स्थानीय समाचार

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

-रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार समुदायबाट यो संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । हरेक बर्ष जनै पुर्णिमाको भोलि पल्ट अथवा भाद्र कृष्ण प्रतिपदादेखि शुरु भइ कृष्ण अष्टमी सम्म संचालन हुन्छ । हिन्दुधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराजमात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ । काठमाडौँ, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर यो जात्रा मनाउने चलन अझै छ । ओखलढुङ्गा, भोजपुर, सुनसरीको धरान, बागलुङ, पाल्पालगायतका नेवार बसोबास भएका क्षेत्रमा पनि यो जात्रा मनाउने गरिन्छ । यसै दिन व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन तथा प्रकाशनहरूमा व्यङ्ग्यपूर्ण रचना प्रकाशित गर्ने चलन छ ।

नेवार समुदायको बस्ति अनुसार गाईजात्रामा केही न केही विशेषता रहेका छन् । नालामा एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नाला नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहासा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नाला नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहासालाई मृतकका घरको मुल ढोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहासा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसिङ गाईजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, धाँ , भुच्छा बाजाका साथ ताहासा संसगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी र पुरानो भोटे ताल्चाको साँचो ठोक्काउने नाचलाई घिन्ताङ्गघिसिङ भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । नालामा गाईजात्राको दिन मृतकको र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरूको ख्याली प्रर्दशन गर्ने प्रचलन छ । ख्याली वा गाइजात्रा घुमाउदा शुरुमा उग्रचण्डी नाला भगवतीको प्रांगणबाट शुरु हुदै भगवती मन्दिरको देब्रे हुदै यापाटोल ,चन्देश्वरी स्कुल ,लाछी ,यापाटोलको डबली ,तुपिचा टोल ,कोइपा टोल ,इपा

तोल ,मेच्छे टोल ,इपातोलको डबली ,गंस टोल हुदै पुन भगवती मन्दिरमा गई समापन हुन्छ । प्रत्यक डबली र दोबाटोहरुमा ससानो नाटक ,ख्याली ,नांच र मृत आत्माको शान्तिको लागि प्रार्थाना गर्दै जान्छन । बाटो बाटोमा पनि संगीतको तालमा बिभिन्न हाउ भाउ गर्दै हंसाउदै गैरहेको हुन्छ ।

कृष्णाष्टमीको दिनमा नालामा कृष्णको जात्रा आउनु भन्दा पहिलेसम्म गाइजात्रा देखाउनु हुन्छ र त्यस पछि देखाउनु हुदैन भन्ने जान बिश्वास रहेको छ । गाइजात्राको दिनहरुमा बिभिन्न ब्यक्ति ,सरकार ,ठुला ठालुको थिचोमिचो बारेमा खुलेर नै ब्यंग्य गर्ने गर्दछ । यसमा कानुन लाग्दै भन्ने भनाइ रहेको छ । जे होस् पहिले देखि चल्दै आएको हाम्रो संस्कृति परम्पराहरु जोगाइ राख्नु हाम्रो कर्तब्य हो । यस भित्र थुप्रै मानवीय समबेदना र उर्जा मिलेको हुनुको साथै एक आपसमा भाइचारा र सहयोगको आदान प्रदान भएको हुन्छ /हाम्रा पुर्खाहरुले यी संस्कृतिहरु त्यसै संचालन गरेका होइन त्यस भित्ररहेका रहस्य र मानव कल्याणकारीता अबका पुस्ताले बृहत अध्ययन र अनुसन्धान गरि पता लगाउनु नै पर्दछ ।

सोम, भदौ ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

४.८ रिक्टर स्केलको भूकम्प गए

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय...

बाटोमा फोहोर फाल्नेलाई पक्राउ गर्न दिनदिनै गस्ती

१५ चैत, पोखरा । ‘ए हजुर तपाईंको घर, पसल अगाडि फोहोर देखिएको छ नि ! फोहोरको जिम्मेवारी तपाईं नै हुनुहुन्छ !’ – पोखरा महानगरपालिका ९ का अधिकांश घर तथा पसलअघि यस्तै लेखिएका पोस्टर टाँसिएका छन् । ‘सफा सुन्दर पोखरा सहर, जरिवाना लिने हैन हाम्रो रहर’ पद्यात्मत्मक...

टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई र भूतखेलमा खानेपानी ट्यांकी बनाउन सहयोग रकम प्रदान

टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई ५० हजार र भूतखेलमा खानेपानी ट्यांकी बनाउन ५० हजार रुपियाँ सहयोग रकम प्रदान गरेको छ । ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” टोखामा बिस्केट जात्राको तयारी भैरहेको अवस्थामा स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकार...

आज भखर्रे भुकम्प गयो

आज भखर्रे भुकम्प गयो/ यसको केन्द्र बिन्दु चित्लाङ्गमा रहेको कुरा राष्ट्रिय भुकम्प मापक केन्द्रले जनाएको छ /आज बिहान ९:०१ मा गएको ४.०१ रेक्टर स्केलको उक्त भूकम्पले काठमाडौँ उपत्यकामा ठुलो धक्का महशुस गरेको छ /  ...

तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा

  तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा कार्यक्रम सम्पन्न । तमानखोला घर भै हाल काठमाण्डौमा बस्दै आएका दलित समुदाय लाई मध्यनजर गरि स्थापना गरिएको तमानखोला दलित मञ्च काठमाण्डौंको आज एक कार्यक्रम गरि संस्था घोषणा गरिएको छ । साविक का तीन गा.बि.स. बोगांदोभान, तमान र खुंखानीका दलितहरुको...

मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु

२८ फागुन, हेटौंडा । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...