राजनिति

सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजे


नवलपरासी । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिए । खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् । सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हुँदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हुँदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

यद्यपि भारतीय भूमि हुँदै सुस्ता पुग्न निकै सहज मानिन्छ । यतिबेला भारतीय पक्षले सो सडक सञ्जालमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हुँदै नेपालतर्फ आउने र भारतीय भूमि हँुदै सुस्ता जानसमेत निकै समस्या छ । भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा पछिल्लो पटक सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । पटक पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारतीय पक्षबीच विवाद सिर्जना भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरुबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो । यद्यपि अहिले भारतीय पक्षले भारतीय सुरक्षाकमीको आडमा भारतीयहरुले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा भारतीय पक्षबाट सहमति उल्लघन गर्न खोजिएको संविधानसभाका पूर्वसदस्य देवकरण कलवारले जानकारी दिए ।

संघीय संरचना अनुसार सुस्ता गाउँ वर्तमान अवस्थामा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा न ५ मा पर्दछ । यसबारे स्थानीय रुपमा तत्काल दुवै देशका सुरक्षाकर्मीहरुको सहजीकरणमा विवाद समस्या समाधान गर्न पहल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । भारतीय भूमि हुँदै नेपाल आउन भारतीय पक्षले सडक सञ्जालमा खाल्टो खनेपछि यातायातका सवारी साधन चल्न सकेको छैनन् । वर्षामा नारायणी नदीमा डुङ्गाको प्रयोग गर्दा जोखिम पूर्ण यात्रा गर्न सुस्तावासी बाध्य छन् । सुस्ता गाउँमा करीव दुई हजार पाँच सय जनङ्सख्या छ

आइत, भदौ १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किए

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किएको समाचार प्राप्त भएको छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ । राति १ बजे भएको बम विस्फोटपछि अनुसन्धानको लागि प्रहरीको टोली त्यसतर्फ लागेको बताइएको छ । बम विप्लव नेकपाकाले बन्दको अवसरमा बम पड्काएको हुनसक्ने अनुमान गरिएको...

चिनियाँ टोली नेपाल आउँदै पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न

वैशाख, काठमाडौं । संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । त्यस मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भनिएपनि यो अध्ययनमै...

उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताए

खोटाङ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन् । संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा...

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायत लगायत आईएनजीओले...

टोखा-छहरे सुरुङमार्ग ३६७ अर्ब लगानी गर्ने चिनिँया प्रस्ताव

काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने...

काठमाडौंमा पाँच वटा ब्रुमर एकै रातमा १८ टन धुलो संकलन

चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा...