गजल

संयुक्त गजल

-संयोजन हेमन्त खड्का


 मायामा अझै पनि निसाना उस्तै छ
बढ्दो यो मनको चाहाना उस्तै छ ।
#सिताराम_खड्का

बिहान बेलुकी दुख गर्दा किसानले
खाने अन्न त्यो बारीमा दाना उस्तै छ।
 #प्रवीण_नेपाल
 कति गर्छौ अझै त्यो मायाको कुरा
झुटा तिम्रा प्रेमपत्रको पाना उस्तै छ।
#आनन्द लाल
घरघरमा सिंह दरबार भन्थे नेताले
खै गरिबको चुहिने छाना उस्तै छ।
। #सम्झना_श्रेष्ठ
शहरीया डुब्ने गर्छन मार्सी चामलमा
गाउँघर अझै फेरिएन, खाना उस्तै छ ।
#बासु_सापकोटा
आफ्नो संस्कृति बिर्सिएर आजभोलि
युवा युवतीले गाउने गाना उस्तै छ।।
#अजम्बरी
जिन्दगि मानिसको नेता फेरिए शासन 
 तर पनि गरीबलाई दिने त्यो माना उस्तै छ
#सरु_रोकाहा
बलात्कार यहाँ दिनदिनै बढ्दा पनि
पुलिसले गरीब थुन्ने थाना उस्तै छ।
#निर्दोष_क्षेत्रि

सोम, भदौ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गजल

खराब लत छुटेन कैल्यै अकूत भएनी, लोभले गर्दा बिग्रीयो बानी सपूत भएनी।   म सेवा गर्छु भनेर आयौ होकि त भनेर जनता सोझा चुनाव जित्यौ कपूत भएनी।   के बिधी प्यारो लागेको होला यो भ्रष्ट चरित्र नानिको बानी गएन कतै राजदूत भएनी।   शासन राम्रो होलाकी भन्यो गरेन कसैले मरेर धन मिल्दैन लान देवदूत  भएनी।   देशको चिन्ता...

गजल

भन्देउ तिम्रो बाध्यतामा पर्छु कि रहरमा पर्छु मन पराउनेको सुचिमा कतिऔ नम्बरमा पर्छु। म आजादी नजर हु जता पुग्छु पुग्न देउ थाहा छैन भोलि त कस्को पो खप्परमा पर्छु। बस्न त कयौं भिर खायर बगेको नदि भित्रै बस्छु। आखिर माछी न हु कहिले तिर कहिले बगरमा पर्छु म ठुलो भिरमा फुलेको...

गजल

पुरानै रिवाज पुरानै सजावट अझै सम्म रतिभर बद्लिएन मेरो समाज अझै सम्म   ए सरकार हुदाखाने र हुनेखाने कसरी छुट्याउनु सकियको छैन र हजुरको परिक्षण अझै सम्म   उस्ले मुटु टुक्राएर गएको बर्षौ भइ सक्यो बाकी छ सम्झना मेट्न छोडेको रुमाल अझै सम्म   तपाईंको शहरमा पो धनी छन अस्पताल छ्न मेरो गाउँ गरिब छ।भोक...

गजल

महिलाले लाउने चर्का नारा देखियाे सरकारकाे हर्कत पनि सारा देखियाे   बाउ नभई सन्तान चाहियाे रे अब पानी बिनाकाे यहाँ धारा देखियाे   मुलुकी एेनका पानाहरू पल्टाउँदै हेर्दा सन्तान चाँही पक्कै दिने पारा देखियाे   यसकै लागि लडेका नेताहरू तिम्रा हुम्ला,राेल्पा रूकुम, खारा देखियाे   अहिले मात्र कहाँ हाे र शास्त्रमा पनि कुन्ती, अहिल्या द्राैपदि र तारा...

चौतारीको म्यासेन्जर ग्रुपबाट बनेको संयुक्त गजल

मनमुटु अन्तै कतै सारेछौ र थाहा पाएँ हाम्रो माया अोझेल पारेछौ र थाहा पाएँ हेमन्त खड्का   सँगै जीउने तिम्ले सपनाहरू देखाएथ्यो सत्यमा छाँगाबाट झारेछौ र थाहा पाएँ रमेश खड्का   जात भात म केही छुट्याउदिन भन्थ्यो यिनै कुराहरू ल्याई टारेछौ र थाहा पाएँ मनिसा पौडेल   अाफु जति नै तिम्लाई प्यार गर्छु भन्थ्यौ तर मेरो तिम्ले...

गजल

गजल मान्छे मान्छे बाटै सिकार भएपछि बाउबाट छोरी बलात्कार भएपछि घटना बढ्ढै जानू स्वभाबिक हो देशमा कानुन नै अन्धकार भएपछि अपराधी दिउँसै छाती खोलेर हिड्छ नाबलिका माथी पुरुषार्थ साकार भएपछि बाउ@ले छोरी छोराले आमा भनेन कठै खुलमखुल्ला कानुनको आकार भएपछि न्याय माग्ने आशा नै विलीन भएर गयो कानुनमा न्यायका कुरा बेकार भएपछि ...