राजनिति

सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक


साउन, काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको छ ।

 

सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा कुनै भूमिका लेखिएको छैन । कुनै कामहरु गर्न नसकिएको वा किन हुन सकेन भन्नेबारेमा जनगुनासाहरुमाथि कुनै टिप्पणी नगरी के के कामहरु भए भन्ने विवरणमात्रै प्रस्तुत गरिएको छ ।

सरकारको ५ महिने प्रगति समेटिएको पुस्तकमा बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ । तर, विवरणमा सरकारका कमजाेरीबारे चर्चा छैन

मन्त्रालयगत कामहरुको विवरण दिइसकेपछि सरकारको ५ वर्षे मार्गचित्रसम्बन्धी केही ग्राफिक्सहरु दिइएको छ । विवरणको अन्त्यमा ‘संक्षेपमा बजेट शीर्षकमा आमेली सरकारले ल्याएको बजेटबारे ग्राफिक्ससहितको जानकारी गराइएको छ ।

ओली सरकारको पाँच महिने प्रगति विवरण समेटिएको पुस्तकमा अत्याधुनिक बुलेट रेलको तस्वीरसमेत देख्न पाइन्छ । रंगीन तस्वीर र ग्राफिक्सहरुले झकीझकाउ सरकारी कामको विवरणमा उल्लेख गरिएका १७ वटा ग्राफिक्स एवं बुलेटहरु हामीले यहाँ पाठकहरुको जानकारीका लागि प्रस्तुत गरेका छौं ।

१. सुशासनका लागि मानक थालनीः ओली सरकारले आफ्नो पहिलो कामका रुपमा सुशासनका लागि मानकको थालनी भएको दाबी गरेको छ । यस क्रममा यातायातको सिन्डिकेट अन्त्य गरेको, सुन तस्करी नियन्त्रण गरेको, विकासको ढीलासुस्ती हटाएको, औचित्यहीन भ्रमण रोकेको र सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको लगायतका दाबीहरु प्रस्तुत गरिएका छन् ।

२. हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तनः सरकारले आफ्नो दोस्रो उपलब्धीका रुपमा हवाई क्षेत्र र पर्यटनमा ‘उल्लेखनीय परिवर्तन’ भएको दाबी गरेको छ । यसअन्तरगत विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको, वाइडबढी विमान किनेको लगायतका विवरण समेटिएका छन् ।

३. नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्धः ओली सरकारले भारत र चीन भ्रमणबाट भएको उपलब्धीलाई तेस्रो बुँदामा समेटेको छ । सरकारले भनेको छ- ‘प्रधानमन्त्रीको दुई छिमेकी मित्रराष्ट्रहरु भारत र चीनको भ्रमणबाट छिमेक-सम्बन्ध नयाँ उचाईमा पुगेको छ । हाम्रो आफ्नै प्राथमिकता, पारस्परिक सम्मान र लाभमा आधारित विदेश सम्बन्धको अध्याय सुरु भएको छ ।’

४. अर्थ प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभः कर बढाएको आरोप खेपिरहेको सरकारले अर्थ प्रशासनमा सुधार आएको र राज्यकोषलाई उल्लेख्य लाभ प्राप्त भएको दाबी गरेको छ । यस अन्तरगत लक्षभन्दा बढी राजस्व संकलन भएको र भन्सार भन्सार प्रणालीमा सुधार आएको सरकारी विवरणमा उल्लेख छ । विकास खर्चमा पनि उत्साहजनक वृद्धि भएको बताइएको छ ।

५. सडक रेल पूर्वाधार निर्माण तीव्र गतिमा कामः सरकारले सार्वजनिक गरेको आफ्नो पाँच महिने उपलब्धीसम्बन्धी पुस्तिकामा तीव्रगतिमा चल्ने विदेशी रेलको तस्वीरसहितको ग्राफिक्स राखिएको छ ।रेल ल्याउने विषयमा भएको प्रगतिबारे भनिएको छ-‘सिमरा बर्दिबास (१०८ कि.मि.) रेलमार्ग निर्माणको बर्दिबास लालबन्दी खण्डको ३० कि.मि. क्षेत्रमा ट्र्याक बेड निर्माण ८० प्रतिशत सकिएको छ । सन् २०१८ भित्र जयनगर -जनकपुर (कुर्था) ३५ कि.मि. रेलमार्ग सञ्चालन गर्ने लक्ष्यसहित जयनगर देखि बिजलपुर सम्म ५२ कि.मि. खण्डमा रेलमार्ग निर्माण कार्य अघि बढेको छ ।’

६. पूर्वाधार विकासमा छोटो समयमा नतिजाः यो शीर्षक अन्तरगत सरकारी प्रगति विवरणमा केही कामहरु भएको बुलेटमा उल्लेख गरिएको छ । भन्सार जाँच चौकी, पुल, सिंचाई आदि क्षेत्रमा भएका प्रगतिहरुलाई बुलेटमा देखाइएको छ ।

७. उर्जामा अत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधनः यस शीर्षक अन्तरगत सिंहदरबारमा घामबाटछ बिजुली निकालेको देखि निजी परियोजनाबाट २८ मेगावाट विद्युत थपिएको सम्मका विवरणहरु समेटिएका छन् ।

८. शिक्षा क्षेत्रमा दूरगामी महत्वका तीन कामः शिक्षामा महत्वपूर्ण कामहरु भएको विवरणसहितको बुलेट पुस्तिकामा समेटिएको छ । विद्यालय भर्ना, समयमै पाठ्यपुस्तक पुगेको अनि शिक्षा आयोग गठन लगाउतका विषयलाई उपलब्धिका रुपमा समेटिएका छन् ।

९. सुरक्षाको क्षेत्रमा महत्वपूर्ण पाँच कामः सरकारले सार्वजनिक गरेको ५ महिने प्रगति विवरणमा प्राकृतिक प्रकोप नियन्त्रणसम्बन्धी विवरणहरु समेटिएका छन् ।

१०. पुनर्निर्माणमा नतिजामुखी कामः सरकारले भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण कामहरु भएको दाबी गरेको छ । यसमा विद्यालय, ब्यारेक र निजी घरहअरु कति बने भन्ने विवरण प्रस्तुत गरिएको छ ।

११. कृषिको व्यवसायीकरणः सरकारले कृषिको व्यवसायीकरणमा केही उपलब्धिहरु हासिल गरेको बताएको छ । दूधको उत्पादन र बजारीकरण, कृषिलाई उद्यागमा बदल्ने प्रक्रियाको थालनी र अदुवा निर्यातमा सहजताबारे चर्चा गरिएको छ ।

१२. सामाजिक सुरक्षामा नयाँ थालनीः सरकारले सामाजिक सुरक्षामा नयाँ थालनी भएको भन्दै विदेशमा अलपत्र श्रमिकको उद्धार गरिएको, श्रमिकको पारिश्रमिक वृद्धि गरेको र पत्रकारको वृत्तिकोष स्थापना गरेको जनाएको छ ।

१३. प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्धः सरकारले सार्वजनिक सेवामा भोग्नु परेको कठिनाइ हल गर्न नसकेको र कर्मचारीले घुस मागेर दुःख दिने गरेको बताइरहेका बेला सरकारले भने प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्ध गरेको दाबी गरेको छ । यसमा वैदेशिक रोजगारी एवं स्थानीय तहको कानूनबारे चर्चा गरिएको छ ।

१४. सरकारले आफ्को कार्यकालको पाँच महिनामा नमूना शहर र एकीकृत वस्ती निर्माणको आधार तयार पारेको दाबी गरेको छ । सातै प्रदेशमा एक-एकवटा घनाबस्ती छनोट गरिएको सरकारले जनाएको छ ।

१५. स्वास्थ्य क्षेत्रमा उपलब्धिका रुपमा सरकारले औषधिको मूल्य निर्धारणलाई महत्व दिएको छ । मुटुरोग सम्बन्धी सेवा विस्तार एवं स्वास्थ्य विमालाई सरकारले यसअवधिमा भएको उपलब्धिका रुपमा चर्चा गरेको छ ।

१६. सरकारले आफ्नो पुस्तिकामा ‘उद्योगमा सफलताः फलाम खानी अन्वेषण’ शीर्षक दिएर ८५० किलो फलामजन्य पदार्थ परीक्षणका लागि चीन पठाएको उल्लेख गरेको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणसम्बन्धी प्रतिवेदन तयार भएको सरकारले जनाएको छ ।

१७. खेलकुद क्षेत्रअन्तरगत अन्तरराष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माणको तयारीस्वरुप जग्गाको पहिचान गरिएको सरकारी विवरणमा उल्लेख छ ।

१८. सरकारी प्रगति विवरणमा मेलम्ची खानेपानी सपनाबाट यथार्थमा परिणत हुँदै गरेको दाबी गरिएको छ । त्यसैगरी भूकम्प पीडितहरु पनि विभिन्न खानेपानी योजनाहरुबाट लाभान्वित बनेको सरकारी विवरणमा उल्लेख छ ।

 

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न

कात्तिक, काठमाडौं । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको शनिबार १०४ औँ...

देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरे

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरेका छन् । सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । तिहार तथा...

पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा निधन

काठमाडौँ : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा आइतबार निधन भएको छ। उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो। उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, ‘...

चीनको ग्रेटवालका भित्तामा भेटियो नेपाल र नेपाली गौरव ‘रञ्जना लिपि’को नेपाल भाषाका शब्दहरु

लक्ष्मी लम्साल -हरेक यात्राहरूमा केही न केही नटेकिएका गन्तव्यहरू हुन्छन्, जसबारे यात्रु स्वयं अनभिज्ञ हुने गर्दछन्। दार्शनिक मार्टिन बुबरको यो भनाईलाई अचेल प्रविधिको दुनियाँले हदैसम्म चरितार्थ गरेको छ। घुमघामलाई तस्वीर खिच्ने अवसर ठान्ने प्रवृत्तिले ‘कैयन् पुस्तक पढ्नुभन्दा धेरै ज्ञानोपयोगी हुने’ भनिएका भ्रमणहरू ओझेल पर्दै गएका...

दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित घरमा राखिएको छ ।...

दसैंको शुभकामना र रचना वाचन

काठमाडौँ, असोज २४ गते । नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान, रचना वाचन र स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले हिमालको चिसोमा बस्दा,...