कथा

लघु-कथा = “सनिवारे साहित्य”

-पुनाराम कर्यावरिक्का दंगीशरण गाउँ पालिका ४ दाङ


एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी भनेर भटटट भन्दै बडो चाख लाग्दो थियो उसको त्यो भट्याउने शैली ।
माइक्रो आफ्नै गतिमा अगाडि बढदै थियो । त्यही एक हुल युवा समूह आफ्नै तालमा गीत गजल मुक्तक हासोँ मजाकमा मस्त थिए । माइक्रो सगयोगी भाइ आउछन र भाडा उठाउछन । एकजना भख्खरकि टिनएज महिला सबैको भाडा यसबाट काट्न आग्रह गर्छिन । बाकि रहेको पैसा फर्काइदिन्छ्न ।
केहि मिनेटमा फिर्ता गरिएको पैसा पुग्दैन र त्यी महिलाले ए ! भाइ तिमी सनिवारे स्कुल पढेको हो क्या हिसाब आउदैन तिमीलाई किन अपुग पैसा ड्या ? सबैजना गललल्ल हाँस्छन होला होला सनिवार स्कुल गएको होला भन्दै ।
माइक्रो सहयोगी भाइले मलिन हुँदै भन्छ सरी दिदी गल्ती भयो अनि अर्को कुरा हो दिदी म सनिवार स्कुल गएको हो ।
जब तपाईहरू सनिवार आराम गर्नु हुन्थ्यो र म स्कुलमा गएर सरसफाइ गरि पैसा कमाएर ल्याउथे र आमाको लागी औसधि किन्थे । माइक्रो बसका सबै प्यासेनन्जर भावुक र निशब्द भए ।
त्यी महिला जसले त्यो वचन लगाएकी थिइ । आफै लज्जित भईन र भनिन् कुनै कुनै प्रश्न कति धारिलो हुन्छ अनि उत्तर पनि त्यही धारिलो हतियारले काटेको घाँउ जस्तै गहिरो हुन्छ ।
अन्त्यमा आत्मग्लानी महसुस गर्दै ती महिला फिर्ता गर्न पर्ने पैसा तिमीनै राख भाई भन्दै त्यो समुह कलंकीमा उत्रिए र एउटा साहित्यक कार्यक्रममा गए ।

बिहि, भदौ १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विद्वानको कदर

कुनै एक शहरको टोलमा एक जना विद्वान बस्दथे /विद्वान आफ्नो बिषयमा निकै निपूर्ण थिए / उनको बिद्वातालाई सबैले प्रशंसा गर्दथे /राष्ट्र र अन्तरराष्टिय स्तरमा नै नाम चलेका थिए / उनको चर्चा परिचर्चा शहरको टोलमा मात्र सिमित नभएर राष्ट्र भरि नै फैलिरहेको थियो /टोलबासीले पनि निकै...

लघुकथा “संकेत”

शहरमा दाजु भाउजू सानाेतिनाे नाेकरी गरेर जीवन बिताईरहेका थिए । गाउँ बहिनी हान्ने साडे जस्तै मातिएर बसेकी थिई । वल्लाे गाउँ पल्लाे गाउँ जहाँसुकै उनकै कुरा हुुन्थ्याे । समाजमा याे छाेरीले नाक काटने भई । बा अामालाई पीर थियाे । जेठी छाेरीकाे बिहे भैसकेको थियाे...

सपनामा भगवानसङ्ग कुराभएका 

कथा नेपालको एउटा साह्रै पिछडिएको गाउँमा बसेका एकजना गरिब रहेछन् । उनको पेशा भने कृषि नै रहेछ । दिनभरि खेतमा काम गर्ने साँझ परेपछि घर आउने , घरमा राम्रो खाना खान पनि ज्यादै धौःधौ रहेछ । घरमा आई ढिंडो फाँडो जे छ खाइहाल्थे । थकाइले लखतरान परेर सुतिहाल्ने बानीरहेछ...

धनी र गरिबका गीती कथा

एउटा गाउँमा किसानी गर्ने विपन्न वर्गका तोरी फूले नामका एक किसान थिए । तिनले आफ्नु बारीमा तोरीको विउ छर्दथे तोरी उम्रेपछि पहेलो फुल्दथ्यो देखेर दङ्ग पर्दथे । आहा ! पहेलो फूल भनि रमाउथे मेरो घर पहेलो रङ कहिले होला छतमा बसेर कहिले हासौँला भन्ने कल्पना...

पलायन -कथा

“हैन ऊ पलायन भएकै हो त ?” मेडमले अंशुबर्मालाई सोधीन “हो” मेडम, तपाईको उक्साहट र मेरो कुटनितिको अगाडि उ टिक्न सकेन ।” अंशुबर्माले जवाफ दियो “के गर्दै छ हिजो आज ऊ ?” पुन जिज्ञासा राखिन मेडमले “कोही खेती गर्दैछ भन्छन, कोही सुनौली र भैरवाहमा सामान ओसार पसार गर्छ...

शारदा भुसालको वयानः बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ

भ्ररष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन्...