समिक्षा

दुर्गाका कवितामा फूल, पात र काँडाको त्रिवेणी छ

-तिलकप्रसाद लुइँटेल


मेरा हातमा अहिले दुर्गा रिमाल (अधिकारी) बाट रचित ७४ वटा कविताह? समेटिएको ‘‘त्रिवेणी’’ कविता सङ्ग्रह छ । ‘‘दुर्गाको धुनमा लय मिलाउँदै’’ शीर्षकमा भुवनहरि सिग्देलको शुभकामना लेख छ । त्यस लेखमा पुस्तकभित्र समेटिएका रचनाह?को विशेषता बताउँदै— ‘‘मेरा भाव र आशमाथि हस्तक्षेप नगर्नु होला ।’’ ‘‘यसमा सङ्ग्रहीत कवितालाई जसरी बुझ्न खोजे पनि देशको राजनीतिक विडम्बना नै आइपुग्छ ।’’ भनिएको छ । यस्ता घत लाग्दा धेरै कुरा यस लेखमा आएका छन् । यिनले स्रष्टा दुर्गा रिमालको र पुस्तकको महत्त्व प्रस्ट पार्नमा धेरै सहयोग पुगेको छ । कविता र कविका विषयमा उहाँको स्पष्ट विचार हुन्छ । त्यसमा पूरापूर सहमत हुँदै अगाडि लाग्दै छु ।
त्यहाँबाट अघि लाग्दा— ‘‘दुर्गाका कवितामा फूल, पात र काँडाको त्रिवेणी छ ।’’ ‘‘कृत्रिम जीवन व्यतीत गर्नेहरु  प्राकृतिक उद्गार बुझ्दैनन् । राजनीति, अर्थनीति, समाज र अध्यात्म सबै विषयह? दुर्गाका विषय हुन् ।’’ यस खालका धेरै सारपूर्ण विचार समेटिएको शुभकामना लेख आउँछ । त्यस लेखको शीर्षक ‘‘दुर्गाको दुर्ग पनि देखियो’’ भन्ने छ र गाउँले बलदेव सरले सो शुभकामना दिनुभएको हो । कवि र कविताका विषयमा लेखिएको हुनाले यस लेखमा कवितामय लालित्य देख्न पाइन्छ । उहाँले पनि कवयित्री दुर्गाका जीवनको गोरेटो बताउँदै कवित्व क्षमताका पक्षमा राम्ररी केलाउनुभएको छ ।
नवराज रिजालको मन्तव्य लेख ‘‘भावनाप्रधान कविताहरु ’’ शीर्षकमा आउँछ । कवयित्रीका भावनाह?को विश्लेषण गरिएका यस लेखमा— ‘‘उनी कवितामा जन्मभूमिको महिमा गाउँछिन् र विचारमा हराउँछिन् । विश्वासमा विगत रोप्छिन् र वर्तमान फलाउँछिन् । उनी आफ्ना कवितामा जीवन खोज्छिन्, आस्था खोज्छिन् र विश्वास खोज्छिन् । संस्कृति खोज्छिन्, मूल्य खोज्छिन् र मान्यता खोज्छिन् । पुर्खाको इतिहास खोज्छिन् । सहिदको बलिदान खोज्छिन् र विच्छृङ्खल वर्तमानको गन्तव्य खोज्छिन् ।’’ भनिएको छ । यसका अतिरिक्त कविताका भावनात्मक पक्षको अति सावधानीका साथ चर्चा भएको हुनाले लेख पठनीय छ । लेखले कविताहरुको भावपक्षलाई बोध गर्न सजिलो बाटो दिएको छ ।
कवयित्रीले २०७१ माघ ११ श्रीपञ्चमीका दिन लेखेको आफ्नो विचार ‘‘मेरो भन्नु’’ शीर्षकमा आएको छ । यस लेखमा पुस्तकको प्रकाशनदेखि विमोचनसम्म विभिन्न कार्यमा विभिन्न क्षेत्रमा सहयोग गर्ने जनह?प्रति कृतज्ञता ज्ञापन गरिएको छ । त्यसका साथै आगामी कृतिहरु  सुन्दर बनाउनका लागि सुझावका अपेक्षा गरिएको छ । यसरी रचनाकारले आफ्नो शालीनता दर्साएपछि कविताहरुको क्रम सु? भएको छ ।
हुन त म शीर्षकको कविता यस कवितासङ्ग्रहको मङ्गलाचरण हो । यसले पूर्वीय विधानलाई निर्वाह गर्दै रचनाकारको विनम्रता प्रकट गरेको छ । नयाँ वर्षको आगमन शीर्षकको कवितामा जननी जन्मभूमिश्च भन्ने भावलाई सम्मान गरेको हुनाले स्थानको महत्त्व दर्साएको छ र नयाँ वर्षको शुभकामना दिएर सकिएको छ । मैले सोधेँ शीर्षकको कवितामा मैले नजन्माएको छोरो हिजो सोध्दै थियो भन्ने हरफ आउँछ । यस हरफले नै सबै कविताको भावका माध्यमबाट समाजको मानसिकता व्यक्त गर्दछ । रस नलिएको शीर्षकको कवितामा भाषाभाषी बुझ्ने मनले किन दिल नबुझेको भन्ने वाक्य आएको छ । कविताले देखाउन खोजेको मानिसको असन्तोषी स्वभावलाई यस हरफबाट अनुमान गर्न सकिन्छ ।
उल्लसित जीवनको अनुराग लिएर आएको कविताको नाम हो आज उल्लासमय लाग्यो । उल्लासमय के थियो भन्ने कुराको जानकारी कविताका हरफह?मा नै पाइन्छ । जे जसो भए पनि अनुरक्त जीवनलाई मोहित गराउने शक्ति यस कवितामा छ । मानिस चाहे पुरुष होस् वा स्त्री । माया उस्तै हो, देशको माया सबैमा हुन्छ भन्ने भाव मायालुको आज शीर्षकमा पाइन्छ । मानिसका मनमा प्रेमको भावना उत्पन्न हुँदा अर्को पक्षलाई सोधेको हुँदैन । हाँसिदेऊ तिमी शीर्षकको कवितामा त्यस कुराको चर्चा भएको छ । सारांशमा भन्नुपर्दा एकोहोरो प्रेमको लक्षणलाई यस कविताले उठान गरेको छ । मेरो देश शीर्षकको कवितामा अझै पनि देशभित्र सुधार हुन बाँकी धेरै कुरा छन् भन्ने भाव पाइन्छ । दार्शनिक सोचले सम्पन्न कविता जिन्दगीको अहम्ता साँच्चै नै भन्ने हो भने अति छोटकरीमा मानिसलाई सफल जीवनको मार्गदर्शक हुन सक्ने देखिन्छ । सन्तानकी आमा कवयित्रीले आमा शीर्षक राखेर लेखेको कविता कति मर्मस्पर्शी हुन्छ भन्ने बताइरहनु पर्दैन । तिमी त मेरा प्रियतम शीर्षक हेर्दा कविता मायावादी हो भन्ने लाग्छ । लामो कविता जवानीको मायाप्रीतिकै बिम्बलाई साथमा लिएर निकै लामो लहरिन्छ र देशभक्तिमा प्रतिबिम्बित हुँदै कविता सकिन्छ । मानिस कुनै समयमा आफ्नै मनसँग विश्वस्त हुन सक्तैन भने अ?लाई विश्वास गर्दा घात प्रतिघात हुन नसक्ने कुरा हुँदैन भन्ने भाव मानसपटल शीर्षकको कवितामा प्रकट भएको छ । प्रतीकात्मक ?पले राजनीति चर्चा गर्दै हाम्रा पाहुना शीर्षकको कविता रहेको छ र यसैसँग परिवर्तनको माग राख्ने परात्पर शीर्षकको उस्तै कविता आउँछ ।
लैङ्गिक, जातीय वा वर्गीय असमानताको प्रतिकार गर्ने सङ्घर्ष र सहनशीलता दुवैको उठान र दौडान अति वेगले भएको छ र उस्तै उत्साहहीन गतिले सकिएको छ । जीवनका समाप्तिको चित्र जस्तो त्यस कविताको शीर्षक सहिदिन्छु बरु  लात भन्ने छ । त्यसै गरी अर्को शीर्षक शान्तिको नारामा राजनीतिक आश्वासन र वञ्चनाप्रति ‘‘विरोध अनि कुर्चीको लालसमा ठिक भो खै कहाँ लुक्यो परोपकारी भावना त्यो, भुँडीपूजामा व्यस्त नै हितकार भो’’ जस्ता शब्दले खिन्नता प्रकट भएको छ । त्यसै गरी शिक्षक शीर्षकमा पेसाको अनुभवको चर्चा भएको छ भने नारी अस्तित्व, एकादेशकी महारानी, नारी यी तीन शीर्षकमा लैङ्गिक विषय नै महत्त्वपूर्ण रहेको छ । मानिसको मूल्य शीर्षकका कवितामा मानवीय पक्षपातलाई समाजका सामु ल्याइएको छ ।
यस प्रकारले भावका दृष्टिले हेर्दा सबै कविताह?मा विचित्रता रहेकै छ । कलाका हिसाबले छन्दोबद्ध कवितामा छन्दका साथसाथै अलङ्कार, गुण, रीति, शैली आआफ्ना ठाउँमा मर्यादित रहेका छन् र छन्दमुक्त कवितामा पनि सो वैशिष्ट्य पाइन्छ नै । कविताप्रेमी पाठकले पाना खोलेपछि पढिसिध्याएरै किताब बन्द गर्न मन पराउँछ । प्रत्येक कवितामा एक प्रकारको अनौठो अनुभूति प्राप्त गर्दछ । त्यसो त हरेक कुरा कवितामा नौलो छ भन्न सकिँदैन । देख्तै, सुन्दै र बुझ्दै आएका कुराको पनि प्रस्तुतिमा भएको विचित्रताले रमाइलो अवश्य प्राप्त हुन्छ । त्यसका साथसाथै आफ्ना मनले ठहराएको कुरालाई अ?बाट पनि उसै ?पमा प्राप्त भयो भने त्यसले सन्तुष्टि प्रदान गर्दछ । कविताका प्रस्तुतिले मानिसका त्यस प्रकारका भावहरु धेरै ल्याएको छ । त्यसैले पाठकलाई आफूतर्फ अन्तिम कवितासम्म आकृष्ट गर्न किताबको क्षमता यथावत् देखिन्छ ।

उसै गरी कवयित्री दुर्गा रिमालको अर्को कृति ‘‘पुत्रमोह’’ लघुकाव्य मेरा हातमा छ । यसमा एउटै लामो कविता छ । कविताको शीर्षक पनि ‘‘पुत्रमोह’’ नै हो । यसको भूमिकामा कवयित्रीले आफ्नो विचार लेख्तै यस काव्यमा माता देवहूतिका नौवटी कन्यापछि कपिल मुनिको जन्म भएको चर्चा गर्नुभएको छ । श्रीमद्भागवत महापुराणमा कपिलमुनिको परिचय साङ्ख्यदर्शनका प्रणेता र प्रचारकका रुपमा पाइन्छ । उनले सबैभन्दा पहिले साङ्ख्यदर्शन आफ्नी आमा देवहूतिलाई सुनाए भन्ने श्रीमद्भागवत महापुराणमा छ ।
समाजभन्दा जीवन लामो हुँदैन । जीवनले बसाइँ सरेर समाज फेर्न सक्छ तर समाजले एकै ठाउँमा अडिएर अनेकौँ जीवनको अवागमन हेरिरहन्छ । हाम्रो समाजका मानिसले हिजोको दिनसम्म आफ्नो अधुरो सपना परिपूर्ति गर्ने उत्तरदायित्व छोरालाई दिने गरेको थियो । त्यसैले छोरो हुनुपर्छ भन्ने कडा मान्यता थियो । यहाँ पुत्रमोहको आशय पनि त्यही भावनाको अवशेष पाइएको छ ।
समयले मान्यता बदलिँदै जाँदा छोरो वा छोरी जे भए पनि सन्तान भए हुन्छ भन्ने मान्यतामा समाजले चित्त बुझाउन थाल्यो । त्यस भावलाई कवयित्रीले— ‘‘पुत्रपुत्री सबै एक पुत्रमोह हटाउनुहोस् बारम्बार गरी भक्ति यो जीवन सपार्नुहोस् ।।’’ भन्ने श्लोकमा चर्चा गरेको पाइयो । यद्यपि कपिल र देवहूतिको संवादमा नै कविताको कथानक अगाडि बढेको छ तापनि माता र सन्तानको सम्बन्धलाई समग्र ?पमा मिल्ने गरी कथानकमा उनेर अगाडि बढाउन कवयित्रीले सिप लगाएको देखिएको छ । आँगनीमा बसी खेलेँ दियौ माया मुमा सबै ताते बाबु भनी रम्दै दुवै हात समाउँदै ।। मैले खाने कुरालाई मिठो पारी पकाउने ससानो चोट देखेर मुस्कुराई फुलाउने ।। बिँडो थाम्दछ छोराले भन्यो होला समाजले पुत्रमोह नराखे है पुत्री योग्य हुँदा हुँदै ।। यी तीन श्लोकमा छोरालाई अति धेरै महत्त्व दिने, छोराको अभाव भएमा छोरीले पनि त्यो स्थान लिन सक्ने चर्चाले समाजको छोराप्रतिको आकर्षण र छोराका अभावमा छोरीले त्यो स्थान लिन सक्ने गरी उपचार दिएको देखिन्छ । यसबाट समस्या देखाउने मात्रै नभएर पूर्वीय विद्याले समाधान पनि दिएको छ भन्ने स्पष्ट हुन्छ । न छोराप्रति न छोरीमा नै, असन्तुष्ट नभई जे छ उसैमा सन्तोष गर्ने हो भने नै जीवन सुखद हुन्छ भन्ने भावलाई प्रकट गराउँदै कवयित्रीले— विलासी जीव बिग्रन्छ आफ्नै भोगविलासले लोभी इन्द्रियको लागि हाम्रो भ्रम निवास रे ।। भन्ने विचार अघि सार्दै जीवनप्रति सन्तोषी र कर्तव्यप्रति अविचल हुने सन्देश यस श्लोकमा अघि राखेको पाइयो ।
महिला कविको कृति हुनाले मातृत्वले सन्तानसँग गरेको संवाद यस पुस्तकमा देख्न पाइन्छ । वाङ्मयका दृष्टिले प्रकृति र जीव भनिए पनि सामाजिक जीवनका दृष्टिले आमाछोरा नै हुन् । कवितामा मातृत्व प्राप्तिका लागि भएको त्यागलाई— कोख तिम्रो सुनौलो छ सुनौलो रुप यो गयो डाँडामाथि डुबेको त्यो घाम आफैँ ?ने भयो ।। म त हाँसिन है आमा हाँस्दछ्यौ चाडमा तिमी अन्धकार अझै बाँकी ब्युँझिने कहिले तिमी ?।। शृङ्गारको सहाराले मेटिँदैन कुरुपता पहेँला रङ्ले मात्र पाइँदैन सुवर्णता ।। यस प्रकारले संवादका उपमा अघि सारिएको छ । यस संवादमा आमाको मन सन्तानप्रति मोहित हुन्छ तर बुझक्की सन्तानले आमाको त्यागलाई पनि सम्मानका साथ ग्रहण गर्दै यथार्थमा पनि अटल रहन सक्नुपर्छ भन्ने जस्तो भाव प्रतिबिम्बित भएको छ । यसरी २२ पृष्ठ लामो एउटै कवितामा सबै अनुष्टुप् छन्दका श्लोकहरु  छन् । समाजले पुत्रलाई दिने प्राथमिकता, समाजको परिवर्तित दृष्टिकोण, आमाको मातृत्व, सन्तानको मातापिता प्रतिको कर्तव्य जस्ता धेरै कुराह? यहाँ संयोजित भएका छन् । सानो पुस्तिका, एकै छिनमा पढिसकिने छ । मन लगाएर र मनन गरेर पढ्ने मानिसले यस पुस्तिकाबाट गृहस्थी जीवनको राम्रो मार्गदर्शन प्राप्त गर्दछ ।

शुक्र, भदौ ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनामणिको “खस्रो हात” भित्र पस्दा

रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक “खस्रो हात” लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा गर्ने भनेको अपजसे काम हो। बहुआयामिक प्रतिभाका धनी साहित्यकार अनामणिलाई खालि हात कुनै पनि...

बास्तोलाले भने नारायण नेपालको किताब बेजोड

खरा कलमजीबी हुन नारायण नेपाल । बाम विद्यार्थी आन्दोलनमा नारायण निकै चर्चित नाम पनि हो । सानो कालो झोला बोकेर सडक सडक हिड्ने नेपाल राता मान्छेको पक्षमा लेख्छ्न । क्रान्ति यात्राका भरियाहरु हुन या विद्यार्थी आन्दोलनमा नुवाकोट उनको कलम उर्जाशिल देखिन्छ । उनको नयाँ यात्रा...

दृष्टिकोणमा दस ठाउँ

आकर्षक आवरणमा नोबेल साकोस साहित्य प्रतिष्ठानले २०७३ फागुनमा प्रथम पटक छापेको, कलानिधि दाहालबाट भाषिक सहयोग पाएको भनी जनाइएको, मूल्य रु १५० पर्ने, आवरण बाहेक अठासी पृष्ठ उल्लेख भएको, राजन न्यौपानेबाट लिखित डिमाई साइजको कवितासङ्ग्रह ‘‘दृष्टिकोण’’ भित्र त्रिसठ्ठी कविताहरु सङ्कलित छन् । सुन्दर आवरणको भित्रपटि मानिसको किताब नकिन्ने...

डाडुपुन्युँ हातमा हुनेको परिवर्तन उचाइतिर आयो

अघिल्लो आवरण आकर्षक अमूर्त चित्र भएको, यति बेला मैले हातमा लिएको पुस्तक देख्ता आकारमा सानै छ । आकार सानो भए पनि अन्तर्वस्तु दह्रो छ भने त्यसको महत्त्व कम हुने कुरै भएन । पुस्तकको विवरण यस प्रकार छ— कृति ः शहरको समाचार रचनाकार ः सुनील पुरी प्रकाशक ः डा....

शुभ जन्मदिन प्रिया

शुभ जन्मदिन प्रिया समय बामे सर्दैन दुधेबालखाको गतिमा न त घर्सिन्छ कछुवाको चालमा नै यो त बायुपंखि घोडाको बेगमा दौडिने गर्छ। बिभिन्नखतरासङ जुध्दै भीषण मोर्चा जित्न हिडेका बिर योद्धाहरु झै अधिरगतिमा। यदि समयसङको स्पर्सलाइ नै जिवनको ठुलो लक्ष्य ठानेरपरिवर्तनको दिशामा बदल्ने सास गर्न सकिएन भने समयको बदलाबसङै...

रत्नप्रसाद अनामणि श्रेष्ठ र अाशिष तामाङका तीन कृति बिमोचन

सिर्जना अाफैँमा अाविष्कार हो ।त्यही यात्रामा हिँडिरहेछन् रत्नप्रसाद अनामणि श्रेष्ठ ।उनी हाइकु,कविता ,समीक्षा,खोज अनुसन्धान जस्ता विषयमा कलम चलाउछन् ।दुई दर्जनबढि कृति प्रकाशित गरेका अनामणि नेपाली,हिन्दी,नेपाल भाषामा रचना रच्छन् ।प्रमुख अतिथि प्राडा गार्गी शर्माले अनामणि रचित “लँय् लुगु किपा”नेपाल भाषा हाइकु सङ्ग्रह तथा “भो तस्बिर नखिच”मुक्तक...