समाचार

धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ


इटहरी / रुखमा पैसा फल्छ भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ । रुखमा घर बनाएर स–साना कटेजहरू निर्माण गरेपछि पर्यटकहरूको आगमन बढेको छ । त्यहाँ प्रवेश गर्न नै टिकट लिनुपर्छ ।
यसरी रुखमा पैसा फलाउँदैछन् धरानको शिरमा रहेको शिवधारा चोकबाट शिव जटा जाने बाटोमा रहेको शुभ गन्तव्य रिसोर्ट र धरान बजारको फेदमा रहेको यलम्बर सामुदायिक वनको पार्क क्षेत्रले । शुभ गन्तव्यमा तीन वटा ट्रि हाउस बनेका छन् ।

tree house (2)
गत वर्षको माघ महिनामा निर्माण भएका ट्रि हाउस हेर्न आउनेहरू थुप्रै छन् । हरेक दिन सय भन्दा बढी पर्यटक ट्रि हाउस हेर्न आउने सञ्चालक ओमु राई बताउँछिन् । यी ट्रि हाउस हेर्न प्रवेश शुल्क मात्रै प्रतिव्यक्ति १० रुपैयाँ लाग्छ । औसतमा सय जनाले मात्रै यात्रा गर्दा हरेक दिन १ हजार र हरेक महिना ३० हजार रुपैयाँ प्रवेश शुल्कबाटै आउने कारण यहाँका ट्रि हाउसहरू नै हुन् । शनिबार र सोमबार हुने भीडभाड जोड्दा त यहाँको टिकटको शुल्कले मात्रै मासिक लाख रुपैयाँभन्दा बढी उठ्छ ।
धरानको यलम्बर पार्कले भने प्रवेश शुल्क १५ रुपैयाँ प्रतिव्यक्ति लिन्छ । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर राईका अनुसार ट्रि हाउस बनेपछि दैनिक १ सय पर्यटकहरू थपिएका छन् । हरेकबाट रु १५ का दरले शुल्क लिएर एक दिनमा १ सय आउँदा दैनिक कमाइ १ हजार ५ सय देखिन्छ । मासिक कमाइ भने ४५ हजार हुने देखिन्छ ।

tree house (5)
यसरी रुखमा २ लाख हाराहारीको खर्चमा बन्ने प्रति ट्रि हाउसले हरेक दिन निरन्तर कमाइ दिन थालेपछि रुखले पैसा फलाएको भन्न मिल्ने व्यवसायी बताउँछन् । इटहरीका पर्यटन व्यवसायी सुनिल भुसाल धरानको ट्रि हाउस क्रेज देखेर दङ्ग छन् । २ लाख हाराहारीको लागानीमा बनेको ट्रि हाउसले मासिक ३० देखि ४५ हजार कमाइ हुनु भनेको ७ महिनामा लगानी र ब्याज उठ्ने देखिएको भुसाल बताउँछन् । एउटा गतिलो रुखका काठ काटेर लिने आम्दानी भन्दा चल्तीका पर्यटन केन्द्रका ट्रि हाउसले दिने आम्दानी धेरै देखिएको भुसाल बताउँछन् । यसले रुखको संरक्षण र पर्यटकीय कमाइ सँगसँगै हुने नजिर स्थापित गरेको छ ।
इटहरीको होटल प्रिमियर स्कुलका सञ्चालक समेत रहेका र पर्यटनमै स्नातकोत्तर गरेका भुसाल भन्छन्, ‘यही हेरेर भन्न मिल्छ कि धरानका रुखहरूले पैसा फलाउँदैछन् । अब अन्य सुन्दर क्षेत्रका रुखहरूले कहिले फलाउने पैसा ?’

tree house (4)

प्रतिक्रिया दिनुहोस

मङ्ल, भदौ ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रचण्डकी नातिनीको एल्बम निकालिदिने संगीतकार योगेन्द्रमणी दाहाल ठगीको आरोपमा पक्राउ

पञ्चकन्या ग्रुपको साढे १२ करोड हिनामिना गरेर फरार रहेका गीतकार योगेन्द्रमणी दाहाल पक्राउ परेका छन् । गीतकार संघ नेपालको अध्यक्ष हुनुपूर्व उनी कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल कम्पनीमा कार्यरत थिए । यो पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप कुमार श्रेष्ठहरुको लगानी रहेको कम्पनी हो । सोही कम्पनीमा कार्यरत...

सामुदायिक सेवा केन्द्र गोंगबुँमा निर्वाचनबाट नयाँ कार्य समिति निर्माण

काठमाडौँ-सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको पौष १४ गते भएको १३ औ साधारण सभाले २ वर्षे कार्यकालको लागि राकेश सिंहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । साधारण सभाले प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः लक्ष्मण न्यौपाने र लवप्रसाद ढुङ्गाना, महासचिवमा ओम कृष्ण...

सामुदायिक सेवा केन्द्र ,गोंगबुको १३औ साधारण सभा भब्य रुपमा सम्पन्न

सामुदायिक सेवा केन्द्र ,गोंगबुको १३औ साधारण सभा भब्य रुपमा दीपज्योति आवासीय मा.बि.मा सम्पन्न भएको छ /साधारण सभा पछि बन्द सेसन संचालन भैरहेको कुरा हाम्रा खोज सम्बादाताले जानकारी गराएको छ /बन्द सेसनमा लोकतान्त्रिक समुहको तर्फबाट अध्यक्ष लिला प्रसाद ढकालको समुह र लोकतान्त्रिक प्रगतिशिल समुहको अध्यक्ष राकेश सिंह...

नेपालकै ठुलो स्कुल केन्द्रित एक्टिंग आइडल गर्दै एण्टिना

नेपालका धेरै शैक्षिक चलचित्र बनाएर चर्चामा आएका युवा निर्देशक घनश्याम तिमल्सिना एण्टिनाको पहलमा स्कुल आइडल हुने भएको छ । यो अभिनय सग सम्बन्धित आइडल हो ।उनी भन्छन् नेपालमा यति ठुलो अभिनय आइडल स्कुल केन्द्रीत भएर भए जस्तो लाग्दैन । यसले नेपालको शैक्षिक जगतमा नयाँ तरङ्ग...

पाटनको मंगलबजारदेखि नालासम्म साइकल यात्रा सम्पन्न

विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ । ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा डेढ सय साइकल यात्री सहभागी थिए ।...

भट्टचन द्धारा लाम्मेला परिवर्तनशील समुह काठमाण्डौ लाई ५० हजार आर्थिक सहयोग ।

लाम्मेला परिवर्तनशील समुह काठमाण्डौले दशैको समापन संगै तमानखोला गाँउपालीका ४ लाम्मेलामा कार्तिक ०५ गते देखि आयोजना गरेको “जातीय बिभेद र बाल बिवाह” बिरुद्धको नाटक प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम मा प्रभू बैक काठमाण्डौ कमलादीका अध्यक्ष एंवम समाजसेवी देवी प्रकाश भट्टचनले नगद रु ५० हजार सहयोग...