गजल

गजल

-दामोदर ढकाल "दिपक '


महिलाले लाउने चर्का नारा देखियाे

सरकारकाे हर्कत पनि सारा देखियाे

 

बाउ नभई सन्तान चाहियाे रे अब

पानी बिनाकाे यहाँ धारा देखियाे

 

मुलुकी एेनका पानाहरू पल्टाउँदै हेर्दा

सन्तान चाँही पक्कै दिने पारा देखियाे

 

यसकै लागि लडेका नेताहरू तिम्रा

हुम्ला,राेल्पा रूकुम, खारा देखियाे

 

अहिले मात्र कहाँ हाे र शास्त्रमा पनि

कुन्ती, अहिल्या द्राैपदि र तारा देखियाे ।

आइत, भदौ १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चौतारीको म्यासेन्जर ग्रुपबाट बनेको संयुक्त गजल

मनमुटु अन्तै कतै सारेछौ र थाहा पाएँ हाम्रो माया अोझेल पारेछौ र थाहा पाएँ हेमन्त खड्का   सँगै जीउने तिम्ले सपनाहरू देखाएथ्यो सत्यमा छाँगाबाट झारेछौ र थाहा पाएँ रमेश खड्का   जात भात म केही छुट्याउदिन भन्थ्यो यिनै कुराहरू ल्याई टारेछौ र थाहा पाएँ मनिसा पौडेल   अाफु जति नै तिम्लाई प्यार गर्छु भन्थ्यौ तर मेरो तिम्ले...

संयुक्त गजल

 मायामा अझै पनि निसाना उस्तै छ बढ्दो यो मनको चाहाना उस्तै छ । #सिताराम_खड्का बिहान बेलुकी दुख गर्दा किसानले खाने अन्न त्यो बारीमा दाना उस्तै छ।  #प्रवीण_नेपाल  कति गर्छौ अझै त्यो मायाको कुरा झुटा तिम्रा प्रेमपत्रको पाना उस्तै छ। #आनन्द लाल घरघरमा सिंह दरबार भन्थे नेताले खै गरिबको चुहिने...

गजल

गजल मान्छे मान्छे बाटै सिकार भएपछि बाउबाट छोरी बलात्कार भएपछि घटना बढ्ढै जानू स्वभाबिक हो देशमा कानुन नै अन्धकार भएपछि अपराधी दिउँसै छाती खोलेर हिड्छ नाबलिका माथी पुरुषार्थ साकार भएपछि बाउ@ले छोरी छोराले आमा भनेन कठै खुलमखुल्ला कानुनको आकार भएपछि न्याय माग्ने आशा नै विलीन भएर गयो कानुनमा न्यायका कुरा बेकार भएपछि ...

गजल

कर तोक्छ सरकार गरीब रुन्छ्न् गाउँमा एक छाक टार्न पैँचो माग्ने हुन्छन् गाउँमा।   सिंहदरबारको अधिकार फैलियो खै कहाँ दुखी जन सधैं आशुले मुख धुन्छ्न् गाउँमा।   साहुबाट ऋण लिएर पालेको कुखुरालाई कर उठाउछ भन्दी भित्रै थुन्छ्न् गाउँमा।   भुकम्प,बाढी पहिरोबाट पीडित जनता अति भयो अव बाँचिदैन भन्छन् गाउँमा।   खै कसरी भरिन्छ यो देशको करको भाँडो एक...

गजल

बाख्रो होइन अव बिरालो बेचेर कर उठा सरकार खेती नस्ट गर्ने बाँदरलाई कर्म गर्न जुटा सरकार।   जतासुकै पनि जनतालाई मारमा पार्न जानेको सन्तानको बिहे गर्दा पनि कर लिन पठा सरकार।   कार्यलयमा तलव दिन गाह्रो भए कर्मचारीलाई सक्छौ! मुसालाई कर जम्मा गर्न खटा सरकार। ...

किन राततारात छुट्छन् अपराधी : प्रमिला खरेल “प्रयासी”

  अँह भनेका छैनौ हामीले नेपालमा रेल चाहियो भनेर, र यो पनि भनेनौ कि घरघर पस्ने भेल चाहियो भनेर ! बानेश्वर र वालुवाटार गर्दै तिम्रो दिनचर्या कटिहाल्छ, जुम्ला जाजरकोट हेर रून्छन् नुन तेल चाहियो भनेर ! किन राततारात छुट्छन् अपराधी जवाफ दे सरकार, जनताको आवाज घोटला विहिन जेल चाहियो भनेर ! चर्कदो...