पर्यटन

नाला तन्चोकमा आकर्षक भ्यु टावर

- रत्नप्रसाद अनामणि श्रेष्ठ


विश्वमा नेपाल पदयात्राको लागि र हिमाल हेर्नको लागि उत्कृस्ट देश हो । नेपालमा आउने धेरै जसो पर्यटकहरु पदयात्राको लागि आउछन यसै कुरालाई मध्ये नजर गरि जागारुक युवाहरुले अर्को नगरकोट बनाउन नाला तन्चोकमा आकर्षक भ्यु टावर बनाइ रिसोर्ट संचालन गरेका छन् । चार ,पांच जनाको समुह बनाइ करिब ४५ लाखको लगानी लगाई उक्त भ्यू टावर निर्माण गरेका हुन्  । नगरकोट पछिको उक्त क्षेत्रमा यो दोस्रो टावर हो ।

टावरबाट काभ्रे जिल्लाको रमणीय स्थलहरु  पाचखाल उपत्यका ,बनेपा , धुलिखेल ,पनौती, साँगा ,नाला लगायत काठमान्डू उपत्यकाको भक्तपुर ,ललिलपुर र काठमान्डू  स्पस्टसंग दृश्यावलोकन गर्न सकिन्छ । नेपालमा रहेका सगरमाथा हिमालदेखि अन्य अधिकांश हिमालहरु मनमोहक रुपमा हेर्न सकिन्छ । बिहानीको सुर्योदय हेर्नुको मज्जा त झनै बयान गरि साध्य छैन । हिमालहरुको काखबाट सुर्य उदाएको दृश्य हेर्दा संसार नै आफुले जिते जस्तो महसुस हुन्छ । कलिलो घाम ,सिरसिर बतास बिभिन्न रंगका मन मोहक किरण ,चराहरुको मिठो आवाज कतै स्वर्ग छ भने यहि नै त होइन ? भन्ने जस्तो लाग्छ ।

 

सानो  भए पनि शान्त र मनोरम दृश्यावलोकन लागि यो स्थाननिकै रमाइलो र सुन्दर छ  । सो स्थानमा पुग्न बनेपा बजारबाट रबिओपी हुदै ६ कि.मि.को यात्रा गर्नु पर्दछ ।नगरकोटबाट धुलिखेल जाने ट्रेकिंग रुटमा ६ कि.मि.मा रहेको छ । हरियाली बनजंगल ,नेपाली कृषि पध्दति र स्थानीयहरुको दिनचर्या नजिकैबाट बुझ्न र महसुस गर्न सकिन्छ।

अझ त रमाइलोकोलागि नाला बजारबाट करिब ५ कि.मि.को पदयात्रा गर्नु ज्यादै रमाइलो र हरियाली हेर्न सकिन्छ। नेपालकै उत्कृष्ट पशु पालन ब्यबसाय र तरकारी उत्पादन कसरी गरिन्छ भने कुरा राम्ररी बुझ्न सकिन्छ । पद यात्रामा मेहिनती किसान दाजुभाइहरुको मेहनत हेरेर तपाईमा उर्जा मिल्छ। नाला बजारमा रहेका नेपालका चार करुणामय मध्य एक श्रीष्टिकांत लोकेश्वर र नेपालकै चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवतीको सजिलै दर्शन गर्न सकिन्छ  । नालाबजार एक प्राचिन नेवारी बस्ति हो । यहा अनेकै एतिहासिक बस्तुहरु दृश्यावलोकन गर्न सकिन्छ  । उक्त स्थानमा रहेको पाटीपौवा ,प्राचिन एतिहासिक ढुङ्गे धाराहरु हेर्न सकिन्छ ।

रिसोर्टमा नेपाली स्वादिष्ट लोकल कुखुराको भालेसंग खाना खाएर रात्रीमा क्याम्प फायरमा नांच गान गर्नुको मज्जा बेग्लै आनान्द आउछ ।सस्तो र सफा रिसोर्टमा बस्न आफ्नो मनलाई रिफ्रेश गर्न एक पटक जानै पर्ने स्थान रहेको कुरा उक्त स्थानमा गएका पद यात्रीहरुले रमाइलोसंग ब्यक्त गरेका छन् । 

 

 

 

 

 

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ । अन्तराष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोविन ग्याटेन्सका...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

काठमाडौ आइरहेको इत्तिहाद एयरको जहाज अर्को जहाजसँग आकाशमै ठोक्किनबाट जोगियो

काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट बचेका छन् । गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौँ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,०००...

 पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला

काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र...

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (पर्यटन बजार) आयोजना

पुस, बुटवल । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (पर्यटन बजार) आयोजना गरिने भएको छ । नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक जनवरी १० देखि १२ गतेसम्म लुम्बिनी र भैरहवामा ट्राभल मार्ट आयोजना...

तिर्थ पदयात्रा पर्यटन र बागमती सभ्यता

नेपाल पद यात्रा पर्यटनको लागि बिश्व प्रसिध्द छ । हामीले यसलाइ सधै कायम राख्न  सक्नु नै बाह्य पर्यटनको क्षेत्रमा उज्वल भबिश्य देख्नु हो।  पदयात्राको मार्ग नया नया पहिल्याउनु पर्दछ।  पहिलेका पद यात्रा मार्गमा बिभिन्न भौतिक निर्माणहरुले बिस्तारै गुणात्मकमा ह्रास ल्याइराखेको हुन्छ जुन हामीले थाहै नपाइ भैरहेको...