अन्तर्वार्ता

बंगलादेशका अधिकांश कलेज पैसाको पछाडि दौडिरहेका छन् : उपकुलपति डा अली


प्रा डा ल्याकत अली बंगलादेश युनिभर्सिटी अफ हेल्थ साइन्सेसका उपकुलपति हुन्। मेडिकल डाक्टर समेत रहेका अली अनुसन्धानमा विशेष रुची राख्छन्। मेडिकल शिक्षाका विषयमा स्थलगत अध्ययनका लागि बंगलादेश पुगेका स्वास्थ्य खबरपत्रिकाका प्रवीण ढकाल र सीताराम कोइरालाले उपकुलपति डा अलिसँग गरेको कुराकानी :

बंगलादेश युनिभर्सिटि अफ हेल्थ साइन्सका बारेमा बताइदिनुस् न?
अुसन्धान र गुणस्तरमा जोड दिँदै हामीले नयाँ विश्वविद्यालय जन्माएका हौं। सन् २०१२ मा यसको स्थापना भएको हो। २०१३ देखि अध्यापन सुरु हुन थालेको हो। हाम्रो कलेज स्थापना हुँदा हामी जस्तो विश्वविद्यालय सरकारसँग एउटा मात्र थियो। निजी क्षेत्रमा हामी नै पहिलो हो। तर अहिले बढेका छन्।

विश्वविद्यालय स्थापना हुनुभन्दा पहिला हामी अनुसन्धानमूलक संस्था थियौं। हामीले विभिन्न अन्तराष्ट्रिय संघसंस्थासँग सहकार्य गरेर अनुसन्धान गरेका थियौं। २००७ मा नर्वेको ओस्लो युनिभर्सिटीबाट हामीलाई पब्लिक हेल्थमा अनुसन्धानका लागि सहयोग आयो। त्यसपछि हामीले सार्क क्षेत्रका विभिन्न विद्यार्थीलाई ल्याएर अनुसन्धान गर्न लगाएका थियौँ। धेरैजसो नेपालमा पनि काम गरिरहेका छन्। २००८ मा ढाका युनिभर्सिटीबाट कलेजको सम्बन्धन पाएको हौं। त्यसपछि २०१२ मा विश्वविद्यालयको रुपमा आयौँ। हामी नयाँ विश्वविद्याय हौं तर हाम्रो पृष्ठभूमी बलियो छ। किनकी हामी अनुसन्धान क्षेत्रबाट आएका हौँ।

वास्तवमा अन्य देशमा जस्तै हाम्रो देशको चिकित्सा शिक्षा पनि अलि विभाजित छ। मेडिकल कलेजहरु र जनस्वास्थ्य (पब्लिक हेल्थ) का विषय अध्यापन गर्ने कलेजहरु आपसमा जोडिन सकेका छैनन्। जनस्वास्थ्य विषय पढाउने कलेजहरु ‘मेनस्ट्रिम’ मेडिकल कलेजहरु भन्दा छुट्टै अध्ययन हुन्छ। बंगलादेश युनिभर्सिटी अफ हेल्थ साइन्स पनि ‘मेनस्ट्रिम’ मेडिकल कलेजभन्दा छुट्टै नै हो। तर विकसित देशमा एउटै विश्वविद्यालयमा मेडिकल र पब्लिक हेल्थलाई सँगसँगै लिएर गएको हुन्छ। तर, हामीले एउटै छानामुनी पब्लिक हेल्थ र मेडिकल शिक्षालाई सँगै लैजाने प्रयास गरिरहेका छौं। हामीले फ्याकल्टी अफ पब्लिक हेल्थ, बेसिक साइन्स, केमेस्ट्री, सोसल साइन्स, मेडिकल, क्लिनिकल साइन्सलाई पनि सँगै राखेर लैजाने प्रयास गरिरहेका छौं। किनभने स्वास्थ्य भनेको मेडिकल इस्यु मात्र होइन। यो सोसल र  आर्थिक इस्यु पनि हो। त्यसैले हामी सबैलाई एकै स्थानमा समेट्ने प्रयासमा छौं। अर्को तर्फ स्वास्थ्यको इस्यु भनेको सामूहिक कार्य हो। यसमा डाक्टर नर्सबाहेक प्राविधिक पनि चाहिन्छ। सँगसँगै पब्लिक हेल्थ र सोसल साइन्स विज्ञ पनि चाहिन्छ। तर दक्ष जनशक्ति उपलब्ध नहुँदा स्वास्थ्य क्षेत्रको समग्र विकासमा असर परिरहेको छ। त्यसकारण यी सबै कुरालाई सँगै जोडेर अगाडि जान हामी प्रयास गरिरहेका छौं।

दक्षिण एसियाली देशहरुमा बायोमेडिकल रिसर्च र स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान राम्रोसँग हुन सकेको छैन। हामी किताबबाट सिकेर मात्र पुग्छ भन्ने ठान्छौं तर त्यो होइन। राम्रो ज्ञान हासिलका लागि अनुसन्धान चाहिन्छ। आफ्नो परिवेश, अवस्था, संस्कृति, भौगोलिक अवस्था, जिनेटीक अवस्थाका बारेमा ज्ञान हुनुपर्छ। यी उल्लेखित कुराका आधारमा पढाइ हुनुपछ भन्ने हाम्रो अवधारणा हो।

बंगलादेशमा स्वास्थ्य शिक्षाको पछिल्लो अवस्था कस्तो छ?
स्वास्थ्य क्षेत्र मेडिकल कलेजमा नै कन्द्रीत छ। यहाँ संख्याका हिसाबले एक सय भन्दा बढी मेडिकल कलेज छन्। यी मेडिकल कलेज परम्परागत ढंगका छन्। उनीहरुसँग आफ्नै बेसिक साइन्स र क्लिनिकल साइन्सको व्यवस्था छ। केही मेडिकल कलेजहरु पोष्ट ग्राजुयट पनि पढाउने छन्। यी बाहेक विश्वविद्यालयमा आधारित मेडिकल कलेज छन्। उनीहरुले केही डिग्री पढाउँछन्। परम्परागत मेडिकल कलेजमा सैद्धान्तिक पढाइमा मात्र हुन्छ तर अनुसन्धानमा कम ध्यान दिइन्छ। यो मेडिकल कलेजहरुको कमजोर पक्ष हो भन्ने मैले अनुभव गरेको छु। उनीहरुले केही पब्लिक हेल्थका विषय पनि राखेका छन्। तर, सबै क्लिनिकल साइन्सेसमा केन्द्रित छन्। यहाँ मुटु, मिर्गौला, न्युरोजस्ता विशिष्टिकृत संस्था पनि छन्। पोष्ट ग्राजुयट पढाउने यी संस्था बायोमेडिकल हुन्।

बंगलादेशमा जनस्वास्थ्यको अवस्था चाँही कस्तो छ त ?
बंगलादेशले जनसंख्याका अनुपातमा स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति गरेर अन्तर्राष्ट्रिय रुपमा पनि ख्याती कमाएको छ। सिमति स्रोत साधन भए पनि यहाँ राम्रा काम भएका छन्। स्वास्थ्य क्षेत्रको सुचाकांकमा बंगलादेश यो क्षेत्रको अन्य राष्ट्र तुलनामा राम्रो छ। सहश्राब्दी विकास लक्ष्यका केही लक्ष्यहरु सन् २०१५ अघि नै हासिल गर्न सकेको थियो। स्वास्थ्यका सूचकमा नेपाल र भारतभन्दा बंगलादेश अघि ै छ। यो सबै पब्लिक हेल्थ एप्रोचले गर्दा सफल भएको हो। क्लिनिकल मेडिसिनका कारणले भएको होइन। शिक्षा, जनशक्ति, जनचेतना, शुद्ध पानी लगायतका कारणले पनि सफलता हासिल भएका हुन्। यसका साथै परिवार नियोजन, खोप, पोषण लगायतका कारणले गर्दा स्वास्थ्य क्षेत्रमा ठूला उपलब्धि हासिल भए। यही कारण बंगलादेश कम विकसित देशबाट माथि उठ्न सफल भयो। मध्यम विकसित देश हुन सफल भयो।

बंगलादेशको जनस्वास्थ्य शिक्षामा केही समस्याहरु छन् ?
यसलाई कम प्राथमिकता दिइएको छ। जनस्वास्थ्य क्षेत्रमा धेरै काम भए पनि जनस्वास्थ्यको शिक्षामा भने कम प्राथमिकता दिइएको छ। सबै मेडिकल कलेजमा कम्युनिटी विभाग मात्र छन्। यसमा केही जनसस्वास्थ्यका विषय मात्र समेटिएको छ। जुन निकै थोरै हो। थोरै जनस्वास्थ्यको तालिम कार्यक्रम हुन्छ। तर, शिक्षामा नै भने महत्व दिइएको छैन। यो पढाउनका लागि पढाइएको जस्तो मात्र गरिएको छ। जनस्वास्थ्य विषयको मास्टर्स तहको पढाई (एमपिएच) एक वर्षको मात्र छ। एक वर्षमा दक्ष जनशक्ति उत्पादन गर्न सकिदैन। त्यसकारण हालसालै यसको समय बढाएर १८ महिनाको बनाइएको छ। पछिल्लो १० वर्षमा धेरै निजी विश्वविद्यालयले एमपिएच पढाउन थालेका छन्। तर यो व्यापारका लागि मात्र छ। किनकी उनीहरुले एक वर्षको मात्र डिग्री दिन्छन्। त्यसकारण यो गुणस्तरका लागि पनि समस्या हो।

धेरैले विद्यार्थीले विगतका के विषय पढेको थियो भन्ने पृष्ठभुमि पनि हेर्दैनन्। तर, विशेषज्ञ डिग्रीका लागि विद्यार्थीको पृष्ठभूमी पनि आवश्यक पर्छ। विद्यार्थीसँग राम्रो पृष्ठभूमी छैन भने राम्रो शिक्षा प्राप्त गर्न सक्दैन। यो अर्को समस्या हो। सरकारी क्षेत्रमा जनस्वास्थ्यका विषयको अध्ययनलाई साँघुरो बनाइएको छ। डाक्टरहरुले मात्र भर्ना पाउँछन्। एउटा हिसाबले हेर्दा यो एकदम साँघुरो हो। तर, निजी कलेजमा भने जो कोहीले पनि भर्ना हुन पाउँछ। यो दुवै व्यवस्था अति नै हो। यसले गर्दा पब्लिक हेल्थ विषयमा नै समस्या सृजना भइरहेको छ।

तर, हाम्रो विश्वविद्यालयमा केही विषय पढेकालाई बर्जित गरेका छौं भने स्वास्थ्यका केही विषय हेरेर भर्ना लिने गरेका छौं। हाम्रोमा एमपिएचको दुई वर्षे कोर्ष छ। यसमा एक वर्ष अनुसन्धानमा नै केन्द्रित हुन्छ। यसले गर्दा विद्यार्थीलाई युरोप अष्ट्रेलिया जस्ता विकासित देशमा गएर थप अध्ययन पिएचडी गर्न सहज हुन्छ। हाम्रो बाहेक अरु संस्थाबाट जानेलाई सोझै पिएचडी अध्ययन गर्न दिदैन।

हामीले सुनेअनुसार तपाईहरुले पनि एमबिबिएस र बिडिएस पढाउँदै हुनुहुन्छ। तर बंगलादेशमा यति धेरै मेडिकल कलेज छन् किन यही भिडमा जाँदै हुनुहन्छ?
हामीसँग ६ एकर्ड जमिन छ। यो जमिन सरकारले हामीलाई सन् १९९७ मा दिएको हो। हामीले जनस्वास्थ्य, मेडिकल साइन्स र सोसल साइन्सलाई एकै छानामुनि पढाउने प्रस्ताव गरेपछि सरकारले यो जग्गा प्रदान गरेको हो। हामीसँग अहिले बेसिक साइन्स फ्याकल्टी छ। माइक्रोबायोलोजीमा डाक्टर र नन डक्टरले तालिम लिइरहेका छन्। यस्तै, केहीले हेल्थ इकोनोमि पनि पढ्न सक्छन्। एकै छाना मुनि हामीले एमबिबिएस पढाउने योजना बनाएका थियौँ।

किनकी उनीहरुले क्लिनिकल साइन्समा पनि अन्तरक्रिया गर्न सकुन भन्ने हाम्रो चाहना हो। हाम्रोमा तालिम फराकिलो हुन्छ। बेसिक साइन्स र सोसल साइन्सको सँगसँगै प्रस्फुटन हुनेछ। हामी सुरुवातमा एमबिबिएस खोल्नुको सट्टा अन्य काममा केन्द्रित थियौँ। एमबिबिएसका लागि चाहिने पूर्वाधार र प्रविधि विकास गरिरहेका छौं। यसले गर्दा सामान्य मेडिकल कलेजभन्दा हाम्रो कलेजको वातावरण फरक हुने छ। हामी अलि पृथक खालको पढाईको प्रणाली बनाउने योजना गरिरहेका छौं। यसले गर्दा हाम्रा एमबिबिएस विद्यार्थीहरु थप प्रस्फुटन हुन पाउँछन्। अब हामी अर्को वर्षदेखि एमबिबिएस सुरु गर्दै छौं। किनभने हाम्रो अस्पताल अहिले बनिरहेको छ। हामी धेरै भन्दा धेरै अनुसन्धानमा नै केन्द्रित हुनेछौं। त्यसकारण हामी अरु भन्दा फरक हौँ।

बंगलादेशमा धेरै नेपाली विद्यार्थी अध्ययनरत छन्। तर, विद्यार्थीहरुले कलेजको गुणस्तरका विषयमा प्रश्न गरिरहेका छन् ? किन यहाँको मेडिकल कलेजको पढाईमा बारम्बार प्रश्न उठ्ने गरेको होला?
हाम्रोमा अनुगमन प्रणाली नै राम्रो छैन। विश्वविद्यालय अनुदान आयोगले कलेजहरुलाई केही पूर्वाधारहरु थप गर्न भनिरहेको हुन्छ। तर, उनीहरुले भनेको जस्तो पूर्वाधार र गुणस्तर नभए उनीहरु कालोसूचीमा पर्ने गरेका छन्। यस्ता घटनाहरु भइरहन्छ। किनकी यहाँ पैसाको कुरा छ। अधिकांश कलेजहरु पैसाकै पछाडि दौडिरहेका छन्। निजी कलेजकोे मुख्य उद्देश्य नै पैसा कमाउने हुन्छ। यस्तो अवस्थामा विद्यार्थीहरु आफैँ सचेत हुन जरुरी छ।

कन्सलटेन्सी र दलालहरुसँग सचेत हुन आवश्यक छ। पढ्न जानु अघि विश्वविद्यालय र कलेजको पृष्ठभूमी राम्रोसँग जानकारी लिनुपर्छ। बंगलादेशको हकमा कुन कलेज राम्रो र गुणस्तरीय छ भन्ने बुझ्न आवश्यक छ। किनकी यहाँ धेरै व्यापारिक हिसाबले मात्र खोलिएका कलेज छन्। भव्य भवन हुन्छ तर, राम्रो पढाई हुन्न। यस्ता कलेजले राम्रो विज्ञापन गरेर पनि भ्रम पारिरहेका हुन्छन्। भव्य भवन र आकर्षक विज्ञापन देखाएर कलेजहरुले आफूलाई बिक्रि गरिरहेका हुन्छन्। त्यसैले विद्यार्थीले भवन र विज्ञापन हेरेर होइन पढाईको गुणस्तर हेरेर कलेज छान्नुपर्छ। अर्को तर्फ प्राध्यापक छनोट गर्दा पनि समस्या हुन्छ। त्यसकारण कलेजको आफ्नै पूर्णकालिन प्राध्यापक हुनुपर्छ। आफ्नै प्राध्यापक हुँदा उनीहरु जिम्मेवार भएर पढाउँछन्।

मेडिकल शिक्षामा राजनीतिक दबाब छ कि छैन ?
दक्षिण एसियाका सबै देशमा राजनीतिले अरु क्षेत्रमा प्रभाव पार्ने गरेको छ। बंगलादेशमा पनि यस्तो हुने गरेको छ। केही पद पाउनका लागि राजनीतिक दबाब हुन्छ। जसले गर्दा समग्र शिक्षा क्षेत्रमा  प्रभाव पार्छ। यदि कुनै संस्थामा वरिष्ठ र अनुभवी छ भने राजनीतिक दबाबको वास्ता गर्दैन।

उपकुलपति र प्राध्यापकको नाताले हेर्दा तपाई बंगलादेशको मेडिकल शिक्षालाई कसरी हेर्नुहुन्छ ?
मिश्रित अवस्था छ। शिक्षाको कुरा गर्दा केही राम्रा छन्। संसारभरी जस्तै केही विश्वविद्यालय कमजोर र ठग छन्। सामान्य हिसाबको कुरा गर्दा बंगलादेशको स्वास्थ्य र मेडिकल शिक्षाको अवस्था राम्रो छ। एउटा कुरा मैले भन्नै पर्छ यहाँ अनुसन्धान केन्द्रित शिक्षाको भने अभाव छ। स्वास्थ्यमा उच्चस्तरको जनशक्ति उत्पादन गर्नका लागि अनुसन्धानमा आधारित पढाई नै हुनुपर्छ। धेरै माफियाहरु हाम्रो विश्वविद्यालयमा पनि धेरै उद्देश्य लिएर आएका थिए। तर, हामीले उनीहरुलाई वास्तै गरेनौं। हामी हाम्रो नीति नियम अनुसार नै चल्छौं। माफियाहरु संसारभर हुन्छन्। फरक यो हो की, तपाईले पैसा कमाउने की गुणस्तरीय शिक्षा दिएर संसारभर राम्रो संस्थाको रुपमा नाम कमाउने ? हामी गुणस्तरमा विश्वास गर्छौँ। कमिसन र व्यापारमा होइन। तर, बंगलादेशका धेरै मेडिकल कलेजहरु पैसाका पछाडी दौडिरहेका छन्। जसका कारण मेडिकल शिक्षामा प्रश्न उठ्न थालिरहेको छ।

साभार :स्वास्थ्य खबर

शनि, भदौ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृषिमन्त्री भन्छन्- पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय !

भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७५ साल वैशाख १ गते रारातालको किनाराबाट देशबासीलाई गरेको सम्बोधनमा भनेका थिए-एकजना नेपाली पनि भोकै मरेमा सबै नेपालीले खान पाएका छन् भन्न सकिन्न । ओलीको यो भनाइ सरकारको नीति तथा कार्यक्रममा पनि परेपछि कानुनसरह भएको छ...

श्रीहरि फुयाँलः अनपेक्षित समयसँग वार्तालाप

कामहरूसँग खेल्दैछु । भनुँ उल्झनहरू छन् दिमागमा । एउटा–एउटा गर्दैगर्दै निप्ट्याउन पाइयो भने त उल्झनको व्यवस्थापन सहजै हुने भयो, एकै पटक आइलागे भने ती मेरा लागि भद्रगोल बन्छन् । म भद्रगोल मिलाउन जान्दिनँ । र, गर्ने, सक्ने, भ्याउने काम पनि जहाँको त्यहीँ अड्किन्छ । अर्थात्,...

कवि विनोद खत्री अाकाशसँग हेमन्तको साहित्यिक भलाकुसारी।

 १ साहित्य भनेको के रहेछ अाकाश जी ? > साहित्य भनेको मेरो बुझाइमा जीवनको भोगाइ ठान्दछु।यसमा यथार्थ कुरा र काल्पनिक कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गरिन्छ। २ अाकाश कविता सङ्ग्रहले अहिले समकालीन साहित्यमा खुब चर्चा कमाएको छ यसको राज के हुनसक्छ त ? यस कविता सङ्ग्रहमा मैले संसार,मेरो...

अब धेरै भाषण नगर्ने, काम गर्ने । परिणाम दिने — मन्त्री गोकुल बास्कोटा

असार, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको भन्दै अब सरकारको ध्यान घरेलु विषयहरुमा केन्द्रित हुने बताएका छन् । ‘छिमेकीसँगको सरकारको सम्बन्ध एकदमै सन्तुलित भयो । दुबैतिरको सम्बन्ध राम्रो भयो’ मन्त्री बास्कोटाले मंगलबार अनलाइनखबरसँग भने,...

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइनः प्रधानमन्त्री

असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणलाई असाधारण र अभूतपूर्व भनेका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ युगमा प्रवेश गर्ने नेपालीको चाहना मार्गप्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ छ । रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै उनले त्यसका लागि...

‘केपी ओली उधारो भाका राख्छन्, वचन पूरा गर्दैनन्’– राधाकृष्ण मैनाली

माघ, काठमाडौं । नेकपा एमालेका पुराना नेता राधाकृष्ण मैनाली झापा आन्दोलन हुँदै तत्कालीन नेकपा मालेका जन्मदाता हुन् । वामपन्थी नेता मैनालीसँग दुईवटा पार्टी एकताका तीतामीठा अनुभव छन्ः एक- ०४७ साल चैतमा माले र मार्क्सवादीलाई मिसाएर नेकपा एमाले जन्माउँदाको  मीठो अनुभव । अनि दोस्रो -०५६ को...