विचार

युएईको नेपाली सफल व्यवसायी

-रामप्रसाद ढुंगेल


युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा साकार हुन सकेनन् ।

आफ्ना उमेरका साथीहरु विदेश गइरहेको देखेपछि महेन्द्रले पनि बीबीएस तेस्रो वर्षको परीक्षा दिएर अन्ततः दुबई आउने निर्णय गरे । उमेरमै विदेश गएर छोटो समयमै धन कमाउने अनि परिवारको समुन्नत भविश्य बनाउने सपना देख्दै महेन्द्रले सन् २००१ मा युएईको एक पेट्रोल कम्पनीमा काम गर्न थाले ।

 

इमारत पेट्रोलपम्पमा फिलरका रुपमा काम गर्नुपर्ने थियो । दुबईको तातो मौसममा २ वर्ष पेट्रोल भर्ने काम गरेका महेन्द्रले आफ्नो कार्यकुशलता र शैक्षिक योग्यता कारण इञ्चार्जका रुपमा पदोन्नति पनि पाए ।

यसैबीच बीबीएसको परीक्षाफल राम्रो भएका कारण स्नातकोत्तर अध्ययन गर्ने सोच महेन्द्रमा पलायो । औसत तलबले गर्जो टरेकै थियो । पदोन्नति पनि पाइरहेकै थिए । तैपनि पारिवारिक सल्लाहमा खाइपाई आएको राम्रो जागिर छाडेर उनी सन् २००३ मा नेपाल फर्किए ।

एमबीए पढ्ने लक्ष्यका साथ नेपाल फर्केका उनले केही महिनाभित्रै मन बदले । एक पटक विदेशको मोहमा डुबेको मानिस मुस्किलले मात्र स्वदेशमा रम्न सक्छ भन्ने दृष्टान्त महेन्द्रमा पनि लागू भयो । अन्ततः उनी सन् २००३ को अन्त्यतिर भिजिट भिसामा युएई आइपुगे ।

त्यसपछिका महेन्द्रका दिनहरु झनै चुनौतिपूर्ण र संघर्षपूर्ण रहे । भिजिट भिसामा युएई आएपछि काम र बस्ने टुंगो नहुनु स्वाभाविकै थियो । तर, यसअघि पनि दुई वर्ष काम गरेर युएईको वातावरण बुझेका महेन्द्रले केही साथी र आफ्न्तहरुको सहयोगमा काम खोज्न केही सहज महसुस गरे ।

महेन्द्रले एउटा गल्लीमा एक बंगालीले  चिया बेचिरहेको देखे । एउटा सानो कोठामा दिनमै ५ सय कप चियाको कारोबार हुन्छ भन्ने बुझेपछि महेन्द्रको दिमागमा व्यापारको बत्ति बल्यो

काम खोज्ने सिलसिलामा बरदुबईदेखि सत्वासम्म कहाँकहाँ पुगेनन् उनी ? अन्ततः सत्वाको एक अग्र्यानिक फुड्स अल एकेड डिपार्टमेन्ट स्टोर्समा फुड सेक्सनको इञ्चार्जका रुपमा काम पाए । आफ्नो लगनशीलता र कार्यक्षमताका कारण महेन्द्रले छोटो अवधिमा ब्रान्च को–अर्डिनेटरको जिम्मेवारी पाए ।

तीन वर्ष एकै स्थानमा काम गरिसकेपछि महेन्द्रले अझ राम्रा–राम्रा अवसरहरु अन्य कतै पाइएला कि भनी दौडधुप गरिरहेकै थिए । यसै सिलसिलामा उनले सन् २००६ को जुलाईमा नखिल ग्रुपको दुबई वल्ड प्रोजेक्टमा सेल्स एडभाइजरको काम पाउन सफल भए । तुलनात्मक रुपमा राम्रो काम र तलब पाएपछि उनको आर्थिक अवस्था सुदृढ बन्दै गयो ।

दुबईमा कार्यरत रहेको यसै अवधिमा महेन्द्रले छुट्टीमा नेपाल गएर कुन्छा लमजुङकी मञ्जु गौलीसँग मागी विवाह गरे सन् २००८ को जुलाईमा । शिक्षाशास्त्रमा स्नातक तह अध्ययनरत मञ्जुलाई महेन्द्रले श्रीमानको भिसामा युएई ल्याए । श्रीमती मन्जु गौलीले सत्वाकै सिटी म्यान सुपरमार्केटमा सेल्स गर्लका रुपमा काम थालिन् । श्रीमान–श्रीमती दुबैजना कामकाजी भएपछि राम्रै रकम जोहो हुन थाल्यो ।

यसैवीच महेन्द्रले नखिलमा काम गरिरहेकै बेला सत्वाको एउटा गल्लीमा एकजना बंगालीले सानो कुनामा चिया धमाधम बेचिरहेको देखे । ती बंगालीले एक दिनमै ५ सय कप चिया बेच्दा रहेछन् । एउटा सानो कोठामा दिनमै ५ सय कप चियाको कारोबार हुन्छ भन्ने बुझेपछि महेन्द्रको दिमागमा व्यापारको बत्ति बल्यो ।

एउटा बंगालीले यति गर्न सक्छन् भने हामीले किन सक्दैनौं भन्ने विचार महेन्द्रको मनमा पलायो । उनले श्रीमती मञ्जुसँग सल्लाह गरे । आँटिली मञ्जुले महेन्द्रको कुरामा समर्थन मात्र गरिनन्, आफैं खटिएर नेपाली रेस्टुरेन्ट खोल्ने लक्ष्यका साथ कोठा खोज्ने कार्यमा समेत साथ दिइन् ।


आफ्नो नियमित जागिर चल्दै थियो महेन्द्र र मञ्जुको । जागिरबाट छुट्टी भएपछि सत्वादेखि बरदुबईसम्मका गल्लीगल्लीमा उनीहरुले कोठा खोज्न थाले । कुनैबेला जागिरका लागि तिनै गल्लीगल्ली हिँडेका पौडेल दम्पति अब व्यावसाय गर्ने कोठाको खोजीमा महिनाैं भौंतारिए ।

यसबीचमा व्यापार गर्न आवश्यक प्रशासनिक कामहरुबारे पनि बुझ्दै गए । मञ्जुका दाजु अर्थात महेन्द्रका जेठान लमजुङका हरिस गौली इराकमा राम्रो कमाइ गरिरहेका थिए । महेन्द्रले युएईमा रेस्टुरेन्टको व्यावसाय गर्ने भनेपछि इराकबाट हरिसले पैसाको चिन्ता नगर्न दरिलो आश्वासन दिए । यसले पौडेल दम्पतिको आत्मबल बढ्यो ।

आफ्नो शक्तिको श्रोत र श्रेयका रुपमा महेन्द्रले श्रीमती मञ्जुलाई लिने गर्छन् । हरेक महत्वपूर्ण निर्णयहरुमा श्रीमतीको राय र सल्लाह लिने गरेको  उनी बताउँछन्

निकै दिनको दौडधुपपछि महेन्द्रल बरदुबईमा सगरमाथा रेस्टुरेन्ट स्थापना गर्न सफल भए । नेपालीले खोलेको नेपालीको सगरमाथा रेस्टुरेन्टमा सुरुमा धादिङका ईश्वरराज उपाध्याय, लमजुङका हरिस गौली र महेन्द्रले तीनजनाको लगानी थियो ।

यो रेस्टुरेन्टमा महेन्द्र र उनको समूहले निकै मिहेनत गर्‍याे । रेस्टुरेन्टले युएईमा कार्यरत नेपालीहरुलाई नेपाली खाना सरल मूल्यमा उपलब्ध गरायो । सेवा तथा गुणस्तरमा ध्यान दियो । प्रचार प्रसार र नेपालीहरुको जमघटको केन्द्र भएका कारण नेपालीको सगरमाथा रेस्टुरेन्ट चाँडै नै नेपालीहरुको रोजाइमा पर्न थाल्यो ।

सगरमाथा रेस्टुरेन्टबाट राम्रो कमाइ हुन थालेपछि तीनजना पार्टनरले आपसी सहमतिमा व्यापार व्यावसायलाई विस्तार गर्दै लानु नै भविश्यका लागि राम्रो हुने सरसल्लाह गरे । त्यसपछि महेन्द्रले सन् २०१५ डिसेम्बरमा देराको युनियनमा एकल लगानीमा नमस्ते रेस्टुरेन्ट सञ्चालन गर्न थाले ।

देराको मुटु मानिने युनियनमा रहेको नमस्ते रेस्टुरेन्टमा पनि खानामा गुणस्तर कायम गर्नेदेखि सेवा र सफासुग्घरमा महेन्द्रले ध्यान दिए । ग्राहकलाई गरिने आत्मीय व्यवहार र मिजासिलो स्वाभावका कारण एकपटक आएको ग्राहक खोजीखोजी फर्केर उनकैमा आउन थाले । मौलिक नेपाली खाना र अन्य परिकारहरुका लागि नमस्ते रेस्टुरेन्ट धेरै नेपालीहरुको रोजाईको केन्द्र बन्यो ।

दुबईको देरामा पाएको सफलताले महेन्द्रले सारजहामा पनि रेस्टुरेन्ट स्थापना गर्ने सोच बनाए । यसै क्रममा महेन्द्रले लमजुङकै सुनील गौली, कल्याण गौली र शारदा सेढाई दाहालको संयुक्त लगानीमा क्रिस्टल प्लाजापछाडि सारजहामा मुमताज नामको चलिरहेको इन्डियन रेस्टुरेन्ट खरिद गरेर नेपाली परिकार थप गरे । सन् २०१८ मे २ तारेखदेखि नेपाली व्यावस्थापनमा उनले यो रेस्टुरेन्ट सञ्चालन गर्न थालेका छन् । यो रेस्टुरेन्ट भदौ १ गते शुक्रबार युएईको नेपाली समुदायका ब्यक्तित्वहरुको उपस्थितिमा समुदघाटन गर्ने कार्यक्रम रहेको महेन्द्र बताउँछन् ।

समयमै दुःख गरे आफ्नो र परिवारको भविष्य सहज हुने सपना बोकी १८ वर्षअघि युएई छिरेका महेन्द्र अहिले युएईको नेपाली व्यावसायिक क्षेत्रमा सफल, इमानदार र विश्वसनीय व्यक्तित्वका रुपमा परिचित छन् ।

यो स्थानसम्म आउनमा लमजुङको शैक्षिक र सामाजिक क्षेत्रमा सुनाम कमाएका दाजु राजेन्द्र नै आफ्नो प्रेरणाको श्रोत र आधार भएको महेन्द्र बताउँछन् । आफ्नो शक्तिको श्रोत, शक्ति र श्रेयका रुपमा महेन्द्रले श्रीमती मञ्जुलाई लिने गर्छन् । हरेक महत्वपूर्ण निर्णयहरुमा श्रीमतीको राय र सल्लाह लिने गरेको उनी बताउँछन् ।

 

सन् २०१० मा युएईमै छोरी मञ्जिता जन्मिएपछि निरन्तर सफलता हात परेको उनले बताए । व्यापारिक पार्टनरहरु पनि परिवारभित्रकै भएका कारण सबैको सहयोग र सहकार्यका कारण आफू आवद्ध व्यवसायहरु निरन्तर अगाडि बढिरहेको उनले अनुभव सुनाए ।

पहाडी जिल्ला लमजुङको जिता गाउँपालिका वार्ड नम्बर ९ बगुवाबजारका महेन्द्रको जन्म मध्यम वर्गीय परिवारमा ०३४ साल फागुनमा भएको हो ।

गाउँकै सूर्यज्योति निम्न माध्यमिक विद्यालयबाट अध्ययन गरेका महेन्द्रले मंगला उच्च माध्यमिक विद्यालय, सोतीपसल, लमजुङबाट ०५१ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि २०५१ को अन्त्यतिर चितवन पसेका उनले बालकुमारी क्याम्पसबाट वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरे ।

मानव जीवनमा शिक्षाको महत्व राम्ररी बुझेका महेन्द्रले कलेजमा अन्य क्रियाकलाप भन्दा पठनपाठनमा ध्यान दिन थाले । आफू जुन क्षेत्रमा समर्पित भइएको छ, त्यसैमा दिलोज्यान दिएर लाग्ने स्वाभावका कारण उनले पढाइमा सफलता प्राप्त गरे । अहिले उनले पढेको वाणिज्यशास्त्र व्यवहारमा प्रयोग भएको छ ।

पारिवारिक वातावरण, सहयोग र आत्मविश्वासका कारण युएईको नेपाली व्यवसायिक क्षेत्रमा उनी सफल व्यवसायीका रुपमा चिनिएका छन् ।

बुध, साउन ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो) विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले...

भक्तपुरका मेयर प्रजापति ठाडै भन्छन्, ‘मागेर विकास गरिन्न, आईएनजीओ चाहिएन ।’

माघ, काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एकलौटी पारेको नगरपालिका हो, भक्तपुर । काठमाडौं महानगरपालिकाबाट नजिकै भएपनि यहाँ ‘मोनोरेल’ वा ‘समृद्धि’ को खासै चर्चा छैन । २०६८ सालको जनगणना अनुसार भक्तपुर नगरपालिकाको जनसंख्या ८३ हजार हो । अहिले एक लाख पुगेको अनुमान...

काव्यिक विमर्श

काठमाडौँ, पौष १६ गते । संसाक मासिक र खोज अनलाइनको आयोजनामा एक सार्थक र अर्थपूर्ण काव्यिक विमर्श सम्पन्न भयो । विमर्शमा डा.शैलेन्दुप्रकाश नेपाल, साहित्यकार दामोदर पुडासैनी किशोर, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, साहित्यकार गुप्तबहादुर श्रेष्ठ, साहित्यकार सीता विष्ट कार्की, पूर्व सेनानी टंकबहादुर खत्री, समालोचक तथा संस्कृतिविद्...

संस्मरण:- सम्झनामा डा. धनेश्वर भट्टराई सर!

मान्छेले कि राम्राे काम गर्ने मान्छेलाई कि नराम्राे काम गर्ने मान्छेलाई सदा सम्झिराकाे हुन्छ। अाज म यस्ताे ब्यक्तिकाे बारेमा लेख्दै छु, जाे हाम्राे मानस्पटलमा सदा रहिरहनु भाकाे छ। हाम्राे अादरणीय गुरु धनेश्वर भट्टराई सर। काभ्रेकाे श्रिखण्डपुर मा.वि मा पढ्दाका अनगिन्ती यादहरूछन् सर सँगकाे।२०४५ सालतिर हाेला...

मनिशा पौडेलको आत्मा कथा

एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै...

भैरबनाथमा दुखेको एक बर्ष

सैनिक पञ्जाबाट मुक्ति पछिको अवस्था म सैनिक पञ्जाबाट फुत्किएपछि काठमाण्डोमा छिपेर पार्टी सम्पर्क खोज्न थालें । यो कठिन काम थियो र सम्भव पनि भएन । डाक्टरकोमा गएर २ वर्ष अघिको यातनाका घाउ चोटहरुको खतहरु देखाएर पोस्टमार्टम गरें । यसकार्यमा वकिल टिकाराम पोखरेलले सहयोग गर्नुभयो र...