परको कुरा स्वास्थ्य

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन


काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र कृषि बाहेक अन्य काम गर्न सक्ने कामदार नभएको कारणले गर्दा कुनै पनि कामहरु सुचारु रुपले संचालन गर्न सकेको छैन ।  पछिलो समय यस क्षेत्रमा बिस्तारै कृषि बाहेक अन्य क्षेत्रको लगानी पनि आकर्षण हुदै आएको छ ।

यसै परिबेशमा आफुले सिकेका सीपलाई आफ्नो साल नाल गाडेको भूमिमा नै प्रयोग गर्छु भने बिशेष अभिलाषका साथ रेशम नेपाली उत्रनु भएको छ । उहालाई हामी  नालाबासीहरुले सलाम गर्ने पर्छ । त्यति मात्र होइन उहालाई हामी सबैले होस्टेमा हैसे गर्ने पर्दछ । रेशम नेपाली सहित उहाको समुहले सद्भाव सामुदायिक हस्पिटल प्रा लि नाला बि.स. २०७३ साल चैत्र महिनामा स्थापना गरेर नालाबासीहरुको सेवा गर्नु भएको छ । उहा लगायत उहाको टोलीलाई धन्यबाद दिने पर्दछ ।

अधिकांश नालाको पसलहरुमा लोकल रक्सी बेच्न उद्दत भैरहेको अवस्थामा स्वास्थ सेवा दिन्छु अथवा स्वस्थ सेवा बेच्छु भने आँटका साथ कुल १५ बेडको करिब ८० लाख लागत लगायर अस्पताल खोल्नु सानो कुरा होइन । अझ आफ्नै अस्पतालमा ECG, video x- ray ,x ray family planing , lab test आदि सम्पूर्ण सेवा एउतै छाना मुनी उपलब्ध गराउनु भएको छ । जनरल मेडिसिन, भिजिटिंग अन्य डाक्टरहरु द्वारा जाच्ने सो अस्पतालमा शुल्क पनि न्यून रहेको छ।

जे होस् बेलैमा नालाको आवश्यकतालाइ पहिचाहन गरि अस्पताल खोलेकोमा यहाहरुलाई बधाई दिन्दै  आउँदा दिनहरुमा अझै प्रगति पाथ  तिर लम्किन्दै जाउन भने कामना सहर्ष यस खोज अनलाईन परिवार ब्यक्त गर्दछ ।

 

 

शनि, भदौ ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ

 २८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको तीन दिन पहिले आइतबार डा. अंशुमाली जोशी आफ्नो क्लिनिकमा आएका मधुमेहपीडित भोजपुरका दुर्गाबहादुर राई (७५) लाई सम्झाउँदै थिए, ‘ ‘सुगर भयो भन्दैमा आत्तिइहाल्नुपर्दैन, चार कुरामा ध्यान दिए यो नियन्त्रणमा आउँछ ।’ डा. जोशीले भनेका चार कुरा यी हुन्:...

नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ, नाम अनुसारको सफलता

बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै न्ह्यौखामा हुर्किनुभयो । अनि उहाँलाई अध्ययनका लागि परिवारले कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा भर्ना गरिदियो । उहाँले...

नालाको खड्ग जात्रा

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि मान्दै आएका विभिन्न चाडबाडमध्ये हो मोहनी अर्थात् दसैं । चाडको विशेष महŒव छ । आºनै मौलिक विशेषताले भरिएका नेवारहरूको ठूलो चाड दसैं मनाउने सन्दर्भमा विभिन्न किसिमका संस्कार र संस्कृतिले भरिपूर्ण भइरहेको देखिन्छ । १७औं र १८औं शताब्दीमा ग्रकि सभ्यतामा विकसित भएर...

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

दशै पर्व वैज्ञानिकता नजिक र शक्ति संचय

नेपालीहरूको सबैभन्दा विशेष पर्व दशैं हो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ।  दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पुर्णिमा  (कोजाग्रत )सम्म...

जन्मजात भोटेको विज्ञप्ति

  नाकै थेप्चिने गरी कसैले चोर औँलाले ठेलेदेखिन दिमाग रन्थन्याएर सोचिरहेछु- एउटै बेन्चमा राखेर मास्टरले मलाई मात्र बाठो बनाउने गरी  कुन पुस्तक पढाए होलान् त्यतिबेला?  मैले पुर्ख्यौली छाला बेचेर  हालेको होइन यो चुच्चो नाक कसैले जन्मदिनको उपहार स्वरूप  दिएका होइनन् यी बल्ड्याङ्ग्रे आँखा टेलिभिजनको आकर्षक विज्ञापनको...