पर्यटन

पूर्वलडाकुको मुख्यालय रहेको शक्तिखोर युद्ध पर्यटकीय केन्द्र !


साउन, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीको तेस्रो डिभिजन रहेको शक्तिखोर व्यारेक भएको स्थानलाई युद्ध सम्बन्धी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।

 

चितवनको भरतपुरमा भएको पर्यटन विकास सम्बन्धी छलफल कार्यक्रममा स्थानीय कालिका नगरपालिकाका तर्फबाट गरिएको प्रस्तावमाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले शक्तिखोर ऐतिहासिक स्थान भएकोले औद्योगिक क्षेत्रका साथसाथैं युद्ध पर्यटन स्थलका रुपमा विकास गर्न सकिने बताएका हुन् ।

तत्कालिन माओवादीका लडाकुहरूको मूख्यालय चितवनको शक्तिखोरमा थियो । २०६७ साल माघ ८ गते तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डलेसंयुक्त राष्ट्रसंघलगायतका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूको उपस्थितिमा माओवादी लडाकुलाई सेना समायोजन तथा पुनःस्थापना विशेष समितिको मातहतमा ल्याउने सहमति गरेका थिए ।

देशभरका ७ वटा शिविरमा रहेका १९ हजार ६ सय माओबादी लडाकुलाई प्रधानमन्त्री संयोजक रहेको विशेष समितिको मातहतमा ल्याउने काम यहीँ भएकोले शक्तिखोरलाई माओवादी युद्धको ऐतिहासिक र सफल अवतरण भएको केन्द्रका रुपमा विकास गर्न सकिने प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, ‘विभिन्न देशहरुले इतिहासमा भएका धेरै राम्रा र नराम्रा कामहरुको स्मरणमा स्मारकहरु बनाएर आर्थिक उपार्जनमा प्रयोग गरेका छन्, हामीले पनि शक्तिखोरमा यस्तै ऐतिहासिक केन्द्र बनाएर व्यापारमा किन नबदल्ने, आर्थिक रुपान्तरणमा सदुपयोग किन नगर्ने ?’

कालिका नगरपालिका ८ मा रहेको शक्तिखोरलाई ऐतिहासिक केन्द्र बनाउने विषयमा नगरपालिकाले ‘कन्सेप्ट पेपर’ तयार गरी साझेदारी गर्ने हिसाबले लाग्ने नगरपालिका मेयर खुमनारायण श्रेष्ठले बताए । ‘अध्यक्ष प्रचण्डको भनेको विषयले हामी उत्साहित भएका छौं, मैले नै अध्यक्षसँग यो प्रस्ताव गरेको हुँ, उहाँले सकारात्मक रूपमा लिनुभएको छ।’ मेयर श्रेष्ठले भने ।

कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले माओवादी युद्धसँग सम्बन्धित विषयमा सन्र्दभ सामाग्रीहरुलाई संकलन गरेर संग्राहलयको रुपमा विकास गर्न सकिने बताए ।

‘नेपालमा दीर्घकालीन शान्तिको सुनिश्चिता यही शक्तिखोरको माटोमा टेकेर यहाँको स्वच्छ हावाको स्वास लिएर गरिएको थियो’ पुरीले भने, ‘यस्तो ऐतिहासिक ठाउँहरुलाई संग्रहालयका साथसाथै स्मारक निर्माण गर्ने, डकुमेन्ट्रीहरु तयार गर्ने र देश विदेशका मान्छेहरुका लागि एक अध्ययन र अनुसन्धानको थलो बनाउन सकिन्छ ।’

नेपालको १० बर्षे लामो हिंसात्मक युद्धको विधिवत अन्त्य भएको विषयमा शोध गर्न र शान्ति अवतरणको मोडलका विषयमा जानकारी लिने स्थलका रुपमा विकास गर्न सकिने अध्यक्ष पुरीले बताए । कालिका पर्यटन विकास समितिले शक्तिखोरलाई पर्यटकीय केन्द्र बनाउने प्रस्ताव गदैं आएको छ । अहिले यहाँ नेपाली सेना बस्दै आएको छ ।

सोम, साउन २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

तिर्थ पदयात्रा पर्यटन र बागमती सभ्यता

नेपाल पद यात्रा पर्यटनको लागि बिश्व प्रसिध्द छ । हामीले यसलाइ सधै कायम राख्न  सक्नु नै बाह्य पर्यटनको क्षेत्रमा उज्वल भबिश्य देख्नु हो।  पदयात्राको मार्ग नया नया पहिल्याउनु पर्दछ।  पहिलेका पद यात्रा मार्गमा बिभिन्न भौतिक निर्माणहरुले बिस्तारै गुणात्मकमा ह्रास ल्याइराखेको हुन्छ जुन हामीले थाहै नपाइ भैरहेको...

काभ्रेको उग्रचण्डी नालामा यसकारण चाहिन्छ ग्रामीण होमस्टे पर्यटन

कृषि तथा प्राकृतिक पर्यटन ,धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनमा उग्रचण्डी नालालाइ  काभ्रेको केन्द्र  नै बनाउनु पर्दछ। उग्रचण्डी नाला यसको आसपासको क्षेत्र पनि उत्तिकै आकर्षक र मनोरम छ । यहाँको रहनसहन, धार्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वमा हामीले त्यसको अवधारणा विकसित गर्न सक्नुपर्छ । नाला आफैँमा एउटा सुन्दर सानो शहर...

रानीकोटदेखि नालासम्म

भाद्र १, २०७५ कान्तिपुर संवाददाता काठमाडौँ — भक्तपुर प्राचीन राज्यको राजधानी हो, जहाँ कलात्मक कलाकृतिसँगै पुस्तौंअघिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणमात्र होइनन्, यस जिल्लामा आन्तरिक र बाह्य पर्यटकको मन जित्ने अन्य स्थानहरु पनि छन् । काठमाडौं उपत्यकाको कोलाहल, भीडभाड,...

नाला तन्चोकमा आकर्षक भ्यु टावर

विश्वमा नेपाल पदयात्राको लागि र हिमाल हेर्नको लागि उत्कृस्ट देश हो । नेपालमा आउने धेरै जसो पर्यटकहरु पदयात्राको लागि आउछन यसै कुरालाई मध्ये नजर गरि जागारुक युवाहरुले अर्को नगरकोट बनाउन नाला तन्चोकमा आकर्षक भ्यु टावर बनाइ रिसोर्ट संचालन गरेका छन् । चार ,पांच जनाको समुह बनाइ करिब...

फस्टाउँदै पर्यटन

फस्टाउँदै पर्यटन याेगेश ढकाल नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी...

चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ ।   अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो । यो झरनाले पर्यटकबाट हुने आम्दानीबाट यसको सञ्चालन खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको थियो...