स्थानीय समाचार

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने


तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।।
लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ ।
माधब छन्त्याल को अध्यक्षता मा सञ्चालन गरिएको नयाँ बिधार्थि स्वागत एंव दशै तिहार बिशेष कार्यक्रम बारे छलफल कार्यक्रम को अबसर पारि उक्त प्रर्पोजल सार्बजनिक गरिएको हो, समुह का उपाअध्यक्ष्ाँ रोहित छन्त्यालको स्वागत मनतब्य र सचिब मेनुका छन्त्यालको संचालन रहेको उक्त कार्यक्रम मा कोषाअध्यक्षँ शान्ति छन्त्याल ले आगामि कार्यक्रम को प्रर्पोजल बाचन गर्नु भएको थियो । पहिलो पटक तमानखोला गाँउपालीका बाग्लुङ्ग, चेतनशिल आमा समुह लाम्मेला, शोले युवा क्लब लाम्मेला, तमानखोला कला समुह र लाम्मेला परिवर्तनशिल समुह काठमाण्डौ को सामुहिक प्रयासमा यो कार्यक्रम गर्न लागीएको हो, बिशेष गरि बालविबहा र जातिय छुवाछुत बिरुद्धको नाटक प्रदर्शन हुने उक्त कार्यक्रम को मुख्य उद्देश्य समाजमा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध चेतना बृद्धि गर्ने रहेको छ । जसिन्द्र श्रीपालीको लेखन रहेको उक्त नाटकमा अत्यन्तै सरल शब्दको प्रयोग गरि स्थानीय समस्या, बिकृति नाटकमा उठाएको उन्को भनाई छ। म्ैले नगरे कस्ले गर्ने अहिले नगरे कस्ले गर्ने भन्ने नारन संगै सुरु गरिएको यस अभियानले सभ्य समाज निर्माण गरि बिकासमा टेवा पु¥याउने अध्यक्ष माधव छन्त्याल को भनाई छ। के छ त लाम्मेला परिवर्तनशिल समुह काठमाण्डौ प्रर्पोजलमा हेरौ ।

पश्चिम नेपालको धवलागिरी अञ्चल अन्तर्गत बाग्लुङ्ग जिल्लाको उत्तर पश्चिममा पर्ने रमणीय ठाँउ हो तमानखोला गाँउपालीका ४ लाम्मेलाखानी । प्राकृतिक सौन्दर्यले अत्यन्तै सुन्दर ठाँउ लाम्मेला उच्च पहाडी क्षेत्रमा पर्ने भएकोले चारै तिर बाट हरियाली डाँडाकाडा ले छोपिएको छ । यो गाँउ उत्तर को नर्जाखानीको सिमना बाट दक्षिण तर्फ भिरालो भू–बनोट भई पूर्वमा पर्यटकीय सम्भावना बोकेको आकर्षक ठलो शोलेडाँडा देखि ठुलो खोला हुदै हिले सम्म फैलिएको छ । सामुन्द्रिक सतह देखि लगभग २४०० मिटरको उचाईमा अबस्थित यस गाँउमा मुख्यतया विश्वकर्मा र छन्त्याल जातीको बसोबास रहेको छ । केहि समय पहिले थकाली जातीको समेत बसोबास रहेता पनी हाल भने उक्त समुदाय बसाँई सराई गरी शहर भित्रिएका हुन । यहाँका बासिन्दा मुख्य गरी कृषि पेशामा आबद्य भए पनि पछिल्लो समय बैदेशिक रोजगारको शिलशिलामा खाडीमुलुक जाने हरुको संख्या दिन प्रति दिन बृद्धि हुदै गईरहेको छ । कला संस्कृतिको धनी यस सुन्दर नगरी लाम्मेलाखानी को आफ्नै किसिमको चिनारी रहेको छ । छन्त्याल र विश्वकर्मा जातीमा अत्यन्तै प्रख्यात खेली, सोरठी नाच, मनग्य आलु उत्पादन यहाँको चिनारी हुन भने सांस्कृतिक सम्पदामा विश्वकर्मा बाबा मन्दिर,भगवति मन्दिर,बिबिध देवी देवताको थान,देउराली, चौपारि र स्मारक हरु रहेका छन । भौगोलिक विकटता र सदरमुकाम देखि टाढा रहेको कारण सरकारी निकाय हरुको ध्यान पुग्न नसक्नु को साथै सरकारी योजना पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन तर स्थानीयको सक्रियतामा विकाश निर्माणका कार्यहरु केहि न केहि रुपले अगाडी बढिरहेको पाईन्छ ।
तर बिडम्वना यति सुन्दर र सबैको मन लोभ्याउने लाम्मेलाखानी मा केहि कुरा अझै जरा गाडेर बसेका छन जुन उलेल्नै पर्ने बाध्यता हामी मशसुस गरेका छौ। लाम्मेलाखानी ले सक्षम नेता जन्मायो,लाम्मेला खानीले सक्षम शिक्षक जन्मायो,लाम्मेलाखानी ले धेरै समाजसेवी,पत्रकार बुद्धिजिवी र सफल ब्यबसायी जन्मायो तर दुखको कुरा त्यति धेरै असल पुत्र जन्माउने जन्मभुमि प्रति कसैको आखाँ नपरेको होकि जस्तो महशुस गर्दै तिनै जन्मभुमिको सम्मान गर्न र त्यहाँका थानीय मान्छेको चेतना बृदि गर्न लाम्मेला परिवर्तशिल समुह जन्मियो एक सेवा प्रदायक संस्था बनेर । विगत २ वर्ष भन्दा बढि सरस्वती पुस्तकालय सहयोग समिति को नामले सामाजीक काम गर्दै आएको यस संस्था हाल भने आफ्नै नाम बाट सामाजीक सेवामा खटिएको छ । कसैलाई धात छल गरी खानु,संस्था र सामाजीक काम को नाममा कसैलाई ठगी गर्नु आफ्नै सन्तानको रगत खानु सरह हो भनेर लागी परेका हामी धेरथोर सकरात्मक काम हरु गरी सकेका छौ तर हाम्रो उद्देश्य यति मात्रै हुनै सक्दैन त्यस कारण फेरी सुरु गरेका छौ एक जटिल यात्रा ।
नेपालीमा एउटा कथन छ“भकारीमा एउटा कुहिएको आलु छ भने त्यस ले सारा भकारीको आलु कुहाउछ अनी सबै खेर जान्छ भन्ने”हो त्यस्तै जस्तो प्राकृतिक , सांस्कृतिक र धार्मिक हिसाबले समेत अत्यन्तै सम्पन्न र सुन्दर रहेको हाम्रो गाउँमा केहि त्यस्तै कुरा रहे जस्ले हाम्रो ईतिहास र पहिचान माथी नै प्रश्न खडा गरिदिए त्यहि मध्यको दुई अत्यन्तै ठुलो समस्या प्रति ध्याणकर्षण गर्दै हामीले उक्त समस्या लाई मनोरञ्नमा परिणत गरी समाजमा चेतना दिने सोच बनायौ जस अन्तर्गत पहिलो “बाल विबहा” दोस्रो “जातिय छुवाछुत” यहाँ पहिलो विषय बस्तु प्रति केन्द्रित भएर केहि लेखौ ।
के हो बाल विबहा रुयो किन समस्याको रुपमा खडा छरु

सामान्य तया बाल बिवहा भन्ने बित्तिक्कै सानो उमेरमा गरिने बिवहा भन्ने बुझिन्छ यस्मा कसैको दुई मत नै छैन तर यहाँ असन्तुष्टि यस्ले निम्त्याउने समस्या प्रति हो । मुलुकी ऐनको पछिल्लो संशोधनमा बिवहा गर्न २० वर्र्ष पुग्नु पर्ने प्राबधान भए तापनि हाम्रो समाजमा वाल विबहा जस्तो कुप्रथा जिबितै छ सानो उमेरमै बिवहा गर्ने कुरिति कायमै छ । वाल बिवहा परम्परागत सामाजिक अभ्यास भएपनी अहिले यस्लाई कु–संस्कारको रुपमा लिईन्छ ।उच्च बाल बिवहा हुने दक्षिण एसियाली देशमा नेपाल तेस्रोमा पर्छ । युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन द स्टेट अफ द वल्ड्रस चिल्डे«न, २०१६ अनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष नपुग्दै बिवहा गर्छन । बिश्वमा बाल बिवहा घटिरहेको परिप्रेक्ष्यमा नेपालमा भने झन बद्दै गईरहेको दाता हरुले देखाउछन् । पारिवारिक समन्वयको अभाव,कानुनि अनभिज्ञता,घरायसि कामको स्वार्थ,सामाजिक संञ्जालको पहुच,बढ्दो खुलापन, पारिवारिक सम्बन्ध यीनै कुराले बाल बिवहामा झन सहयोग पु¥याई रहेको छ । बिश्व स्वास्थ्य संगठनको प्रतिबेदन अनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजार बाल बिवहा हुदै आएका छन । यहाँ बाल बिवहा ले निम्त्याउने केहि सामाजिक एंवम ब्यक्तिगत समस्या बारे संक्षिप्त कुरा गरौ ।
हुन त सृष्टि सञ्चानका लागी बिवहा अनिबार्य छ । बिवहा केटाकेटी बिचको बैधानिक सम्झौता पनी हो । बिवहा ले केटा केटी बिचको सम्बन्ध मात्र नभएर एक अर्का बिचको धार्मिक एंवम सांस्कृतिक पक्ष समेत जोडेको हुन्छ।
तर यहि बैबाहिक सम्बन्ध असफल हुने हो भने आत्मा हत्या, यातना जस्ता क्रुर र अमानबिय घटना हरु समेट घटेको पाउन सकिन्छ,
बाल बिवहा गर्नु गराउनु बाल अधिकार, महिला अधिकार, मानब अधिकार र कानूनी शासनको समेत प्रतिकुल हो । बाल बिवहा बाट बालबालिका पढ्न पाउने, स्वेछिक रुपमा बिवहा गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हक बाट समेत बञ्चित भईरहेका छन् ।
बालिका रजस्वला हुनुभन्दा र्पूर्ब नै बिबहा गर्दा धार्मिक एंव सामाजिक दृष्टिकोण बाट उपयुक्त हुन्छ भन्ने अझै पनी पुरानो मानसिकता ले समेत बाल बिवहा लाई प्रोत्साहन गरेको पाईन्छ । बाल बिवहा बाट बैवाहिक जीवनमा पर्न सक्ने असर, बालिका को प्रजनन स्वास्थ्यमा पर्न सक्ने गम्भिर खतरा जस्ता कुराको ज्ञान नहुना ले समेत बाल बिवहा बढ्दै गईरहेको पाईन्छ । बाल बिवहा कानुनी रुपमा अपराध हो । कानुन ले नै निषेध गरेको कुरा गर्नु गराउनु अधिकार कसैलाई छैन प्रहरी प्रशासन एंव समाजको अगाडी नै खुलेयाम बाल बिवहा भई रहेका छन तर त्यस प्रकारको गैर कानूनी कार्य लाई रोक्ने र बाल बिवहा गराउने अभिभाव लाई समेत लाई कानुन को दायरामा ल्याउन सकेको अबस्था छैन तर अब हाम्रो माग हो त्यस्ता समाजका कंलङ्क हरुलाई कडा कार्बाहि हुनु पर्छ ।
सानै उमेरमा बालिका हरु स्वास्थ्य र मानसिक हिसाबले समेत गर्भवती बन्न सक्ने अबस्थाका हुदैनन् । सानै उमेरमा बालिका गर्भवती भएको खण्डमा आफु स्वस्थ्य रहन र स्वस्थ्य बच्चा जन्माउन सक्दैनन् अत आमा र बच्चा अकालमा मृत्युको मुखमा पुग्न बाध्य छन । त्यस्कारण अब यो शैय छदै छैन २१औ शताब्दीमा आइृ रहदा समेत हामी १२ ,१५ शताब्दीको कु–प्रथा अगांली रह्यौ भने हामी सचेत मानव हौ भन्न समेत लाज हुने छ त्यस अर्थमा समेत हामी यस कुरिति माथी नाटक द्धारा समाजमा शिक्षा प्रदान गरी यस्को निर्मुल गर्न चाहान्छौ ।

अब दोस्रो समस्या बारे थोरै कुरा गरौ ।
समाजमा धेरै जात जाती हुनु, धेरै भाषा बोलिनु, भिन्न भिन्न संस्कृति हुनु धार्मिक एंव सास्कृतिक हिसाबले राम्रो हो तर मानब ले मानब बिच जाती थर कै आदारमा बिभेद गनु अमानबिय र हिंसात्मक हो । नेपाली समाजमा २१औ सताब्दिमा पनि सिंङ्गो दलित समुदाय जातको आधारमा बिभिन्न यातना भोगी रहेका छन जस्तो कि अन्तरजातीय बिबहा गरेकै कारण समाज बाट बहिष्कार हुनुपर्ने,धारा,पधेरोमा अलंगै बस्नु पर्ने यस्ता धेरै उदाहरण हाम्रो समाजमा जटिल बनेर बसिरहेका छन ।
दलित हरु कसरी दलित हुन पुगे,के आधारमा जात छुट्याउन थालीयो त्यसको आधिकारीक प्रमाण त हाल सम्म उपलब्ध छैन तर धेरै सून्नमा आएका केहि तथ्य सहितका कुराहरु भने छन नै त्यस्का मोटामोटी कुरा लाई हेर्ने हो भने शिपको आधारमा मान्छेलाई काम दिइयो बजाउन जान्ने लाई बनाउन लगाइयो,जुत्ता सिउने लाई छालाको काम लगाइयो,सुनको काम गर्ने लाई सुन बनाउन लगाइयो, फलाम बनाउने लाई फलाम को काम लगाइयो तर पछि त्यसैमा राजाहरु ले छालाको काम गर्ने लाई सार्कि, सुनको काम गर्ने लाई सुनार,फलाम बनाउने लाई लोहार को उपमा दिए त्यहि थर पछि बिभेद कारी हुन पुग्यो वास्तवमा शिपको सम्मान गरी पुजा गरीनु पर्ने तर जातको नाममा अछुटो को टिका लगाई समाजले सानो जात भनेर दर्जा दियो बास्तवमा यो जघन्य अपराध हो, संसारका धेरै बिकसित ठाँउ हरुमा नेपालमा अझै पनी जातकै आधारमा बिभेद हुन्छ भन्दा उनीहरु सुस्केरा हाल्छन सायद लाग्दो हो त्यहाँका मान्छे अझै ढुङ्गे युग बाट माथी छैनन् भन्ने । जंग बहादुर राणाले १९९० मा मुलुकी ऐन जारी गरी नीतीगत रुपमै दलित माथि बिभेद लडियो, त्यस प्रश्चात २००७ साल भदौ १ मा जारी गरेको मुलुकि ऐनमा कानुनत नेपालमा समाज लाई जातिय भेलभाव बाट मुक्त राख्ने प्रस्त पारियो । प्रतातन्त्रको पुर्नस्थापना संगै ल्याईएको २०४७ को संबिधान मा मात्र जातीय छुवाछुत लाई दण्डीत गर्ने उल्लेख गरी त्यस प्रश्चात २०६८ मा आएर जातीय छुवाछुत तथा कसुर सजाए ऐनको जारी भयो । जसमा कुनै पनी मान्छेलाई जातकै आधारमा छुवाछुत मा बिभेद गरेमा एक महिना देखि तीन महिना सम्म कैद वा पाचँ सय देखि २५ हजार सम्म जरिवाना वा दुबै गर्न सकिने ब्यबस्था गरिएको छ ।
यति हुदाहुदै पनी अझै सम्म जातकै आधारमा पिटाई कुटाई खानु परेको छ अझै पनी बिभिन्न किसिम को यातना भोग्नु गरेको छ यी हुनु पछाडी को एक मात्र कारण शिक्ष्ााँ को अभाव हुनु हो केहि मान्छे बुझेर पनी चुप छन केहि मान्छे नबुझेकै कारण बिभेद गरी रहेका छन अब अशिक्षित लाई शिक्षित बनाउने, अबुज लाई बुझाउने जिम्मेवार हामि लिदै छौ,यति सुन्दर शान्त र चिटिक्क मिलेको हाम्रो गाँउ अब जातीय बिभेद, छुवाछुत कै कारण दाग लाग्न हामि कदापि दिदनौ, अब त्यहि समाजमा बुझाउन चाहान्छौ हामी कि समाजमा कुनै पनी मान्छे लाई जातको आधारमा बिभेद गर्न पाईदैन र हुदैन भन्ने कुरा, हामी यहि समाज लाई बुझाउन चाहान्छौ मान्छे कोहि पनी जाती थर धन रुप जस्ता कुराले धनि हुदैन भनेर हो हामीलाई हाम्रो गाँउ ठाँउ बनाउने मन छ हामि लाई हाम्रो भबिष्यको कर्णधार हरु लाई सहि मार्ग निर्देशन गर्नु छ । हामि लाई हाम्रो जन्म दिने आमा र जन्मभुमि उत्तिकै प्यारो छ ।
यी कुरा परिवर्तको लागी नाटक नै देखाउनुपर्ने चाहि किन त
नाटक श्रब्य दृश्य दुबै भकोले ठुलो कुरा यस्ले आखाँ र कान दुबैको प्यास पुरा गर्छ । नाटक भन्दा बित्तिकै मान्छेमा फिल्मको आभाष हुन्छ जस्ले गर्दा हेर्न चाहाने हरुको संख्या धेरै हुन्छ । अझ हामिले बुझेको यो पनी होकि हाम्रो जस्तो विकट ठाँउमा संञ्चारको प्रप्याप्त सुबिधा नपुगेको ठाँउमा नाटक ले आम मानिसको सहजै ध्यान आर्कषण गरी परिर्वनको मुखमा ढकेल्न सक्छ भन्ने कुरामा हामी ढुक्क छौ । उसमाथि हाल सम्म हाम्रो गाँउमा कुनै पनि नाटक संञ्चालन नभएकोले र हामिले प्रस्तुत गरेका समस्या समेत सोहि गाँउको प्रमुख समस्या भएकोले दर्शक हरुले कसरी प्रस्तुत हुन्छन भन्ने कुरामा तिब्र चासोको साथमा हेर्ने छन । अर्को कुरा उक्त नाटकको पात्र हरुमा सोहि गाँउका स्वयम हामि बिधार्थि हरुको नै भुमिका हुने हुदा यस्ले पनी स्थानीमा गहिरो चासो बढाउने कुरा प्रस्त हुन आउछ ।
नाटक प्रत्यक्ष दर्शक को आम्ने साम्ने भएर देखाईने हुदा हामिले प्राप्त गर्न चाहेको उद्देश्य र जनतामा दिन खोजेको सन्देश दिन सक्छौ भन्ने कुरामा हामि थप अपेक्षित छौ ।

कार्यक्रम बारे बिस्तृत जानकारी
१ लाम्मेला परिवर्तन समुह ले यस कार्यक्रम २०७५–०७–०५ गते सोमबार को दिन हिन्दु नेपाली हरुको महान पर्व बिजया दशमि को समापन संगै दोस्रो ठुलो पर्ब तिहारको पुर्ब सन्ध्याको अबसर पारेर सुन्दरनगरी लाम्मेला खानीमा अबस्थित विश्वकर्मा बाबा मन्दिर को प्राङ्गगण वा सबैलाई पायक पर्ने स्थान छनोट गरी संचालन गर्ने छौ ।
२ कार्यक्रम तमान खोला गाँउपालीका बाग्लुङ्ग,चेतनशिल आमा समुह लाम्मेला ४ नं. वडा कार्यलय लाम्मेला, शोले युवा कल्ब लाम्मेला र लाम्मेला परिर्वतनशिल समुह काठमाण्डौको संयोजनमा सञ्चालन गरिने छ ।३ यस कार्यक्रम सुरुवातको चरण देखि कार्यक्रम समापन गर्दा सम्म टोतल २ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ ।क्रम संख्या शिर्षक लागत रकम
१ प्त्ः मा नाटक रियसलको लागी २ महिना कोठा भाडामा लिदा नगद रु १५,०००।
२ कार्यक्रमको लागी आबश्यक अतिथि सम्मान सामाग्री(खाडा,प्रमाण पत्र सम्मान पत्र ब्यानर मायाको चिनो डो सल्ला आदि) नगद रु ४०,०००।
३ उक्त सम्पूर्ण सामाग्री प्त्ः बाट कार्यक्रम स्थल पुर्याउन यातायात खर्च नगद रु ५,०००।
४ कार्यक्रम स्थल सजावत एंव आबश्यक सामाग्री खरिद नगद रु ८,०००
५ आमन्त्रित कलाकार,अतिथि लाई खाना खाजा (दुई दिन गरि) नगद रु १५,०००।
६ कार्यक्रम समायाबधिभर सुरक्ष्ााँ का लागी प्रसासन खर्च नगद रु ६,०००।
७ कलाकार(गायक) आउदा जादा बाटो खर्च ,खाजा खर्च एंव नगद खर्च
(दुई जनाको लागी ) नगद रु ५०,०००।
८ कार्यक्रम प्रचारप्रसार पोष्टर खर्च ५,०००।
९ नाटक रेकडिङ्ग,मिक्सिङ्ग,मिडिया खर्च १,००००
१० आपतकालिन खर्च ५–१० हजार
जम्मा खर्च रकम रु १६४,०००।
एक लाख चौसठ्ठि हजार रुपैया मात्र ।

४ कार्यक्रमा लागत खर्च मनकारी सहयोगी दाता हरु बाट र गाँउपालीकाको सहयोग बाट उपलब्ध गराइने छ ।
५ कार्यक्रम को उद्देश्य उपस्थित अभिभावक एंव थानिए मान्छेलाई जातिय छुवाछुत र बाल विबहा समाजको बिकृति र बिकाश बादक तत्वहरु हुन भनेर बुझाउने हुनेछ ।
६ यस कार्यक्रम मा आर्थिक बचेको खण्डमा उक्त रकम संस्थाको बैक खातामा राखि भाबि कार्यक्रम को लागी सामाजिक हितकै काम मा लगानी गरिने छ।
७ माथि उल्लेखित कलाकार अभिभावक, स्थानीय , प्रतिनिधि सबैको सहमति बाट रुजु गरे प्रश्चात ल्याईने छ ।
अन्य थप घट गर्नु परेको खण्डमा यहाँहरुको सल्लाह ,सुझाव अनुसार हेरफेर गरिने छ ।
आर्थिक भौतिक सहयोग गर्दा हाम्रो संस्थाका सदस्य साथी हरु वा तलको खाता नंम्बरम गर्न सक्नु हुनेछ ।

सम्पर्क नं माधब छन्त्याल ९८६७६८१९७८, जसिन्द्र श्रीपाली ९८४९९२५७३९

मैले नगरे कसले गर्ने , अहिले नगरे कहिले गर्ने ।।

मन, बचन र कर्मले सहयोग गर्ने सम्र्पूण सहयोगी मन प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

अध्यक्ष / सचिब
माधब छन्त्याल / मेनुका छन्त्याल
………………… ………………….

लाम्मेला परिर्वनशिल समुह परिवार काठमाण्डौ ।

शनि, भदौ २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...

गोंगबुको सांस्कृतिक सम्पदाहरु

गोंगबु क्षेत्रका गणेश मन्दिरहरु  १) बीच विनायक २)जल विनायक ३)कार्य विनायक ४)शिध्दी विनायक गोंगबु क्षेत्रका पाटीहरु  १)बकैना पाटी २)कलकत्ते पाटी ३)नेवा छ्य पाटी ४)सांख टी ख्वाउने पाटी गोंगबु क्षेत्रका इनारहरु  १)गणेशस्थान नेरको इनार (हाल लोप भैसकेको छ ) २)ग्वाराको जग्गाको इनार (हाल लोप भैसकेको छ ) ३)नाति मानान्धरको घरनेरको इनार ४)बिज्ञान लोहनीको घरनेरको इनार ५)नेवा छेको इनार गोंगबु क्षेत्रका कुवाहरु  १)चन्द्र बहादुरको घरनेरको कुवा २)सार्की...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार समुदायबाट यो संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी...

बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु

साउन, भक्तपुर । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।   गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन...

तीन युवाहरुको नयाँ अभियान

काठमाडौं । नेपालबाट विदेश पलायन हुने युवाहरुको संख्या बढ्दो छ । नेपालमा रहेका सिमितता तथा समस्याहरुलाई कारण मान्दै सुनौलो भविष्यको खोजीमा उनीहरु विदेश गइरहेका छन्। तर, सुलभ मल्टिपर्पोज सर्भिसका सञ्चालक दोय सालिकराम गिरी कुमार धिताल तथा सुमन भारति भने नेपालमा पनि विदेशमा जस्तै संघर्ष गर्ने हो...

नारायणी जडिबुटी उद्योगलाई मैले नजिकबाट नियाल्दा ।

२०७५,श्रावण ८ गते मंगलबार -उद्वव सापकोटा दाइसँग चिनजान पुरानै हो उहाँसँग बसेर धेरैपल्ट विविध विषयमा गफ हुने गर्थ्यो।उहाँको परिचय म उहाँलाई अायुर्वेदिक डाक्टरको रूपमा चिन्थे किनकी उहाँ सिंहदरबार वैद्यखानामा करिब २८ वर्ष काम गरि पेन्सन पकाएर निस्कनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । बोल्दा अतिम संयमित तरिकाले बोल्ने उहाँ...