै आएको छ ।

तर, चिकित्सकहरु के भन्छन् भने, महिलाको कौमार्य जाँच्ने वैज्ञानिक मापन होइन रगत बग्नु । यो पुरातन र अवैज्ञानिक धारणा हो ।

अर्कोतिर विवाहका लागि कुमारी बस्नैपर्छ भन्ने मान्यता पनि ध्वस्त हुँदैछ । यस्तै पृष्टभुमीमा नयाँ ट्रेन्ड देखा परेको छ, कुमारीत्व पाउने । अर्थात शारीरिक सम्पर्क गरिसकेकाहरु पुन कुमारी बन्ने यो ट्रेन्ड विश्वमा सुरु भइसकेको छ ।

योनीको शल्यक्रियाबाट पुन कुमारी बन्ने सिलसिलाले नयाँ पुस्तामा गहिरो प्रभाव पारिरहेको छ । खासगरी अन्तंरग पललाई रोमाञ्चक बनाउनका लागि यौनाङ्लाई आफ्नो रुची अनुरुप परिवर्तन गर्ने चलन बढेको हो ।

कुमारी बन्नका खातिर

जसरी शरीरका क्षतिग्रस्त अंगलाई पुन दुरुस्त बनाउन शल्यक्रिया गरिन्छ, ठीक उसैगरी कुमारीत्व भंग भइसकेको अवस्थामा योनीद्वारलाई पुन पहिलेकै अवस्थामा फर्काउनका लागि अहिले यस्ता शल्यक्रिया हुन थालेको छ । यसलाई भेजाइनोप्लाष्टी भनिन्छ । यौनाङ्गको सौन्दर्यका लागि पछिल्लो पुस्ताले यही विधी अपनाउने गरेको छ ।

के हो भेजाइनोप्लाष्टि ?

आखिर के हो त यो विधी ? कसरी यसको माग बढ्दै गएको छ ? कुन उमेरका महिलामा यो लोकपि्रय छ ? यसको सफलताको दर कस्तो छ ? यसको चुनौती वा खतरा के हो ?

यो एक जेनिटल रिकन्स्ट्रक्शन सर्जरी हो । अर्थात जननाङ्ग पुनर्निमाण सर्जरी । हुन त यसमा लिंग परिवर्तन पनि सामेल छ । तर, योनीलाई आफ्नो रुची अनुरुप परिवर्तन गर्ने विधी अलि फरक हो ।

चिकित्सकका अनुसार यो एक किसिमको रिकन्स्ट्रक्टिभ प्लाष्टिक सर्जरी हो ।

यसको उदेश्य भनेको योनीलाई नयाँ स्वरुपमा बदल्नु वा पुरानै स्वरुपमा निर्माण गर्नु हो । यसमा पनि धेरै थरीको सर्जरी हुन्छ, हाइमेनोप्लास्टी, लाबियाप्लास्टी, भेजाइनाप्लास्टी । योनीलाई आकर्षक बनाउने, योनीद्वारलाई कसिलो बनाउने आदि काम यस अन्र्तगत पर्छन् ।

चिकित्सकहरुका अनुसार वैंशालु उमेरका युवतीहरु यस्ता शल्यक्रियाको साहारा लिने गरेका छन् । साथै वयस्क महिलाहरु पनि यौनसुखका लागि योनीद्वार पुनर्निमाणका लागि आउने गरेका छन् ।

जोखिम कति ?

अहिले यो जीवनशैलीकै एक हिस्सा बनेको छ । तर, यस्तो गर्नु कति जोखिमपूर्ण छ ?

सन् २००७ मा योनी सम्बन्धित कुनैपनि किसिमको सर्जरीको नाम दिइयो, डिजाइनर भेजाइना । त्यसबेला अमेरिकन कलेज अफ ओबस्टेटि्रशियन एन्ड गाइनोकोलोजिस्टले यो बढ्दो ट्रेन्डको विरुद्ध चेतावनी दिएको थियो । अष्ट्रेलिन कलेज अफ गाइनोकोलोजिस्टले पनि यस ट्रेन्डको विरोध गरेको थियो । सन् २००९ मा बि्रटिश मेडिकल जर्नल र सन् २०१३ मा सोसाइटी अफ ओबस्टेट्रिशियन एन्ड गाइनोकोलोजिस्ट अफ क्यानडाले यसलाई गैर जरुरी कस्मेटिक सर्जरी बताएको थियो । साथै यस ट्रेन्डलाई रोक्नुपर्ने सुझाव दिएको थियो ।

तर, यस्ता चेतावनीको वावजुद यो क्रम रोकिएन बरु थप बढ्दै गयो ।

जोखिमको कुरा गर्ने हो भने, चिकित्सकहरुले यसलाई निकै जोखिमपूर्ण मानेका छन् । यसको साइड इफेक्ट पनि कम्ता छैन । कतिपय अवस्थामा रक्तश्राव रोक्नु निकै चुनौतीपूर्ण हुने गरेको पाइएको छ । त्यस्तै संक्रमणको भय पनि उच्च रहनेगर्छ ।

यस्तो शल्यक्रियामा एकदेखि तीन घण्टासम्मको समय लाग्ने गर्छ । यो कृतिम शैली महिला स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकहरुको भनाई छ । यसले राम्रो भन्दा बढी नराम्रो असर गर्ने उनीहरुले बताएका छन् ।

भारतका कतिपय अस्पताल तथा नर्सिङ होममा यस्तो सेवा लिन सकिन्छ । कोलकाताको अपोलो, आमरी, बेलभ्यु, कोलम्बिया एशिया अस्पताल, डिसान अस्पताल, चाणक्या अस्पताल जस्ता अस्पतालमा यस्तो शल्यक्रियाको सुविधा छ ।

यसका लागि कति खर्च चाहिन्छ त ?

यो भने नर्सिङहोम अर्थात अस्पतालमा निर्भर गर्छ । कुनैमा महंगो छ र कतिमा सस्तो पनि । सामान्यत यो शल्यक्रियाका लागि भारु ३५ देखि ५० हजारसम्म खर्च लाग्ने बताइन्छ । यो सर्जरीका लागि एकदेखि तीन घण्टासम्म लाग्ने गर्छ । दुई, तीन दिनसम्म शल्यक्रियाको असर शरीरमा रहन्छ । त्यसपछि यौन सम्पर्कका लागि भने दुई, चार हप्ता पर्खनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

विभिन्न कारणले विभिन्न उमेरका महिलाहरु यस्तो शल्यक्रिया गराइरहेका छन् । कतिले आफ्ना सेक्स पार्टनर एवं पतिको दवावमा यस्तो शल्यक्रिया गर्ने गरेका छन् । तर, यदि त्यसो हो भने यसमा सोच्नुपर्नेछ । किनभने अर्काको दवावमा आफ्नो प्राकृतिक शारीरिक संरचनालाई बदल्नु पक्कै राम्रो होइन ।

आइत, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

माक्सले प्रदूषित वायु रोक्छ कि अक्सिजन प्रवाहमा वाधा पुर्‍याउँछ ?

केही समयअघि नेपाल भ्रमणमा आएकी बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमा पोस्ट गरेको तस्विरमाथि खासगरी नेपाली प्रयोगकर्ताले तिखो आलोचना गरे । ट्वीटरमा उनी केही महिलाहरुसँग लस्करै उभिइरहेकी देखिन्थे र तस्विरसँगए उनले पेट्रोलको गन्ध मिसिएको काठमाडौंको वायुमाथि कटाक्ष गरेकी थिइन् । हामीलाई लाग्यो, बलिउड अभिनेत्रीले नेपालको बदनाम गरिन्...

नेपालका प्रथम टेस्टट्यूब बेबी ओममणि तामाङ प्रमुख अतिथि

काठमाडौं: दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १४ वर्षीय बालक आकर्षणको केन्द्रबिन्दू बने। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरु सम्मिलित कार्यक्रममा प्रमुख अतिथि उनलाई बनाइयो। डाक्टरहरुले ताली बजाएर उनको स्वागत गरे। ती बालक थिए, नेपाल पहिलो टेस्टट्यूब बेबी ओममणि तामाङ। ओममणि तामाङ कार्यक्रम थियो, आइभी एफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन)बच्चा...

154 SHARES FacebookTwitterEmailMore ...

लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरे

  काठमाडौं– लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले काठमाडौंका दुई मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुवै मेडिकलमा ट्रामा नामक लागूऔषध बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त...

भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण

काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो। आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्। डक्टर्स...

पुरुषको स्तन बढ्ने रोग गाइनेकोमस्टिया

महिलामा जसरी स्तनको वृद्धि विकास जन्म पश्चात युवा आवस्थादेखि प्रौढसम्म देखिन्छ । त्यसरी नै पुरुषमा पनि जन्म पश्चात स्तनका अवशेष रहेको देखिन्छ । तर, सामान्यतया पुरुष स्तनको वृद्धि विकास हुँदैन। गाइनेकोमस्टिया भनेको पुरुष स्तन वढ्दै जाने समस्या हो। जसमा कारकका रुपमा स्तन ग्रन्थीका तन्तुहरु वा बोसो...