विचार

भैरबनाथमा दुखेको एक बर्ष

-बिनोद दाहाल


सैनिक पञ्जाबाट मुक्ति पछिको अवस्था म सैनिक पञ्जाबाट फुत्किएपछि काठमाण्डोमा छिपेर पार्टी सम्पर्क खोज्न थालें । यो कठिन काम थियो र सम्भव पनि भएन । डाक्टरकोमा गएर २ वर्ष अघिको यातनाका घाउ चोटहरुको खतहरु देखाएर पोस्टमार्टम गरें । यसकार्यमा वकिल टिकाराम पोखरेलले सहयोग गर्नुभयो र तत्कालिन सेनापति र गणपतिलगायतलाई प्रतिपक्षी बनाएर मुद्दा दर्ता गराएपछि म हिंड्दै र सेनाको सम्भावित घेराउहरु छल्दै काभ्रेको पार्टी सम्पर्कका लागि हिंडें । अन्ततः म सिन्धुलीको पार्टी सम्पर्कमा पुगें । २०६३ फागुनमा आफन्तमार्फत सुनें कि मुद्दा जितें । एफएमले प्रशारण गरेको रहेछ । सैनिकहरुले मलाई सेनापतिसहित भएर सैनिक मुख्यालयमा कैयौंपटक बेहोस बनाएको र त्यस्तैगरि कर्णेलकै सहभागितामा भैरवनाथ गणमा पनि यातना दिएको मुद्दामा विजय पाउने भनेको उनीहरु दोषि भएको प्रमाण्ति भयो । मलाई अदालतको फैसल्ला अनुसार क्ष्यतिपुर्तिको व्यवस्था पनि भयो ।

करिव १ वर्षको भैरवनाथ गणका बिभिन्न कालकोठरिमा बिताएको कष्टकर जीवनले केही राहत पायो भन्ठानें । त्यहाँ हुँदा सँगै रहेका योद्धाहरुको संझना झल्झली आइरह्यो । कत्तिलाई त्यहिं गुमाइयो, कत्तिलाई त्यहींबाट वेपत्ता पारेको सार्वजनिक स्थिति थिएन । कत्तिलाई त्यही कालकोठरिमा छोडेर हामी लगायतका केहीसाथीहरुलाई सुन्दरि जलको सेनाको क्याम्पमा सारेको बेला थियो । त्यतिवेला साँखुको प्रहरि चौकी आक्रमण भएकोबेला हेली गएको त्यहिंबाट आफ्नै आँखाले देखेका थियौं, युद्ध भीषण बनेर राजधानीमा आक्रमणहरु बढ्दै गएको बेला थियो, हामी भैरवनाथ गणलगायतका सैनिक कालकोठरिमा रहेकाहरुको सार्वजनिक गर्ने माग लिएर आन्दोलनमा उत्रिंदा मलाई कालकोडरिभित्र पसेर सेनाको जमातले घिसार्दै निकाले, निक्कैवेर आँखामा पट्टिी बाँधेर घुमाएपछि मलाई बाथरुममा थुनिदिए, म त्यतिवेला पूर्व योजनासाथ आमरण अनसनमा बसेको थिएँ । मेरो सपोर्टमा १८ जना अरु साथीहरु पनि बसिदिनु भयो । पुसको २३ गते थियो, त्यसदिन सुदिप पाठक, मल्लके सुन्दर लगायतको मानवअधिकारवादीहरुको टोलीले दिउँसो हामीलाई भेटेर बन्दीहरुको अवस्था बुझेका थिए । मैले जे अवस्था हो जस्ताकोतस्तै बताएको कारण सैनिकहरु क्तुद्ध थिए किनकि सैनिकहरुले माओवादीका नाममा अत्याचारि शासन चलाएका थिए, मानिसहरुलाई हत्या गर्नु सामान्य ठानेका थिए, पक्रिएर राखेका बन्दीहरुलाई आफूसँग नरहेको बताएर विश्वकै सबैभन्दा बर्बर शासन चलाएका थिए । हामीले छोडेर आएका बन्दी साथीहरुलाई सार्वजनिक गर्ने माग सैनिकहरुको लागि सबैभन्दा कठिन माग थियो । त्यहि भएर म सँधै सैनिकको निगरानीमा जेलमा थिएँ । म उनीहरुको पक्राउ गर्ने योजना असफल पार्दै उनीहरुको पञ्जाबाट फुत्किएको थिएँ । युद्ध विराम हुँदा वेपत्ता बन्दीहरुको सार्वजनिक गर्ने कुनै भर्पर्दो कुनै सुनिश्चितता बिनानै गरियो, त्थै भएर आजसम्म वेपत्ताकै स्थिति बन्यो । क्रान्तिका नायकहरुको यो सबैभन्दा लज्जाजनक अवस्था हो । सत्ताको लालशामाम त्तिसम्मको नीचता देखाउने नालायकनै सिद्ध भए आखिरमा ।

सैनिकहरुलाई दोषि र कारवाही नगरेकै कारण उनीहरु आक्रामक भए र जनसेनाको हतियार मात्र गुमेन, संगठननै ध्वस्त भयो । मैले मुद्धा जितें, सेनापति र गणपति दोषी नै हुन् ! अदालतको फैसल्लाले यही भन्नु पर्ने हो । मलाई अपहरण गरेकै हुन्, गैरकानुनी कारवाही गरेकै हुन्, पटकपटक वेहोस पारेर यातना दिएकै हुन्, घाउचोटहरु लगाएकै हुन्, मलाई पनि अन्य बन्दीहरुसँग करिव १ वर्ष राखेकै हुन् तर सैनिक प्रभावले गर्दा उनीहरुको नाम, थर र ठेगाना उल्लेख नगरेका कारण उनीहरुलाई कारवाही गर्न नमिल्ले फैसल्लामा उल्लेख गरेपछि कारवाही प्रक्रिया फितलो बन्यो । तत्कालिन सेनापति र गणपतिहरुको नाम, थर र ठेगाना अभाव रहेको नाममा उनीहरु दोष मुक्त हुन मिल्छ ? यहि हो सैनिकको प्रभावको अत्याचारि शासन, हैन र ? कानुन गरिव, निमुखा र न्यायका लागि लाग्ने मानिसहरुको लागि मात्रै हो ? यत्ति ठूलो अपराध गर्ने अपराधीहरुलाई कानुन अनुसार भनेपनि कारवाही हुनु पर्दैन ? यसपाली समयभित्रै मैले वेपत्ता व्यक्तिहरुको छानविन आयोगमा गएर यो सबै बिबरण टिपाएँ । दोषिहरुलाई कारवाही किन नहुने भनेर जिकिर गरेको छु । तर सैनिकले वेपत्ता पारेका व्यक्तिहरुबाहेक अरुको छानबिन प्रक्रियाा अगाडि बढाएको जानकारि पाएपछि म निरास बनेर फर्किएको छु । जानीजानी सैनिकहरुले राजाको नाममा संविधान, नियम, कानुन सबै आफ्नो हातमा लिएर अत्याचारि शासन चलाएका थिए । अहिले त्यो हटेको र बदनाम सेनाको नाम फेरिएको तथा लोकतान्त्रिकीकरण गरिएको बताएपछि पनि सैनिक बारेमा यसरि छानबिन रोकेपछि पडित परिवारलाई माओवादी नेताहरुले दिने जवाफ के हुन सक्छ ? लाचारि हुने र अनुहार लुकाएर एमालेको रुपमा प्रकट हुनेबाहेक के हुन्छ ? सेनामात्र हैन, अहिले खासमा त्यही सक्कली अनुहार देख्न थालियो सबैको ।

बिहि, भदौ ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनिशा पौडेलको आत्मा कथा

एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै...

युएईको नेपाली सफल व्यवसायी

युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा...

कम्बोडियाः हिन्दु, बाैद्ध र खमेर भूमि

सियाम रिपको अन्तर्राष्ट्रिय विमानस्थलमा रातको ९ बजे म ओर्लदैंछु । कम्बोडियाले पनि नेपालीलाई अनअराइभल भिसा दिन्छ । अध्यागमनका कर्मचारीले मलाई खासै केरकार गरेरन् । एयरपोर्ट बाहिर निस्कँदा चहलपहल निकै कम छ । रात छिप्पदोँ छ । मैले एकजना टुर गाइडलाई इमेल लेखेको थिएँ । उसले...

हो म महावीर नाम को प्रशंसक हु

एउटा अचम्म को बानी छ म संग जब केहि कुरा मनमा उथलपुथल हुन्छ तब मन खुव खिसखिसाउछ अनि त सिरानी मुनी च्यापेर सुत्ने डायरीमा हुलहुली शब्दहरु बगाउछु केहि अरुलाई पनी सुनाउन मन लाग्यो भने फेशबुकमा पोस्ट गर्छु त्यहि मध्येको एउटा लेख हो यो जुन तपाई...

कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

हुन त उनी आफू आफै पनि आफ्नोको मात्र मान्छे होइन । घरपरिवार, समाज र देशभरका सबैको मान्छे । जन्मजातै कम्युनिष्ट । दुःखी, गरिब र सर्वहाराको मान्छे । दुःखीको दुःख र गरिबको गरिबी हटाउने संकल्प । धनसम्पत्ति, सुखसयल, मोजमस्तीभन्दा माथि उठ्नुपर्छ भन्ने आदर्श । कहिले झुपडीमा बसेर...

लेख्दा लेख्दै रुन्छु :साबित्रा उमरा

म लेख्दा लेख्दै रुन्छु भने दादा समाज सेवा गर्दा गर्दै पनि रुनुहुँन्छ” गाउँले चेली साबित्राको बुबा पछिको दादा सिन्धुली बासिको मात्र नभएर राष्ट्रीय स्तरमै समाजसेबिको रुपमा परिचित समाजसेबी उज्जवल थापा जस्लाई तपाई चिन्नूहुन्छ समाजसेबिको रुपमा। जस्को मनमा नौनी घिउ मिसिएको छ। देखे भोगेको सुनेको कुरालाई...