स्वास्थ्य

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड


१६ भदौ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै पीडित पक्षले तोडफोड गरेको हो । तर, अस्पताल नजिकै रहेको प्रहरीले नियन्त्रणको प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ ।

हरिवन नगरपालिका वडा नं. ७ निवासी गर्भवती अप्सरा थापालाई आफन्तले शुक्रबार राति करीव आठ बजे नमूना अस्पतालमा उपचारका लागि ल्याएका थिए । अप्सराको अवस्था गम्भीर रहेको थाहा पाएपछि सो अस्पतालका चिकित्सकहरूले वीरगञ्ज रिफर गरिदिएका थिए । तर, उपचार गराउन वीरगञ्ज लगेपछि अप्सराको उतै निधन भएको नमूना अस्पतालको भनाइ छ ।

पीडितका आफन्तहरूले अप्सराको शवलाई वीरगञ्जबाट पुनः सर्लाहीको हरिवनस्थित नमूना अस्पताल अगाडि राखेर शनिबार बिहानैदेखि प्रदर्शन शुरु गरेका थिए । आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्दासमेत प्रहरीले नियन्त्रणको प्रयास नगरेको नमूना अस्पतालका अध्यक्ष बलराम न्यौपानेले बताए । ‘हाम्रो अस्पतालको कारण अप्सराको मृत्यु भएको भए हामी कानून बमोजिम सजाय भोग्न तयार छौँ’, न्यौपानेले भने, ‘अप्सराको मृत्यु नमूना अस्पतालका कारण भएको हो वा अरु कारणले भएको हो छानविन गरेपछि थाहा भइहाल्छ । छानविन गर्न प्रहरीको रोहबरमा समिति बनेको थियो । सहमति उल्लंघन गरेर हाम्रो अस्पतालमा तोडफोड र आगजनी भयो । नजिकै रहेको प्रहरीले पनि केही गरेन ।’

अप्सरा थापाको मृत्यु भएका विषयमा पीडित पक्ष, अस्पताल व्यवस्थापन, इलाका प्रहरी कार्यालय हरिवनका बीच शनिबार बिहान सात बजे सहमति भइ छानविन समिति बनाउने सहमति भएको थियो । इलाका प्रहरी कार्यालयमा भएको सहमतिअनुसार छानविन गर्न बनेको समितिमा चिकित्सक, जिल्ला प्रहरी कार्यालयका, जिल्ला प्रशासन कार्यालय र पीडितका तर्फबाट ३ जना रहने निर्णय भएको थियो ।

प्रहरी निरीक्षक विनोद सुनुवारले सहमति भइसकेपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड र आगजनी गरेको बताए ।

स्थानीय प्रत्यक्षदर्शीले भने इलाका प्रहरी कार्यालयका इञ्चार्ज एवम् निरीक्षक विनोद सुनुवारको लापरवाही र असक्षमताका कारण अस्पतालमा तोडफोड तथा आगजनी भएको बताएका छन् ।

शनि, भदौ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सन्चालनमा

काठमाडौं । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पतालले अब अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधिसहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्तपाल सन्चालनमा आएको हो । धुम्बाराहीमा १५ रोपनी...

स्थापनाकालदेखि ओम अस्पतालमा आवद्ध बरिष्ठ डाक्टर भोला रिजालले ओम अस्पताल छाडे

काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्। ‘किन बाहिरिए रिजाल ओम अस्पतालबाट?’ ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ। रिजालले पहिलेदेखि...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...

मेरो कुरामारीत्वमाथि आशंका

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’ अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै...

माक्सले प्रदूषित वायु रोक्छ कि अक्सिजन प्रवाहमा वाधा पुर्‍याउँछ ?

केही समयअघि नेपाल भ्रमणमा आएकी बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमा पोस्ट गरेको तस्विरमाथि खासगरी नेपाली प्रयोगकर्ताले तिखो आलोचना गरे । ट्वीटरमा उनी केही महिलाहरुसँग लस्करै उभिइरहेकी देखिन्थे र तस्विरसँगए उनले पेट्रोलको गन्ध मिसिएको काठमाडौंको वायुमाथि कटाक्ष गरेकी थिइन् । हामीलाई लाग्यो, बलिउड अभिनेत्रीले नेपालको बदनाम गरिन्...

नेपालका प्रथम टेस्टट्यूब बेबी ओममणि तामाङ प्रमुख अतिथि

काठमाडौं: दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १४ वर्षीय बालक आकर्षणको केन्द्रबिन्दू बने। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरु सम्मिलित कार्यक्रममा प्रमुख अतिथि उनलाई बनाइयो। डाक्टरहरुले ताली बजाएर उनको स्वागत गरे। ती बालक थिए, नेपाल पहिलो टेस्टट्यूब बेबी ओममणि तामाङ। ओममणि तामाङ कार्यक्रम थियो, आइभी एफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन)बच्चा...