कला/मनोरञ्जन

गायक पाठक र गायिका घिमिरेको कार किन्देउ किन्ने भा तीजगीत सार्वजनिक


काठमाण्डौं, गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रश्तुतिमा यस वर्षको पृथक शैलीमा तयार भएको तिजगीत कार किन्देउ किन्ने भा गत श्रावण ३१ विहिवारदेखि औपचारिक रुपमा सार्वजनिक भएको छ । नमुना नेपाल युट्युव च्यानले वजार व्यावस्थापन गरेको यो गीत अति नै मौलिक र सामाजिक सन्दर्भलाई समेत समेटिएको छ । समाजमा वर्गिय भिननता रहेको छ एउटा वर्गको मान्छेले अर्को वर्गको मान्छेलाई आफ्नो सम्पति ,गरगहना रगाडीको रवाफ देखाउने गरेको र फलस्वरुप तलले वर्गको मान्छेमा नकारात्मक प्रभाव पर्ने रत्यसले पारिवारिक कलहका साथै वेमेलको अवस्था समेत सृजना हुने सामाजिक यथार्थताई यहाँ देखाउन खोजिएको छ ।

गायन र पत्रकारिता पेशालाइृ सँगसँगै अगाडी वढाउदै आएका गायक तथा पत्रकार रामप्रसाद पाठकको लय तथा शव्द संकलनमा तयार भएको यो तीजगीतमा रामप्रसाद पाठक ,राधिका हमाल र मञ्जु घिमिरेको स्वर रहेको छ भने यस गीतको संगीत संयोजन लक्षुप्रकाश मल्लले गरेका श्हुन । यस्तै मनोज डंगोलले रेर्कड गरेका हुन् भने जिवन वडुले मिक्सिकङ गरेका हुन् । काभ्रेको वनेपा नगरपालिका वडा नं.२ घिमिरे गाउँ र गीरी गाउँमा यस गीतको म्युजिक भिडियोको छायाङकन भएको हो । राजधानीदेखि नजिकैको दुरीमा रहे पनि राज्यले दिनु पने विकाशको सेवा सुविधाबाट वञ्चित रहेको यो अति नै रमणिय गाउँमा भएको यो तीजगीतको छायाङ्कनको निर्देशन गायक स्वयं पाठकले गरेका हुन भने यस गीतमा गायक रामप्रसाद पाठक, शुसिला निरौला विम्ली, गायिका मञ्जु घिमिरे,नमराज घिमिरे,शम्भु घिमिरे लगायतका कलाकारको अति नै सशक्त अभिनय देख्न सकिन्छ ।

यो म्युजिक भिडियोलार्इृ रामकृष्ण कंडेलले खिचेका हुन् । गायक पाठक साइकल चलाएर आफी वुढीलाई माइत लैजाने एउटा संघर्षशिल गाउले लोग्ने मान्छेको प्रतिनिधीे पात्र जो आफनो जिवन सधै भरि घाँस दाउरा , गोठ ,भैसीमै विताएको रुपमा उभिएका छन् भने विम्ली शुसिला निम्न परिवारको स्वास्नी मान्छे जसले अरुको देखासिकी गरेर आफ्नो सोझो पतिलाइृ वेला वेलामा ठूलठूलो माग प्रश्तुत गरेकी एउटी गाउले नक्कली महिला पात्रको रुपमा उभिएकी छिन् । वजारमा एउटै किसिमका र विकृत िर विसँगती भित्रयाउने किसिमका तीजगीतहरुको भिडमा एउटा सामाजिक यथार्थता र अलिकति भए पनि रोमाण्टिक किसिमको स्वाद वोकेको यो तीजगीत अवश्य पनि सवैले एकचोटी हेर्नै पर्ने बनेको छ ।

सोम, भदौ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै(भिडियो सहित)

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको...

निरा अधिकारीको शब्द रचनामा “कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे” गित बजारमा

कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे कोहि भेटें फुल्को थुङ्गा जस्तो मान्छे   बिपद्को साथी दुखको सहारा भेट्या छैन मनले चाहे जस्तो मान्छे “कोहि मान्छे   सुखी झुपडीको बसाई कोहि मान्छे दुखी महलमा छ रजाई कोहि हुन्छ न्दङ्ग सहयात्री लड्दा कोहि गर्छन ईर्ष्या  साथी शिखर चड्दा कोहि परिश्रमी पसिनामा रम्छन   कोहि हुन्छन् स्वार्थी सधै खुट्टा तान्छ्न कोहि...

मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिए

१४ माघ, पोखरा । मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिएकी छन् । कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशको सर्वोत्कृष्ट जवाफ दिँदै उनले ताज जितेकी हुन् । बेस्ट पर्सनालिटी टाइटलको उपाधि पनि कुसुमले नै...

निर्देशक, गायक, संगितकार रामु बिरही यति बेला मोड्लिङ क्षेत्रमा तहल्का मचाउदै

निर्देशक गायक संगितकार तथा सर्जक रामु बिरही यती बेला मोड्लिङ क्षेत्रमा पनि चर्चा कमाउदै म्युजिक भिडियो मात्र नभई फिल्मी क्षेत्रमा पनि मुख्य भुमिकामा अभिनय गर्न थालेका छन्। बिशेष  गरी लोक दोहोरी गित मन पराउने बिरही मौेलिक लोक संगीतलाई संरक्षण गदैँ आएका गोविन्द वली रोल्पालीको मौलिकता झल्काउने पराईले लग्यो दोहोरी गितमा...

कृष्ण वलि लाई चोट कलम कुमार लाई दुखाई ।

 जसिन्द्र श्रीपाली पश्चिमको सानोभेरी गाँउपालीका ९ का २१ वर्षीय कृष्ण ओलीको जीवन कहानी लाई समेटेर गायक एवम् कुशल सारङ्गी बाधक कमल कुमार विश्वकर्माले मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । ऋण गरेर ईलेक्टिक सबईञ्जिनियर पढेका कृष्ण तुलसीपुर दाङको बिधुत कार्यलयमा साईट सुपरभाइजरको रुपमा काम गर्दै आएका...

सांस्कृतिक संस्थानले आयाेजना गरेकाे सुर- साधनाकाे ७औ शृंखलामा गायक लालकाजी श्रेष्ठ

हिजाे पाैष २६ गते गायक लालकाजी श्रेष्ठकाे एकल गायन प्रस्तृतिले संस्थानकाे हल गुन्जयमान भएकाे थियाे। बरिष्ठ संगितकार दिपक जंगमकाे प्रमुख अातिथ्यमा सुरू भएकाे उक्त कार्यक्रम उध्याेग राईकाे सभापतित्व र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा. गार्गी शर्मा,...